< Yeşaya 59 >
1 Bakın, RAB'bin eli kurtaramayacak kadar kısa, Kulağı duyamayacak kadar sağır değildir.
हेर, परमप्रभुको हात यति छोटो छैन कि त्यसले बचाउन सक्दैन । न त उहाँको कान यति मन्द नै छ कि त्यसले सुन्न सक्दैन ।
2 Ama suçlarınız sizi Tanrınız'dan ayırdı. Günahlarınızdan ötürü O'nun yüzünü göremez, Sesinizi işittiremez oldunuz.
तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
3 Çünkü elleriniz kanla, Parmaklarınız suçla kirlendi. Dudaklarınız yalan söyledi, Diliniz kötülük mırıldanıyor.
किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।
4 Adaletle dava açan, Davasını dürüstçe savunan yok. Boş laflara güveniyor, yalan söylüyorlar. Fesada gebe kalıp kötülük doğuruyorlar.
कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्ति सत्यतामा बिन्ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
5 Engerek yumurtaları üzerinde kuluçkaya yatıyor, Örümcek ağı dokuyorlar. Onların yumurtalarından yiyen ölür, Kırılan yumurtadan engerek yavrusu çıkar.
तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्यसबाट विषलु सर्प निस्कन्छ ।
6 Dokudukları ağdan giysi olmaz, Elleriyle yaptıklarıyla örtünemezler. Eylemleri kötü eylemlerdir, Elleri zorbalığın araçlarıdır.
तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
7 Ayakları kötülüğe koşar, Çekinmeden suçsuz kanı dökerler. Akılları fikirleri hep kötülükte, Şiddet ve yıkım var yollarında.
तिनीहरूका पाउहरू दुष्टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।
8 Esenlik yolunu bilmezler, İzledikleri yolda adalet yoktur. Kendilerine çarpık yollar yaptılar, O yoldan gidenlerin hiçbiri esenlik nedir bilmez.
शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
9 Diyorlar ki, “Bu yüzden adalet bizden uzak, Doğruluk bize erişemiyor. Işık bekliyoruz, yalnız karanlık var; Parıltı bekliyor, koyu karanlıkta yürüyoruz.
यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्योतिको आशा गर्छौं, तर अन्धकार देख्छौं । हामी उज्यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्धकारमा हिंड्छौं ।
10 Kör gibi duvarı el yordamıyla arıyor, Yolumuzu bulmaya çalışıyoruz. Öğle vakti alaca karanlıktaymış gibi tökezliyoruz, Güçlüler arasında ölüler gibiyiz.
अन्धाले झैं र देख्न नसक्नेहरूले झैं हामी भित्ता छाम्छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
11 Hepimiz ayı gibi homurdanıyor, Güvercin gibi inim inim inliyoruz. Adalet bekliyoruz, ortada yok; Kurtuluş bekliyoruz, bizden uzak.
हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं । हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन । छुटकाराको खोज्छौं, तर त्यो हामीबाट टाढा छ ।
12 Çünkü sana çok kez başkaldırdık, Günahlarımız bize karşı tanıklık ediyor, İsyanlarımız hep yanıbaşımızda. Suçlarımızı kabul ediyoruz.
किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्ना पापहरू जान्दछौं।
13 Başkaldırıp RAB'bi yadsıdık, Tanrımız'ı izlemez olduk. Zorbalık, isyan dolu sözler söyledik, Yüreğimizde tasarladığımız yalanları mırıldandık.
परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।
14 Adalet püskürtüldü, doğruluk bizden uzak duruyor. Çünkü gerçek, kent meydanında sendeleyip düştü, Dürüstlük aramıza giremez oldu.
न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्दैन ।
15 Hiçbir yerde gerçek yok, Kötülükten çekinen soyuluyor!” RAB olanları gördü ve adaletin yokluğuna üzüldü.
भरोसा हराएको छ, र जो दुष्टताबाट फर्किन्छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्नुभयो र त्यहाँ न्याय नदेखेर अप्रशन्न हुनुभयो ।
16 Kimsenin olmadığını gördü, Aracılık edecek birinin olmadığına şaştı. Kendi gücüyle kurtuluş sağladı, Doğruluğu O'na destek oldu.
त्यहाँ उहाँले कुनै मानिसलाई देख्नुभएन र मध्यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्क पर्नुभयो । यसकारण उहाँको आफ्नै बहुलीले उसको उद्धार गर्यो र उहाँको धार्मिकताले उसलाई सम्भाल्यो ।
17 Doğruluğu göğüslük gibi kuşandı, Kurtuluş miğferini başına taktı, Öç giysisini giydi, Gayreti kaftan gibi sarındı.
उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्नो शिरमा मुक्तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।
18 Herkese yaptıklarının karşılığını verecek. Düşmanlarına öfkeyle, Hasımlarına ve kıyı halklarına cezayla karşılık verecek.
आफ्ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्ना शत्रुहरूलाई बदलाले, टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।
19 Böylece batıdan doğuya kadar insanlar RAB'bin adından ve yüceliğinden korkacak. Çünkü düşman azgın bir ırmak gibi geldiğinde, RAB'bin Ruhu onu kaçırtacak.
त्यसैले तिनीहरूले पश्चिमदेखि परमप्रभुको नाउँको भय मान्नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्नेछन् । किनकि परमप्रभुको सासले डोर्याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ ।
20 RAB diyor ki, “Kurtarıcı Siyon'a, Yakup soyundan olup başkaldırmaktan vazgeçenlere gelecek.
“सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ— एक जना उद्धारक आउनुहुने छ— यो परमप्रभुको घोषणा हो ।
21 Bana gelince, onlarla yapacağım antlaşma şudur: Üzerindeki Ruhum, ağzına koyduğum sözler Şimdiden sonsuza dek senin, çocuklarının, Torunlarının ağzından düşmeyecek.”
परमप्रभु भन्नुहुन्छ— मेरो निम्ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्नुहुन्छ ।