< Eyüp 33 >

1 “Ama şimdi lütfen sözümü dinle, Eyüp, Söyleyeceğim her şeye kulak ver.
त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् ।
2 Ağzımı açtım açacağım, Söyleyeceklerim dilimin ucunda.
हेर्नुहोस्, अब मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।
3 Sözlerim temiz bir yürekten çıkıyor, Dudaklarım bildiklerini içtenlikle söylüyor.
मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ ।
4 Beni Tanrı'nın Ruhu yarattı, Her Şeye Gücü Yeten'in soluğu yaşam veriyor bana.
परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।
5 Elinden gelirse beni yanıtla, Kendini hazırla, karşımda dur.
तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।
6 Tanrı'nın önünde ben de tıpkı senin gibiyim, Ben de balçıktan yaratıldım.
हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
7 Onun için dehşetim seni yıldırmasın, Baskım sana ağır gelmesin.
हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।
8 “Sesin hâlâ kulaklarımda, Şöyle demiştin:
तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,
9 ‘Ben kusursuz ve günahsızım, Temiz ve suçsuzum.
'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।
10 Yine de Tanrı bana karşı bahane arıyor, Beni düşman görüyor.
परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।
11 Ayaklarımı tomruğa vuruyor, Yollarımı gözetliyor.’
उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'
12 “Ama sana şunu söyleyeyim, Bu konuda haksızsın. Çünkü Tanrı insandan büyüktür.
हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।
13 İnsanın hiçbir sözünü yanıtlamıyor diye Niçin O'nunla çekişiyorsun?
उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
14 Çünkü insan anlamasa da, Tanrı şu ya da bu yolla konuşur.
परमेश्‍वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्‍यसको ख्याल गर्दैन ।
15 Rüyada, geceleyin görümde, İnsanları ağır uyku basınca, Yatakta yatarlarken,
राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,
16 Kulaklarına konuşur, Uyarısıyla onları korkutur;
तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,
17 Onları yaptıkları kötülükten döndürmek, Gururdan uzak tutmak,
मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई ।
18 Canlarını çukurdan, Hayatlarını ölümden kurtarmak için.
परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।
19 İnsan yatağında acılarla, Kemiklerinde dinmez sızılarla yola getirilir.
मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
20 Öyle ki, içi yemek kaldırmaz, En lezzetli yiyecekten tiksinir.
जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ ।
21 Eti erir, görünmez olur, Gözükmeyen kemikleri ortaya çıkar.
उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
22 Canı çukura, Hayatı ölüm meleklerine yaklaşır.
वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
23 “Yine de insana doğruyu bildirmek için Yanında bir melek, bin melekten biri Arabulucu olarak bulunursa,
तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,
24 Ona lütfeder de, ‘Onu ölüm çukuruna inmekten kurtar, Ben fidyeyi buldum’ derse,
र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् र परमेश्‍वरलाई यसो भन्‍छन् भने, 'य स व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'
25 Eti çocuk eti gibi yenilenir, Gençlik günlerine döner.
तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ ।
26 Dua ettiğinde Tanrı ondan hoşnut kalır, O da Tanrı'nın yüzünü görüp sevinir. Tanrı onun durumunu düzeltir.
उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ ।
27 Sonra insanların önünde türkü çağırır: ‘Günah işleyip doğru yoldan saptım, Ama Tanrı hak ettiğim cezayı vermedi bana,
तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
28 Canımı çukura inmekten O kurtardı, Işığı görmek için yaşayacağım.’
परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।'
29 “İşte, insanın canını çukurdan çıkarmak, Onu yaşam ışığıyla aydınlatmak için Tanrı bütün bunları iki kez, Hatta üç kez yapar.
परमेश्‍वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ,
उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।
31 “İyi dinle, Eyüp, kulak ver, Sen sus, ben konuşacağım.
हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु ।
32 Söyleyeceğin bir şey varsa söyle, Çünkü seni haklı çıkarmak isterim.
तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।
33 Yoksa, beni dinle, Sus da sana bilgelik öğreteyim.”
होइन भने, मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”

< Eyüp 33 >