< Mezmurlar 45 >
1 Müzik şefi için - “Zambaklar” makamında Korahoğulları'nın Maskili - Aşk ilahisi Yüreğimden güzel sözler taşıyor, Kral için söylüyorum şiirlerimi, Dilim usta bir yazarın kalemi gibi olsun.
असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्नेछु । मेरो जीब्रो तयार लेखको कलम हो ।
2 Sen insanların en güzelisin, Lütuf saçılmış dudaklarına. Çünkü Tanrı seni sonsuza dek kutsamış.
मानवजातिका सन्तानभन्दा तपाईं सुन्दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्वरले तपाईंलाई सदाको निम्ति आशिष् दिनुभएको छ भनी हामी जान्दछौं ।
3 Ey yiğit savaşçı, kuşan kılıcını beline, Görkemine, yüceliğine bürün.
हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
4 At sırtında görkeminle, zaferle ilerle, Gerçek ve adalet uğruna Sağ elin korkunç işler göstersin.
विश्वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् ।
5 Okların sivridir, Kral düşmanlarının yüreğine saplanır, Halklar ayaklarının altına serilir.
तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
6 Ey Tanrı, tahtın sonsuzluklar boyunca kalıcıdır, Krallığının asası adalet asasıdır.
हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
7 Doğruluğu sever, kötülükten nefret edersin. Bunun için Tanrı, senin Tanrın, Seni sevinç yağıyla Arkadaşlarından daha çok meshetti.
तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
8 Giysilerinin tümü mür, öd, tarçın kokuyor; Fildişi saraylardan gelen çalgı sesleri seni eğlendiriyor!
तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।
9 Kral kızları senin saygın kadınların arasında, Kraliçe, Ofir altınları içinde senin sağında duruyor.
राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
10 Dinle, ey kral kızı, bak, kulak ver, Halkını, baba evini unut.
हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
11 Kral senin güzelliğine vuruldu, Efendin olduğu için önünde eğil.
यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।
12 Sur halkı armağan getirecek, Halkın zenginleri lütfunu kazanmak isteyecek.
टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्नेछन् ।
13 Kral kızı odasında ışıl ışıl parıldıyor, Giysisi altınla dokunmuş.
दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।
14 İşlemeli giysiler içinde kralın önüne çıkarılacak, Arkadaşları, ona eşlik eden kızlar sana getirilecek.
बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् ।
15 Sevinç ve coşkuyla götürülecek, Kralın sarayına girecekler.
तिनीहरूलाई खुसी र रमाहटले डोर्याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्नेछन् ।
16 Atalarının yerini oğulların alacak, Onları önder yapacaksın bütün ülkeye.
तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
17 Adını kuşaklar boyunca yaşatacağım, Böylece halklar sonsuza dek övecek seni.
म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।