< Süleyman'In Özdeyişleri 20 >
1 Şarap insanı alaycı, içki gürültücü yapar, Onun etkisiyle yoldan sapan bilge değildir.
दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
2 Kralın öfkesi genç aslanın kükreyişine benzer, Onu kızdıran canından olur.
राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
3 Kavgadan kaçınmak insan için onurdur, Oysa her ahmak tartışmaya hazırdır.
द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
4 Sonbaharda çift sürmeyen tembel, Hasatta aradığını bulamaz.
अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन ।
5 İnsanın niyetleri derin bir kuyunun suları gibidir, Akıllı kişi onları açığa çıkarır.
मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।
6 İnsanların çoğu, “Vefalıyım” der. Ama sadık birini kim bulabilir?
धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्वासयोग्य जन पाउन सक्छ?
7 Doğru ve dürüst bir babaya Sahip olan çocuklara ne mutlu!
धर्मात्मा आफ्नो सत्यनिष्ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
8 Yargı kürsüsünde oturan kral, Kötülüğü gözleriyle ayıklar.
न्यायको काम गर्दै सिंहासनमा बस्ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
9 Kim, “Yüreğimi pak kıldım, Günahımdan arındım” diyebilir?
कसले भन्न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”
10 RAB hileli tartıdan da, hileli ölçüden de tiksinir.
नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
11 Çocuk bile eylemleriyle kendini belli eder, Yaptıkları pak ve doğru mu, değil mi, anlaşılır.
एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ ।
12 İşiten kulağı da gören gözü de RAB yaratmıştır.
सुन्ने कान र देख्ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।
13 Uykuyu seversen yoksullaşırsın, Uyanık durursan ekmeğin bol olur.
निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
14 Alıcı, “İşe yaramaz, işe yaramaz” der, Ama alıp gittikten sonra aldığıyla övünür.
“यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
15 Bol bol altının, mücevherin olabilir, Ama bilgi akıtan dudaklar daha değerlidir.
सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्न हो ।
16 Tanımadığı birine kefil olanın giysisini al; Bir yabancı için yapıyorsa bunu, Giysisini rehin tut.
परदेशीको जमानी बस्नेको खास्टो पनि खोस्नू, र त्यसले अनैतिक स्त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्नू ।
17 Hileyle kazanılan yiyecek insana tatlı gelir, Ama sonra ağza dolan çakıl gibidir.
छलद्वारा प्राप्त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
18 Tasarılarını danışarak yap, Yöntemlere uyarak savaş.
सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
19 Dedikoducu sır saklayamaz, Bu nedenle ağzı gevşek olanla arkadaşlık etme.
कुरौटेले गुप्त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।
20 Annesine ya da babasına sövenin Işığı zifiri karanlıkta sönecek.
कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
21 Tez elde edilen mirasın Sonu bereketli olmaz.
सुरुमा झट्टै प्राप्त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
22 “Bu kötülüğü sana ödeteceğim” deme; RAB'bi bekle, O seni kurtarır.
यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
23 RAB hileli tartıdan tiksinir, Hileli teraziden hoşlanmaz.
परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।
24 İnsanın adımlarını RAB yönlendirir; Öyleyse insan tuttuğu yolu nasıl anlayabilir?
मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?
25 Düşünmeden adakta bulunmak Sakıncalıdır.
“यो कुरो पवित्र छ,” भनी हतारमा भन्ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
26 Bilge kral kötüleri ayıklar, Harman döver gibi cezalandırır.
बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, र तिनले अन्न चुट्ने चक्काले तिनीहरूलाई प्रहार गर्छन् ।
27 İnsanın ruhu RAB'bin ışığıdır, İç varlığın derinliklerine işler.
मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
28 Sevgi ve sadakat kralın güvencesidir. Onun tahtını sağlamlaştıran sevgidir.
करारको विश्वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
29 Gençlerin görkemi güçleri, Yaşlıların onuru ağarmış saçlardır.
युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।
30 Yaralayan darbeler kötülüğü temizler, Kötek iç varlığın derinliklerini paklar.
चोट लगाउने मुक्काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।