< Yeşu 3 >
1 Sabah erkenden kalkan Yeşu, bütün İsrail halkıyla birlikte Şittim'den yola çıkıp Şeria Irmağı'na kadar geldi. Irmağı geçmeden orada konakladılar.
यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।
2 Üçüncü günün sonunda ordugahı baştan başa geçen görevliler
तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;
3 halka, “Levili kâhinlerin Tanrınız RAB'bin Antlaşma Sandığı'nı yüklendiklerini gördüğünüzde siz de yerinizden kalkıp sandığı izleyin” diye buyurdular,
तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।
4 “Böylece hangi yöne gideceğinizi bileceksiniz. Çünkü daha önce bu yoldan hiç geçmediniz. Ama Antlaşma Sandığı'na yaklaşmayın; sandıkla aranızda iki bin arşın kadar bir aralık kalsın.”
तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्न सक्ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”
5 Yeşu halka, “Kendinizi kutsayın” dedi, “Çünkü RAB yarın aranızda mucizeler yaratacak.”
यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”
6 Yeşu kâhinlere, “Antlaşma Sandığı'nı yüklenip halkın önüne geçin” dedi. Böylece kâhinler sandığı yüklenip halkın önünde yürümeye başladılar.
योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।
7 Bu arada RAB Yeşu'ya şöyle dedi: “Musa'yla birlikte olduğum gibi, seninle de birlikte olduğumu anlamaları için bugün seni bütün İsrail halkının gözünde yüceltmeye başlayacağım.
परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्ने छन् ।
8 Antlaşma Sandığı'nı taşıyan kâhinlere, ‘Şeria Irmağı'nın kıyısına varınca suda biraz ilerleyip durun’ diye buyruk ver.”
तैँले करारको सन्दुक बोक्ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”
9 Yeşu İsrail halkına, “Yaklaşın, Tanrınız RAB'bin söylediklerini dinleyin” dedikten sonra ekledi:
अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन ।
10 “Yaşayan Tanrı'nın aranızda olduğunu, Kenan, Hitit, Hiv, Periz, Girgaş, Amor ve Yevus halklarını kesinlikle önünüzden süreceğini şundan anlayacaksınız:
परमेश्वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
11 Bütün yeryüzünün Egemeni'ne ait olan Antlaşma Sandığı, sizden önce Şeria Irmağı'nı geçecek.
हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।
12 Şimdi her oymaktan birer kişi olmak üzere İsrail oymaklarından kendinize on iki adam seçin.
अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।
13 Bütün yeryüzünün Egemeni RAB'bin Antlaşma Sandığı'nı taşıyan kâhinlerin ayakları Şeria Irmağı'nın sularına değer değmez, yukarıdan aşağıya akan sular kesilip bir yığın halinde birikecek.”
जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ ।
14 Halk Şeria Irmağı'nı geçmek üzere konakladığı yerden yola çıktı. Antlaşma Sandığı'nı taşıyan kâhinler önden gidiyorlardı.
त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।
15 Sandığı taşıyan kâhinler ırmağın kıyısına varıp suya ayak bastıklarında –Şeria Irmağı, ekin biçme zamanında kabarır, kıyılarını basar–
ती करारको सन्दुक बोक्नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)
16 ta yukarıdan gelen sular durdu, çok uzaklarda, Saretan yakınında bulunan Adam Kenti'nde bir yığın halinde yükselmeye başladı. Öyle ki, Arava –Lut– Gölü'ne akan sular tümüyle kesildi. Halk Eriha'nın karşısından ırmağı geçti.
माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
17 RAB'bin Antlaşma Sandığı'nı taşıyan kâhinler, halkın tamamı ırmağı geçinceye dek kurumuş ırmak yatağının ortasında kıpırdamadan durdular. Böylece bütün İsrail halkı kurumuş ırmak yatağından geçti.
पानी निकै माथिदेखि नै बग्न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।