< Süleyman'In Özdeyişleri 16 >
1 İnsan aklıyla çok şey tasarlayabilir, Ama dilin vereceği yanıt RAB'dendir.
हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।
2 İnsan her yaptığını temiz sanır, Ama niyetlerini tartan RAB'dir.
मानिसका सबै मार्ग उसको आफ्नै दृष्टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्नुहुन्छ ।
3 Yapacağın işleri RAB'be emanet et, O zaman tasarıların gerçekleşir.
आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् ।
4 RAB her şeyi amacına uygun yapar, Kötü kişinin yıkım gününü de O hazırlar.
परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्टहरूलाई समेत विनाशको दिनको लागि राख्नुभएको छ ।
5 RAB yüreği küstah olandan iğrenir, Bilin ki, öyleleri cezasız kalmaz.
अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।
6 Sevgi ve bağlılık suçları bağışlatır, RAB korkusu insanı kötülükten uzaklaştırır.
करारको विश्वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
7 RAB kişinin yaşayışından hoşnutsa Düşmanlarını bile onunla barıştırır.
जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्नुहुने छ ।
8 Doğrulukla kazanılan az şey Haksızlıkla kazanılan büyük gelirden iyidir.
अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।
9 Kişi yüreğinde gideceği yolu tasarlar, Ama adımlarını RAB yönlendirir.
मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।
10 Tanrı buyruklarını kralın ağzıyla açıklar, Bu nedenle kral adaleti çiğnememelidir.
राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।
11 Doğru terazi ve baskül RAB'bindir, Bütün tartı ağırlıklarını O belirler.
इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।
12 Krallar kötülükten iğrenir, Çünkü tahtın güvencesi adalettir.
राजाले दुष्ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।
13 Kral doğru söyleyenden hoşnut kalır, Dürüst konuşanı sever.
ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।
14 Kralın öfkesi ölüm habercisidir, Ama bilge kişi onu yatıştırır.
राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।
15 Kralın yüzü gülüyorsa, yaşam demektir. Lütfu son yağmuru getiren bulut gibidir.
राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
16 Bilgelik kazanmak altından daha değerlidir, Akla sahip olmak da gümüşe yeğlenir.
सुनभन्दा बुद्धि प्राप्त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्त गर्नु उत्तम हुन्छ ।
17 Dürüstlerin tuttuğu yol kötülükten uzaklaştırır, Yoluna dikkat eden, canını korur.
धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।
18 Gururun ardından yıkım, Kibirli ruhun ardından da düşüş gelir.
विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
19 Mazlumlar arasında alçakgönüllü biri olmak, Kibirlilerle çapul malı paylaşmaktan iyidir.
घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।
20 Öğüde kulak veren başarıya ulaşır, RAB'be güvenen mutlu olur.
सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
21 Bilge yüreklilere akıllı denir, Tatlı söz ikna gücünü artırır.
हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
22 Sağduyu, sahibine yaşam kaynağı, Ahmaklıksa ahmaklara cezadır.
समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
23 Bilgenin aklı diline yön verir, Dudaklarının ikna gücünü artırır.
बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्टि प्रदान गर्छ, र उसको ओठमा विश्वसनीयता थप्छ ।
24 Hoş sözler petek balı gibidir, Cana tatlı ve bedene şifadır.
मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्डीहरूका लागि चङ्गाइ हुन्छ ।
25 Öyle yol var ki, insana düz gibi görünür, Ama sonu ölümdür.
कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
26 Emekçinin iştahıdır onu çalıştıran, Çünkü açlığı onu kamçılar.
परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
27 Alçaklar başkalarına kötülük tasarlar, Konuşmaları kavurucu ateş gibidir.
बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।
28 Huysuz kişi çekişmeyi körükler, Dedikoducu can dostları ayırır.
टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्ठ मित्रहरूमा पनि फाटो आउँछ ।
29 Zorba kişi başkalarını ayartır Ve onları olumsuz yola yöneltir.
हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।
30 Göz kırpmak düzenbazlığa, Sinsi gülücükler kötülüğe işarettir.
द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्र्याउनेले खराबी ल्याउँछ ।
31 Ağarmış saçlar onur tacıdır, Doğru yaşayışla kazanılır.
फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्त गर्न सकिन्छ ।
32 Sabırlı kişi yiğitten üstündür, Kendini denetleyen de kentler fethedenden üstündür.
योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।
33 İnsan kura atar, Ama her kararı RAB verir.
सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।