< Yaratiliş 13 >
1 Avram, karısı ve sahip olduğu her şeyle birlikte Mısır'dan ayrılıp Negev'e doğru gitti. Lut da onunla birlikteydi.
अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए ।
2 Avram çok zengindi. Sürüleri, altınları, gümüşleri vardı.
अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए ।
3 Negev'den başlayıp bir yerden öbürüne göçerek Beytel'e kadar gitti. Beytel'le Ay Kenti arasında daha önce çadırını kurmuş olduğu yere vardı.
तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
4 Önceden yapmış olduğu sunağın bulunduğu yere gidip orada RAB'bi adıyla çağırdı.
तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे ।
5 Avram'la birlikte göçen Lut'un da davarları, sığırları, çadırları vardı.
अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।
6 Malları öyle çoktu ki, toprak birlikte yaşamalarına elvermedi; yan yana yaşayamadılar.
तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्न सकेनन् ।
7 Avram'ın çobanlarıyla Lut'un çobanları arasında kavga çıktı. –O günlerde Kenanlılar'la Perizliler de orada yaşıyorlardı.–
अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे ।
8 Avram Lut'a, “Biz akrabayız” dedi, “Bu yüzden aramızda da çobanlarımız arasında da kavga çıkmasın.
यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।
9 Bütün topraklar senin önünde. Gel, ayrılalım. Sen sola gidersen, ben sağa gideceğim. Sen sağa gidersen, ben sola gideceğim.”
के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।”
10 Lut çevresine baktı. Şeria Ovası'nın tümü RAB'bin bahçesi gibi, Soar'a doğru giderken Mısır toprakları gibiydi. Her yerde bol su vardı. RAB Sodom ve Gomora kentlerini yok etmeden önce ova böyleydi.
यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
11 Lut kendine Şeria Ovası'nın tümünü seçerek doğuya doğru göçtü. Birbirlerinden ayrıldılar.
यसैले लोतले आफ्नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे ।
12 Avram Kenan topraklarında kaldı. Lut ovadaki kentlerin arasına yerleşti, Sodom'a yakın bir yere çadır kurdu.
अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे ।
13 Sodom halkı çok kötüydü. RAB'be karşı büyük günah işliyordu.
सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए ।
14 Lut Avram'dan ayrıldıktan sonra, RAB Avram'a, “Bulunduğun yerden kuzeye, güneye, doğuya, batıya dikkatle bak” dedi,
लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् ।
15 “Gördüğün bütün toprakları sonsuza dek sana ve soyuna vereceğim.
तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।
16 Soyunu toprağın tozu kadar çoğaltacağım. Öyle ki, biri çıkıp da toprağın tozunu sayabilirse, senin soyunu da sayabilecek.
म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्न सक्नेछ ।
17 Kalk, sana vereceğim toprakları boydan boya dolaş.”
उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
18 Avram çadırını söktü, gidip Hevron'daki Mamre meşeliğine yerleşti. Orada RAB'be bir sunak yaptı.
यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।