< Hâkimler 6 >

1 İsrailliler yine RAB'bin gözünde kötü olanı yaptılar. RAB de onları yedi yıl süreyle Midyanlılar'ın eline teslim etti.
परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।
2 Midyan boyunduruğu İsrailliler'e öyle ağır geldi ki, dağlarda kendilerine sığınaklar, mağaralar, kaleler yaptılar.
मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे ।
3 Ekin ektikleri vakit, Midyanlılar, Amalekliler ve öbür doğulu halklar topraklarına girip
यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।
4 ordugah kurarlardı. Gazze'ye dek ekinleri yok eder, koyun, sığır, eşek gibi geçim kaynağı olan her şeyi alırlardı.
तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे ।
5 Hayvanları ve çadırlarıyla birlikte çekirge sürüsü gibi gelirlerdi. Adamları, develeri saymak olanaksızdı. Yakıp yıkmak amacıyla toprakları işgal ederlerdi.
तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे ।
6 Midyanlılar İsrail'i öyle yoksul düşürdüler ki, İsrailliler RAB'be yakarmaya başladılar.
मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
7 İsrailliler Midyanlılar'dan ötürü RAB'be yakarınca,
जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,
8 RAB onlara bir peygamber gönderdi. Peygamber onlara şöyle dedi: “İsrail'in Tanrısı RAB diyor ki, ‘Sizi Mısır'dan ben çıkardım, köle olduğunuz ülkeden ben getirdim.
तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।
9 Mısırlılar'ın elinden, size baskı yapanların hepsinin elinden sizi ben kurtardım. Onları önünüzden kovdum, topraklarını size verdim.
मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।
10 Size dedim ki, Ben Tanrınız RAB'bim. Topraklarında yaşadığınız Amorlular'ın ilahlarına tapmayın. Ama sözümü dinlemediniz.’”
मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”
11 RAB'bin meleği gelip Aviezerli Yoaş'ın Ofra Kenti'ndeki yabanıl fıstık ağacının altında oturdu. Yoaş'ın oğlu Gidyon, buğdayı Midyanlılar'dan kurtarmak için üzüm sıkma çukurunda dövüyordu.
यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।
12 RAB'bin meleği ona görünerek, “Ey yiğit savaşçı, RAB seninledir” dedi.
परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”
13 Gidyon, “Ey Efendim, eğer RAB bizimleyse bütün bunlar neden başımıza geldi?” diye karşılık verdi, “Atalarımız RAB'bin bizi Mısır'dan çıkardığını söylemediler mi? Bize anlattıkları RAB'bin bütün o harikaları nerede? RAB bizi terk etti, Midyanlılar'ın eline teslim etti.”
गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”
14 RAB Gidyon'a dönüp, “Kendi gücünle git, İsrail'i Midyanlılar'ın elinden kurtar” dedi, “Seni ben gönderiyorum.”
परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”
15 Gidyon, “Ey Efendim, ben İsrail'i nasıl kurtarabilirim?” diye karşılık verdi, “Ait olduğum boy Manaşşe oymağının en zayıf boyudur. Ben de ailemin en genç adamıyım.”
गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु ।”
16 RAB, “Ben seninle olacağım” dedi, “Midyanlılar'ı tek bir adamı yener gibi bozguna uğratacaksın.”
परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”
17 Gidyon, “Benden hoşnutsan, benimle konuşanın sen olduğuna dair bana bir belirti göster” dedi,
गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।
18 “Lütfen gelip sana adağımı sununcaya, önüne koyuncaya dek buradan ayrılma.” RAB, “Sen dönünceye dek kalırım” diye yanıtladı.
म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”
19 Gidyon eve gidip bir oğlak kesti, bir efa undan mayasız pide yaptı. Eti sepete, et suyunu tencereye koydu; bunları getirip yabanıl fıstık ağacının altında meleğe sundu.
गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।
20 Tanrı'nın meleği, “Eti ve mayasız pideleri al, şu kayanın üzerine koy. Et suyunu ise dök” dedi. Gidyon söyleneni yaptı.
तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे ।” गिदोनले त्यसै गरे ।
21 RAB'bin meleği elindeki değneğin ucuyla ete ve mayasız pidelere dokununca kayadan ateş fışkırdı. Ateş eti ve mayasız pideleri yakıp kül etti. Sonra RAB'bin meleği gözden kayboldu.
तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।
22 Gidyon, gördüğü kişinin RAB'bin meleği olduğunu anlayınca, “Eyvah, Egemen RAB! Meleğinin yüzünü gördüm” dedi.
तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
23 RAB ona, “Sana esenlik olsun. Korkma, ölmeyeceksin” dedi.
परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”
24 Gidyon orada RAB için bir sunak yaptı. Sunağa “Yahve şalom” adını verdi. Sunak bugün de Aviezerliler'in Ofra Kenti'nde duruyor.
यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।
25 Aynı gece RAB, Gidyon'a, “Babanın boğasını, yedi yaşındaki ikinci boğayı al” dedi, “Sonra babanın Baal için yaptırdığı sunağı yık. Sunağın yanındaki Aşera putunu kes.
त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।
26 Tanrın RAB için bu höyüğün üstünde uygun bir sunak yap. İkinci boğayı al, keseceğin Aşera putunun odunlarıyla yakmalık sunu olarak sun.”
यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना र त्‍यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
27 Gidyon adamlarından onunu yanına alarak RAB'bin kendisine buyurduklarını yerine getirdi. Ne var ki, ailesinden ve kent halkından korktuğu için bunu gündüz yerine gece yaptı.
यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।
28 Sabah erkenden kalkan kent halkı, Baal'a ait sunağın yıkıldığını, yanındaki Aşera putunun kesildiğini, ikinci boğanın yeni yapılan sunak üzerinde sunulduğunu gördü.
बिहान जब नगरका मानिसहरू उठे, तब बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।
29 Birbirlerine, “Bu işi kim yaptı?” diye sordular. Araştırıp soruşturduktan sonra, bu işi Yoaş oğlu Gidyon'un yaptığını anladılar.
सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”
30 Bunun üzerine Yoaş'a, “Oğlunu dışarı çıkar” dediler, “Ölmesi gerek. Çünkü Baal'ın sunağını yıktı, yanındaki Aşera putunu kesti.”
अनि सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ, ताकि त्यो मारियोस्, किनभने त्यसले बाल देवताको वेदी भत्काइदिएको र त्‍यस छेऊको अशेरा देवीको मुर्ति ढालिदिएको छ ।”
31 Yoaş çevresindeki öfkeli kalabalığa, “Baal'ı savunmak size mi düştü?” dedi, “Siz mi onu kurtaracaksınız? Onu savunan şafak sökmeden ölecek. Baal tanrıysa, bırakın kendini savunsun. Yıkılan sunak onun!”
आफ्नो विरुद्धमा भएका सबै जनालाई योआशले भने, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउँछौ? जसले त्यसको पक्षमा बोल्छ, त्यो बिहानकै समयमा मारियोस् । बाल देवता हो भने, कसैले त्यसको वेदी भत्काइदिंदा त्यसले आफ्नो सुरक्षा आफैं गरोस् ।”
32 O gün Yoaş, “Baal kendini savunsun, yıkılan sunak onun sunağıdır” diyerek Gidyon'a Yerubbaal adını verdi.
त्‍यसकारण, त्यो दिनमा तिनीहरूले गिदोनलाई “यरूब-बाल” भने, किनभने तिनले यसो भनेका थिए, “बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस्,” किनभने गिदोनले बालको वेदी भत्काए ।
33 Bu arada Midyanlılar, Amalekliler ve öbür doğulu halklar birleşerek Şeria Irmağı'nı geçtiler, gidip Yizreel Vadisi'nde ordugah kurdular.
यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
34 RAB'bin Ruhu Gidyon'u yönlendirmeye başladı. Gidyon borusunu çalınca Aviezerliler onun çevresinde toplandı.
तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।
35 Gidyon bütün Manaşşe'ye ulaklar göndererek oranın halkını da topladı. Aşer, Zevulun ve Naftali'ye de ulaklar gönderdi. Onlar da onu karşılamaya çıktılar.
उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्‍तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।
36 Gidyon Tanrı'ya şöyle seslendi: “Söz verdiğin gibi İsrail'i benim aracılığımla kurtaracağın doğruysa,
गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—
37 çiy yalnızca harman yerine koyduğum yün yapağının üzerine düşsün, topraksa kuru kalsın. Böylece, söylediğin gibi İsrail'i benim aracılığımla kurtaracağını bileceğim.”
हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”
38 Ve öyle oldu. Ertesi gün erkenden kalkan Gidyon yapağıyı alıp sıktı. Yapağıdan bir tas dolusu çiy süzüldü.
यस्तो भयो – भोलिपल्‍ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे ।
39 Bunun üzerine Gidyon Tanrı'ya şöyle seslendi: “Bana kızma, bir istekte daha bulunmak istiyorum. Yapağıyla bir deneme daha yapmama izin ver. Lütfen bu kez yalnızca yapağı kuru kalsın, topraksa çiyle ıslansın.”
त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”
40 Tanrı o gece Gidyon'un dediğini yaptı. Yapağı kuru kaldı, toprağın her yanıysa çiyle kaplandı.
तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्‍वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।

< Hâkimler 6 >