< Yeşaya 23 >
1 Sur Kenti'yle ilgili bildiri: Ey ticaret gemileri, feryat edin! Çünkü Sur Kenti evleriyle, Limanlarıyla birlikte yok oldu. Kittim'den size haber geldi.
टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
2 Ey kıyı halkı ve denizcilerin zenginleştirdiği Sayda tüccarları, susun!
ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
3 Şihor'un tahılı, Nil'in ürünü Denizleri aşar, Sur'a gelir sağlardı. Ulusların kârı ona akardı.
ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो ।
4 Utan, ey Sayda, ey deniz kıyısındaki kale! Çünkü deniz sana sesleniyor: “Ne doğum ağrısı çektim, ne de doğurdum. Ne delikanlılar büyüttüm, ne de kızlar.”
ए सीदोन, लज्जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
5 Sur'un haberi Mısır'a ulaşınca, Yüreği burkulacak insanların.
मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
6 Tarşiş'e geçin, ey kıyıda oturanlar, Feryat edin.
तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
7 Uzak ülkeleri yurt edinmiş, Eğlenceye düşkün halkınız, Eski, tarihsel kentiniz bu mu?
ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्याएको छ?
8 Taçlar giydiren Sur'a karşı bu işi kim tasarladı? O kent ki, tüccarları prenslerdi, İş adamları dünyanın saygın kişileriydi.
मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
9 Görkeminin sonucu olan gururunu kırmak, Dünyaca ünlü bütün saygın kişilerini alçaltmak için Her Şeye Egemen RAB tasarladı bunu.
त्यसका घमण्ड र त्यसका सबै गौरवलाई अपमान गर्न, त्यसका पृथ्वीकै आदरणियलाई लज्जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
10 Kendi topraklarını Nil gibi basıp geç, Ey Tarşiş kızı, artık engel yok.
ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
11 RAB denizin üzerine elini uzatıp ülkeleri titretti, Kenan kalelerinin yıkılmasını buyurdu.
परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
12 “Eğlencen sona erdi, ey Sayda, erden kız!” dedi, “Kirletildin. Kalk, Kittim'e geç, Orada bile rahat yüzü görmeyeceksin.”
उहाँले भन्नुभयो, “ए सीदोनकी अत्याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
13 Kildan ülkesine bak! O halk yok artık. Asurlular onların ülkesini yabanıl hayvanlara verdi, Kuşatma kuleleri diktiler, saraylarını soydular, Ülkeyi viraneye çevirdiler.
कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्त भएका छन् । अश्शूरीहरूले त्यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्थान बनाएका छन् । तिनीहरूले आफ्ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्यसका दरबारहरू नष्ट गरे । तिनीहरूले त्यसलाई भग्नावशेषको थुप्रो बनाए ।
14 Feryat edin, ey ticaret gemileri! Çünkü sığınağınız harap oldu.
ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।
15 Bundan sonra Sur Kenti yetmiş yıl, bir kralın ömrü süresince unutulacak. Yetmiş yıl bitince, fahişe için bestelenen türküdeki gibi Sur'a şöyle denecek:
त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ ।
16 “Bir lir al, dolaş kenti, Ey sen, unutulmuş fahişe! Güzel çal seni anımsamaları için, Türkü üstüne türkü söyle.”
ए बिर्सिएकी वेश्या, एउटा वीणा लि र सहरमा जा । त्यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
17 Yetmiş yıl geçince RAB Sur'la ilgilenecek, ama Sur para için yine fahişeliğe dönecek. Dünyanın bütün krallıklarıyla fahişelik edecek.
सत्तरी वर्षपछि त्यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
18 Kentin ticaretten ve fuhuştan kazandıkları RAB'be adanacak. Bunlar biriktirilmeyecek, hazineye konmayacak. Ticaretten kazandıklarını doyuncaya dek yesinler, güzel güzel giyinsinler diye RAB'bin önünde yaşayanlara verilecek.
त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।