< Vaiz 11 >
1 Ekmeğini suya at, Çünkü günler sonra onu bulursun.
तेरो अन्न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।
2 Yedi, hatta sekiz kişiye pay ver, Çünkü ülkenin başına ne felaket geleceğini bilemezsin.
त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
3 Bulutlar su yüklüyse, Yeryüzüne döker yağmurlarını. Ağaç ister güneye ister kuzeye devrilsin, Devrildiği yerde kalır.
बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ ।
4 Rüzgarı gözeten ekmez, Bulutlara bakan biçmez.
बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
5 Ana rahmindeki çocuğun nasıl ruh ve beden aldığını bilmediğin gibi, Her şeyi yaratan Tanrı'nın yaptıklarını da bilemezsin.
जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्चाका हड्डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्टि गर्नुहुने परमेश्वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।
6 Tohumunu sabah ek, Akşam da elin boş durmasın. Çünkü bu mu iyi, şu mu, Yoksa ikisi de aynı sonucu mu verecek, bilemezsin.
बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
7 Işık tatlıdır, Güneşi görmek güzeldir.
उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
8 Evet, insan uzun yıllar yaşarsa, Sevinçle yaşasın. Ama karanlık günleri unutmasın, Çünkü onlar da az değil. Gelecek her şey boştur.
कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9 Ey delikanlı, gençliğinle sevin, Bırak gençlik günlerinde yüreğin sevinç duysun. Gönlünün isteklerini, gözünün gördüklerini izle, Ama bil ki, bütün bunlar için Tanrı seni yargılayacaktır.
हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
10 Öyleyse at tasayı yüreğinden, Uzaklaştır derdi bedeninden. Çünkü gençlik de dinçlik de boştur.
तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।