< Matta 16 >
1 Ferisiler'le Sadukiler İsa'nın yanına geldiler. O'nu denemek amacıyla kendilerine gökten bir belirti göstermesini istediler.
फरिसीहरू र शास्त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
2 İsa onlara şu karşılığı verdi: “Akşam, ‘Gökyüzü kızıl olduğuna göre hava iyi olacak’ dersiniz.
तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
3 Sabah, ‘Bugün gök kızıl ve bulutlu, hava bozacak’ dersiniz. Gökyüzünün görünümünü yorumlayabiliyorsunuz da, zamanın belirtilerini yorumlayamıyor musunuz?
र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
4 Kötü ve vefasız kuşak bir belirti istiyor! Ama ona Yunus'un belirtisinden başka bir belirti gösterilmeyecek.” Sonra İsa onları bırakıp gitti.
एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
5 Öğrenciler gölün karşı yakasına geçerken ekmek almayı unutmuşlardı.
चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
6 İsa onlara, “Dikkatli olun, Ferisiler'in ve Sadukiler'in mayasından kaçının!” dedi.
येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
7 Onlar ise kendi aralarında tartışarak, “Ekmek almadığımız için böyle diyor” dediler.
चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
8 Bunun farkında olan İsa şöyle dedi: “Ey kıt imanlılar! Ekmeğiniz yok diye niçin tartışıyorsunuz?
येशूले यो कुरा थाहा पाउनुभयो र भन्नुभयो, “अल्प-विश्वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
9 Hâlâ anlamıyor musunuz? Beş ekmekle beş bin kişinin doyduğunu, kaç sepet dolusu yemek fazlası topladığınızı hatırlamıyor musunuz? Yedi ekmekle dört bin kişinin doyduğunu, kaç küfe dolusu yemek fazlası topladığınızı hatırlamıyor musunuz?
पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
11 Ben size, ‘Ferisiler'in ve Sadukiler'in mayasından kaçının’ derken, ekmekten söz etmediğimi nasıl olur da anlamazsınız?”
मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
12 Ekmek mayasından değil de, Ferisiler'le Sadukiler'in öğretisinden kaçının dediğini o zaman anladılar.
त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
13 İsa, Filipus Sezariyesi bölgesine geldiğinde öğrencilerine şunu sordu: “Halk, İnsanoğlu'nun kim olduğunu söylüyor?”
जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”
14 Öğrencileri şu karşılığı verdiler: “Kimi Vaftizci Yahya, kimi İlyas, kimi de Yeremya ya da peygamberlerden biridir diyor.”
उनीहरूले भने, “कोही भन्छन् बप्तिस्मा-दिने यूहन्ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।”
15 İsa onlara, “Siz ne dersiniz” dedi, “Sizce ben kimim?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”
16 Simun Petrus, “Sen, yaşayan Tanrı'nın Oğlu Mesih'sin” yanıtını verdi.
सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ ।”
17 İsa ona, “Ne mutlu sana, Yunus oğlu Simun!” dedi. “Bu sırrı sana açan insan değil, göklerdeki Babam'dır.
येशूले उत्तर दिनुभयो र उनलाई भन्नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
18 Ben de sana şunu söyleyeyim, sen Petrus'sun ve ben kilisemi bu kayanın üzerine kuracağım. Ölüler diyarının kapıları ona karşı direnemeyecek. (Hadēs )
म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् । (Hadēs )
19 Göklerin Egemenliği'nin anahtarlarını sana vereceğim. Yeryüzünde bağlayacağın her şey göklerde de bağlanmış olacak; yeryüzünde çözeceğin her şey göklerde de çözülmüş olacak.”
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।”
20 Bu sözlerden sonra İsa, kendisinin Mesih olduğunu kimseye söylememeleri için öğrencilerini uyardı.
त्यसपछि उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा कसैलाई नभन्नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
21 Bundan sonra İsa, kendisinin Yeruşalim'e gitmesi, ileri gelenler, başkâhinler ve din bilginlerinin elinden çok acı çekmesi, öldürülmesi ve üçüncü gün dirilmesi gerektiğini öğrencilerine anlatmaya başladı.
त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातबाट धेरै कुरा भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
22 Bunun üzerine Petrus O'nu bir kenara çekip azarlamaya başladı. “Tanrı korusun, ya Rab! Senin başına asla böyle bir şey gelmeyecek!” dedi.
तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
23 Ama İsa Petrus'a dönüp, “Çekil önümden, Şeytan!” dedi, “Bana engel oluyorsun. Düşüncelerin Tanrı'ya değil, insana özgüdür.”
तर येशू फर्कनुभयो र पत्रुसलाई भन्नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”
24 Sonra İsa, öğrencilerine şunları söyledi: “Ardımdan gelmek isteyen kendini inkâr etsin, çarmıhını yüklenip beni izlesin.
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
25 Canını kurtarmak isteyen onu yitirecek, canını benim uğruma yitiren ise onu kurtaracaktır.
किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ ।
26 İnsan bütün dünyayı kazanıp da canından olursa, bunun kendisine ne yararı olur? İnsan kendi canına karşılık ne verebilir?
किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
27 İnsanoğlu, Babası'nın görkemi içinde melekleriyle gelecek ve herkese, yaptığının karşılığını verecektir.
किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
28 Size doğrusunu söyleyeyim, burada bulunanlar arasında, İnsanoğlu'nun kendi egemenliği içinde gelişini görmeden ölümü tatmayacak olanlar var.”
साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्नेछैन ।”