< Hezekiel 31 >

1 Sürgünlüğümüzün on birinci yılı, üçüncü ayın birinci günü RAB bana şöyle seslendi:
एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “İnsanoğlu, firavuna ve halkına de ki, “‘Görkemde kim seninle boy ölçüşebilir?
“ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्‌तामा, तँ कोजस्तो छस्?
3 Asur'a bak! Lübnan'da bir sedir ağacıydı, Ormana gölge salan güzel dalları vardı. Çok yüksekti, tepesi bulutlara erişiyordu.
हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।
4 Sular ağacı besledi, Derin su kaynakları büyüttü. Akarsular dikili olduğu yerin çevresine akıyor, Kanalları kırdaki bütün ağaçlara erişiyordu.
धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।
5 Kırdaki bütün ağaçlardan daha çok büyüdü. Bol su verildiği için Dal budak saldı, dalları uzadı.
मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।
6 Kuşlar dallarına yuva yaptı, Yabanıl hayvanlar dalları altında yavruladı, Büyük uluslar gölgesinde yaşadı.
आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।
7 Güzellikte eşsizdi. Dalları giderek uzadı, Çünkü kökleri bol su alıyordu.
त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।
8 Tanrı'nın bahçesindeki sedir ağaçlarından hiçbiri Onunla boy ölçüşemezdi, Çam ağaçları dalları kadar bile değildi. Çınarlar onun dallarıyla boy ölçüşemezdi. Tanrı'nın bahçesindeki ağaçların hiçbiri Onun kadar güzel değildi.
परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।
9 Sık dallarla o sedir ağacını güzelleştirdim. Tanrı'nın bahçesi Aden'deki bütün ağaçlar onu kıskandı.
मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।
10 “‘Bu yüzden Egemen RAB şöyle diyor: Ağaç büyüyüp boy attığı, tepesi bulutlara eriştiği, büyüklüğünden ötürü gurura kapıldığı için
यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
11 ben de onu kovdum, ulusların önderinin eline teslim ettim. Ona kötülüğü uyarınca davranacak.
त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।
12 Yabancı ulusların en acımasızı onu kesip yalnız bıraktı. Dalları dağlara, derelere düştü; ülkenin vadilerinde kesilmiş duruyor. Yeryüzündeki bütün uluslar gölgesinden çekilip onu bıraktılar.
सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।
13 Bütün kuşlar devrik ağaca kondu, yabanıl hayvanlar dalları arasına yerleşti.
आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।
14 Öyle ki, suların yakınında yetişen hiçbir ağaç böylesi büyüyüp boy atmasın, tepesini bulutlara eriştirmesin; bol suyla sulanan hiçbir ağaç bu denli yükselmesin. Çünkü hepsi ölüm çukuruna inen insanlarla birlikte ölüme, yerin derinliklerine gidecek.
प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
15 “‘Egemen RAB şöyle diyor: Sedir ağacı ölüler diyarına indiği gün, ona yas tutsunlar diye derin su kaynaklarını kapattım. Irmaklarını durdurdum, gür sularının önünü kestim. O ağaç yüzünden Lübnan'ı karanlığa boğdum, bütün orman ağaçlarını kuruttum. (Sheol h7585)
परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ । मैले त्यसमाथि गहिरो पानीले ढाकें, र मैले समुद्रको पानी थुनें । मैले विशाल पानीलाई रोकें, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ । यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे । (Sheol h7585)
16 Ölüm çukuruna inenlerle birlikte onu ölüler diyarına indirdiğimde, yıkılışının gürültüsünden ulusları titrettim. O zaman Aden Bahçesi'ndeki bütün ağaçlar, Lübnan'ın en seçkin, en iyi, bol sulanan ağaçları yerin derinliklerinde avunç buldu. (Sheol h7585)
मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए । (Sheol h7585)
17 Gölgesinde yaşayanlar, uluslar arasında onu destekleyenler de onunla birlikte ölüler diyarına, kılıçla öldürülmüşlerin yanına indiler. (Sheol h7585)
किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए । (Sheol h7585)
18 “‘Aden ağaçlarından hangisi görkem ve yücelikte seninle boy ölçüşebilir? Ama sen de Aden ağaçlarıyla birlikte yerin derinliklerine indirilecek, sünnetsizlere, kılıçla öldürülmüşlere katılacaksın. “‘İşte firavunla halkının sonu böyle olacaktır.’ Egemen RAB böyle diyor.”
अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

< Hezekiel 31 >