< Yasa'Nin Tekrari 17 >
1 “Tanrınız RAB'be herhangi bir özürü, kusuru olan sığır ya da koyun kurban etmeyeceksiniz. Tanrınız RAB bundan tiksinir.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित कुरो हुने छ ।
2 “Tanrınız RAB'bin size vereceği kentlerin birinde aranızdan O'nun antlaşmasını çiğneyip gözünde kötü olanı yapan bir erkek ya da kadın çıkar
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्त्रीले दुष्ट काम गर्यो भने वा उहाँको करार भङ्ग गर्यो भने वा
3 ve buyruklarıma aykırı olarak gidip başka ilahlara tapar, onların, güneşin, ayın ya da gök cisimlerinin önünde eğilirse
मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,
4 ve bu olay size bildirilirse, duyduklarınızı iyice araştırın. Duyduklarınız doğruysa ve bu iğrenç olayın İsrail'de yapıldığı kanıtlanırsa,
र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।
5 bu kötülüğü yapan erkeği ya da kadını kentinizin kapısına çıkarın ve taşa tutarak öldürün.
यस्तो दुष्ट काम गर्ने त्यो पुरुष वा स्त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
6 Ölmesi gereken, iki ya da üç kişinin tanıklığıyla öldürülecek; bir kişinin tanıklığıyla öldürülmeyecek.
दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न
7 O kişiyi önce tanıklar, sonra bütün halk taşa tutsun. Aranızdaki kötülüğü ortadan kaldırmalısınız.
ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्टतालाई हटाउने छौ ।
8 “Eğer kentlerinizde adam öldürme, dava, saldırı konusunda yargılamada sizi aşan sorunlarla karşılaşırsanız, Tanrınız RAB'bin seçeceği yere gidin.
हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्हो भयो भने परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा जानू ।
9 Sorunlarınızı Levili kâhinlere ve o dönemde görevli yargıca götürüp soruşturun. Yargı kararını onlar size bildirecekler.
तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।
10 RAB'bin seçeceği yerden size bildirilen karara uymalı, size verilen öğüdü tutmaya dikkat etmelisiniz.
परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्नू ।
11 Size öğretilen yasa ve verilen karar uyarınca davranın. Size bildirilenin dışına çıkmayın.
तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।
12 Orada, Tanrınız RAB'bin önünde görev yapan kâhini ya da yargıcı kim dinlemeyip saygısızlık ederse öldürülmeli. İsrail'den kötülüğü atmalısınız.
परमप्रभु तिमीहरूका परमेश्वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्टता हटाओ ।
13 Bütün halk bunu duyup korkacak, bir daha saygısızlık etmeye kalkışmayacaktır.”
सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् ।
14 “Tanrınız RAB'bin size vereceği ülkeye girip orayı mülk edinerek yerleştiğinizde ve, ‘Çevremizdeki ulusların tümü gibi biz de başımıza bir kral atayalım’ dediğinizde,
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्ने छौँ' भन्यौ भने
15 atayacağınız kral Tanrınız RAB'bin seçtiği kişi olmalıdır. Atayacağınız kral kendi kardeşlerinizden biri olmalı. Soydaşlarınızdan olmayan birini, bir yabancıyı kral seçmeyeceksiniz.
परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुहुने व्यक्तिलाई तिमीहरूले निश्चय नै राजाको रूपमा चुन्नू । तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ ।
16 Kral çok sayıda at edinmemeli, daha çok at satın almak için halkı Mısır'a göndermemeli. Çünkü RAB size, ‘Bir daha o yoldan dönmeyeceksiniz’ dedi.
तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ ।
17 Atayacağınız kral yüreğinin RAB'den sapmaması için çok kadın edinmemeli, büyük ölçüde altın, gümüş biriktirmemeli.
तिनले आफ्ना लागि धेरै पत्नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
18 “Kral tahtına oturunca, Levili kâhinlerin koruması altındaki Kutsal Yasa'nın bir örneğini kendisi bir kitaba yazacak.
तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।
19 Bu yasa örneğini yanında bulunduracak, yaşamı boyunca her gün onu okuyacak. Öyle ki, Tanrısı RAB'den korkmayı, bu yasanın bütün sözlerine ve kurallarına uymayı öğrensin;
त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।
20 kendini kardeşlerinden üstün saymasın, yasanın dışına çıkmasın; kendinin ve soyunun krallığı İsrail'de uzun yıllar sürsün.”
तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।