< Çölde Sayim 12 >

1 Musa Kûşlu bir kadınla evlenmişti. Bundan dolayı Miryam'la Harun onu yerdiler.
मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
2 “RAB yalnız Musa aracılığıyla mı konuştu?” dediler, “Bizim aracılığımızla da konuşmadı mı?” RAB bu yakınmaları duydu.
तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।
3 Musa yeryüzünde yaşayan herkesten daha alçakgönüllüydü.
मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
4 RAB ansızın Musa, Harun ve Miryam'a, “Üçünüz Buluşma Çadırı'na gelin” dedi. Üçü de gittiler.
त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
5 RAB bulut sütununun içinde indi. Çadırın kapısında durup Harun'la Miryam'ı çağırdı. İkisi ilerlerken
अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
6 RAB onlara seslendi: “Sözlerime kulak verin: Eğer aranızda bir peygamber varsa, Ben RAB görümde kendimi ona tanıtır, Onunla düşte konuşurum.
परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
7 Ama kulum Musa öyle değildir. O bütün evimde sadıktır.
मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।
8 Onunla bilmecelerle değil, Açıkça, yüzyüze konuşurum. O RAB'bin suretini görüyor. Öyleyse kulum Musa'yı yermekten korkmadınız mı?”
म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
9 RAB onlara öfkelenip oradan gitti.
परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
10 Bulut çadırın üzerinden ayrıldığında Miryam deri hastalığına yakalanmış, kar gibi bembeyaz olmuştu. Harun Miryam'a baktı, deri hastalığına yakalandığını gördü.
बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।
11 Musa'ya, “Ey efendim, lütfen akılsızca işlediğimiz günahtan ötürü bizi cezalandırma” dedi,
हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
12 “Miryam etinin yarısı yenmiş olarak ana rahminden çıkan ölü bir bebeğe benzemesin.”
बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
13 Musa RAB'be, “Ey Tanrı, lütfen Miryam'ı iyileştir!” diye yakardı.
यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
14 RAB, “Babası onun yüzüne tükürseydi, yedi gün utanç içinde kalmayacak mıydı?” diye karşılık verdi, “Onu yedi gün ordugahtan uzaklaştırın, sonra geri getirilsin.”
परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
15 Böylece Miryam yedi gün ordugahtan uzaklaştırıldı, o geri getirilene dek halk yola çıkmadı.
यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
16 Bundan sonra halk Haserot'tan ayrılıp Paran Çölü'nde konakladı.
त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।

< Çölde Sayim 12 >