< Mezmurlar 109 >

1 Müzik şefi için - Davut'un mezmuru Ey övgüler sunduğum Tanrı, Sessiz kalma!
हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्,
2 Çünkü kötüler, yalancılar Bana karşı ağzını açtı, Karalıyorlar beni.
किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
3 Nefret dolu sözlerle beni kuşatıp Yok yere bana savaş açtılar.
तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
4 Sevgime karşılık bana düşman oldular, Bense dua etmekteyim.
मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
5 İyiliğime kötülük, Sevgime nefretle karşılık verdiler.
भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
6 Kötü bir adam koy düşmanın başına, Sağında onu suçlayan biri dursun!
यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् ।
7 Yargılanınca suçlu çıksın, Duası bile günah sayılsın!
त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
8 Ömrü kısa olsun, Görevini bir başkası üstlensin!
त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
9 Çocukları öksüz, Karısı dul kalsın!
त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् ।
10 Çocukları avare gezip dilensin, Yıkık evlerinden uzakta yiyecek arasın!
त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
11 Bütün malları tefecinin ağına düşsün, Emeğini yabancılar yağmalasın!
त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् ।
12 Kimse ona sevgi göstermesin, Öksüzlerine acıyan olmasın!
त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
13 Soyu kurusun, Bir kuşak sonra adı silinsin!
त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
14 Atalarının suçları RAB'bin önünde anılsın, Annesinin günahı silinmesin!
त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
15 Günahları hep RAB'bin önünde dursun, RAB anılarını yok etsin yeryüzünden!
तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
16 Çünkü düşmanım sevgi göstermeyi düşünmedi, Ölesiye baskı yaptı mazluma, yoksula, Yüreği kırık insana.
परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
17 Sevdiği lanet başına gelsin! Madem kutsamaktan hoşlanmıyor, Uzak olsun ondan kutsamak!
त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् ।
18 Laneti bir giysi gibi giydi, Su gibi içine, yağ gibi kemiklerine işlesin lanet!
त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
19 Bir giysi gibi onu örtünsün, Bir kuşak gibi hep onu sarsın!
त्यसको सराप त्यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्‍यसैमा परोस् ।
20 Düşmanlarıma, beni kötüleyenlere, RAB böyle karşılık versin!
मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।
21 Ama sen, ey Egemen RAB, Adın uğruna bana ilgi göster; Kurtar beni, iyiliğin, sevgin uğruna!
हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्‍वस्‍तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
22 Çünkü düşkün ve yoksulum, Yüreğim yaralı içimde.
किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
23 Batan güneş gibi geçip gidiyorum, Çekirge gibi silkilip atılıyorum.
साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्‍लाइएको छ ।
24 Dizlerim titriyor oruç tutmaktan; Bir deri bir kemiğe döndüm.
उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
25 Düşmanlarıma yüzkarası oldum; Beni görünce kafalarını sallıyorlar!
मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्‍दा, तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन् ।
26 Yardım et bana, ya RAB Tanrım; Kurtar beni sevgin uğruna!
हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।
27 Bilsinler bu işte senin elin olduğunu, Bunu senin yaptığını, ya RAB!
हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
28 Varsın lanet etsin onlar, sen kutsa beni, Bana saldıranlar utanacak, Ben kulunsa sevineceğim.
तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् ।
29 Rezilliğe bürünsün beni suçlayanlar, Kaftan giyer gibi utançlarıyla örtünsünler!
मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्‍ना लाज लुगाझैं लगाऊन् ।
30 RAB'be çok şükredeceğim, Kalabalığın arasında O'na övgüler dizeceğim;
म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
31 Çünkü O yoksulun sağında durur, Onu yargılayanlardan kurtarmak için.
किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।

< Mezmurlar 109 >