< Yeşaya 25 >

1 Ya RAB, sensin benim Tanrım, Seni yüceltir, adını överim. Çünkü sen eskiden beri tasarladığın harikaları Tam bir sadakatle gerçekleştirdin.
हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।
2 Kenti bir taş yığınına, Surlu kenti viraneye çevirdin. Yabancıların kalesiydi, kent olmaktan çıktı. Bir daha da onarılmayacak.
किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
3 Bundan ötürü güçlü uluslar seni onurlandıracak, Acımasız ulusların kentleri senden korkacak.
यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन् ।
4 Çünkü onların öfkesi Duvara çarpan sağanak gibi yükselince, Sen yoksulun, sıkıntı içindeki düşkünün kalesi, Sağanağa karşı sığınak, Sıcağa karşı gölgelik oldun.
किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
5 Yabancıların gürültüsünü çöl sıcağı gibi bastırırsın. Bulutun gölgesi sıcağı nasıl kırarsa, Bu acımasız adamların türküsü de öyle diniyor.
र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।
6 Her Şeye Egemen RAB bu dağda Bütün uluslara yağlı yemeklerin Ve dinlendirilmiş seçkin şarapların sunulduğu Zengin bir şölen verecek.
यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।
7 Bütün halkların üzerindeki örtüyü, Bütün ulusların üzerine örülmüş olan örtüyü Bu dağda kaldıracak.
उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
8 Ölümü sonsuza dek yutacak. Egemen RAB bütün yüzlerden gözyaşlarını silecek. Halkının utancını bütün yeryüzünden kaldıracak. Çünkü RAB böyle diyor.
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ ।
9 O gün diyecekler ki, “İşte Tanrımız budur; O'na umut bağlamıştık, bizi kurtardı, RAB O'dur, O'na umut bağlamıştık, O'nun kurtarışıyla sevinip coşalım.”
त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
10 RAB'bin eli bu dağın üzerinde kalacak, Ama Moav gübre çukurundaki saman gibi Kendi yerinde çiğnenecek.
किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ
11 Oracıkta yüzmek isteyen biri gibi ellerini uzatacak, Ama kurnazlığına karşın RAB onun gururunu kıracak.
पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।
12 RAB surlarındaki yüksek burçları Devirip yıkacak, yerle bir edecek.
तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

< Yeşaya 25 >