< Hezekiel 25 >
1 RAB bana şöyle seslendi:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “İnsanoğlu, yüzünü Ammonlular'a çevir, onlara karşı peygamberlik et.
“ए मानिसको छोरो, अम्मोनका मानिसहरूतिर आफ्नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन् ।
3 Onlara de ki, ‘Egemen RAB'bin sözünü dinleyin! Egemen RAB şöyle diyor: Madem tapınağım kirletildiği, İsrail ülkesi viraneye çevrildiği, Yahuda halkı sürgüne gittiği zaman, Hah, hah! diyerek alay ettiniz,
अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वरको वचन सुन । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो पवित्रस्थान तुच्छा पारिंदा त्यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्यौ,
4 ben de sizi miras olarak doğuda yaşayan halka teslim edeceğim. Obalarını, çadırlarını ülkenizde kuracaklar; ürününüzü yiyecek, sütünüzü içecekler.
यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैं सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बिचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् ।
5 Rabba Kenti'ni develer için otlak, Ammon ülkesini sürüler için ağıl yapacağım. O zaman benim RAB olduğumu anlayacaksınız.
म रब्बालाई ऊँटहरू चर्ने खर्क र अम्मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।
6 Egemen RAB şöyle diyor: Madem İsrail'le alay ederek ellerinizi çırptınız, ayaklarınızı yere vurdunuz, bütün yüreğinizle sevindiniz,
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका र आफ्ना खुट्टा बजारेका र आनन्दित बनेका छौ ।
7 ben de size karşı elimi uzatacak, çapul malı olarak sizi uluslara teslim edeceğim. Sizi halklar arasından süpürüp atacak, ülkeler arasından söküp çıkaracak, yok edeceğim. O zaman benim RAB olduğumu anlayacaksınız.’”
यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।
8 “Egemen RAB şöyle diyor: ‘Madem Moav ve Seir halkı, Bakın, Yahuda halkının öteki uluslardan farkı yok, dedi,
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्तै छ ।”
9 ben de Moav'ın sınırını, ülkenin süsü olan sınır kentlerini, Beytyeşimot, Baal-Meon ve Kiryatayim'i savunmasız bırakacağım.
यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्त पार्नेछु—
10 Ammonlular uluslar arasında bir daha anılmasın diye Moav'ı Ammonlular'la birlikte mülk olarak doğuda yaşayan halka vereceğim.
अम्मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्झना गरिनेछैन ।
11 Böylece Moav'ı cezalandıracağım. O zaman benim RAB olduğumu anlayacaklar.’”
यसैले मोआबको विरुद्धमा न्याय गर्नेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।
12 “Egemen RAB şöyle diyor: ‘Madem Edom Yahuda halkından öç alarak büyük suç işledi,
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो ।
13 Egemen RAB şöyle diyor: Ben de Edom'a karşı elimi uzatacak, insanları da hayvanları da yok edecek, ülkeyi viraneye çevireceğim. Teman'dan Dedan'a kadar Edomlular kılıçla vurulup yok olacaklar.
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् ।
14 Halkım İsrail aracılığıyla Edom'dan öç alacağım. İsrailliler onlara öfkem, kızgınlığım uyarınca davranacak. Böylece Edomlular öcümü anlayacaklar. Egemen RAB böyle diyor.’”
मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।
15 “Egemen RAB şöyle diyor: ‘Madem Filistliler Yahuda'ya acımasızca davrandılar, eskiden var olan düşmanlıklarıyla onu yerle bir ederek öç aldılar,
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।
16 Egemen RAB şöyle diyor: Elimi Filistliler'e karşı uzatacağım, Keretliler'i söküp atacağım, kıyıda yaşayanlardan sağ kalanlarını yok edeceğim.
यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छः हेर्, पलिश्तीहरूका विरुद्धमा आफ्नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।
17 Onlardan ağır bir öç alacak, onları öfkeyle paylayacağım. Kendilerinden öç alınca, benim RAB olduğumu anlayacaklar.’”
किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”