< Elçilerin İşleri 21 >
1 Onlardan ayrılınca denize açılıp doğru İstanköy'e gittik. Ertesi gün Rodos'a, oradan da Patara'ya geçtik.
जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।
2 Fenike'ye gidecek bir gemi bulduk, buna binip denize açıldık.
जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्यौँ ।
3 Kıbrıs'ı görünce güneyinden geçerek Suriye'ye yöneldik ve Sur Kenti'nde karaya çıktık. Gemi, yükünü orada boşaltacaktı.
हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।
4 İsa'nın oradaki öğrencilerini arayıp bulduk ve yanlarında bir hafta kaldık. Öğrenciler Ruh'un yönlendirmesiyle Pavlus'u Yeruşalim'e gitmemesi için uyardılar.
हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्नुहुँदैन भने ।
5 Günümüz dolunca kentten ayrılıp yolumuza devam ettik. İmanlıların hepsi, eşleri ve çocuklarıyla birlikte bizi kentin dışına kadar geçirdiler. Deniz kıyısında diz çöküp dua ettik.
जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौँ, र एक अर्कासँग बिदा भयौँ ।
6 Birbirimizle vedalaştıktan sonra biz gemiye bindik, onlar da evlerine döndüler.
हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।
7 Sur'dan deniz yolculuğumuza devam ederek Batlamya Kenti'ne geldik. Oradaki kardeşleri ziyaret edip bir gün yanlarında kaldık.
जब हामीले टुरोसबाटको जलयात्रा सिध्याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।
8 Ertesi gün ayrılıp Sezariye'ye geldik. Yediler'den biri olan müjdeci Filipus'un evine giderek onun yanında kaldık.
अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
9 Bu adamın peygamberlik eden, evlenmemiş dört kızı vardı.
यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
10 Oraya varışımızdan birkaç gün sonra Yahudiye'den Hagavos adlı bir peygamber geldi.
हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्ने कोही एक जना अगमवक्ता आए ।
11 Bu adam bize yaklaşıp Pavlus'un kuşağını aldı, bununla kendi ellerini ayaklarını bağlayarak dedi ki, “Kutsal Ruh şöyle diyor: ‘Yahudiler, bu kuşağın sahibini Yeruşalim'de böyle bağlayıp öteki uluslara teslim edecekler.’”
तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ʼयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
12 Bu sözleri duyunca hem bizler hem de oralılar Yeruşalim'e gitmemesi için Pavlus'a yalvardık.
जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्यौँ ।
13 Bunun üzerine Pavlus şöyle karşılık verdi: “Ne yapıyorsunuz, ne diye ağlayıp yüreğimi sızlatıyorsunuz? Ben Rab İsa'nın adı uğruna Yeruşalim'de yalnız bağlanmaya değil, ölmeye de hazırım.”
त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”
14 Pavlus'u ikna edemeyince, “Rab'bin istediği olsun” diyerek sustuk.
पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”
15 Bir süre sonra hazırlığımızı yapıp Yeruşalim'e doğru yola çıktık.
ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।
16 Sezariye'deki öğrencilerden bazıları da bizimle birlikte geldiler. Bizi, evinde kalacağımız adama, eski öğrencilerden Kıbrıslı Minason'a götürdüler.
कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
17 Yeruşalim'e vardığımız zaman kardeşler bizi sevinçle karşıladılar.
जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
18 Ertesi gün Pavlus'la birlikte Yakup'u görmeye gittik. İhtiyarların hepsi orada toplanmıştı.
अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
19 Pavlus, onların hal hatırını sorduktan sonra, hizmetinin aracılığıyla Tanrı'nın öteki uluslar arasında yaptıklarını teker teker anlattı.
जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्नो सेवा-कार्यद्वारा परमेश्वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
20 Bunları işitince Tanrı'yı yücelttiler. Pavlus'a, “Görüyorsun kardeş, Yahudiler arasında binlerce imanlı var ve hepsi Kutsal Yasa'nın candan savunucusudur” dediler.
उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
21 “Ne var ki, duyduklarına göre sen öteki uluslar arasında yaşayan bütün Yahudiler'e, çocuklarını sünnet etmemelerini, törelerimize uymamalarını söylüyor, Musa'nın Yasası'na sırt çevirmeleri gerektiğini öğretiyormuşsun.
तपाईंले अन्यजातिहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
22 Şimdi ne yapmalı? Senin buraya geldiğini mutlaka duyacaklar.
हामीले के गर्नुपर्छ? अवश्य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्ने सुन्नेछन् ।
23 Bunun için sana dediğimizi yap. Aramızda adak adamış dört kişi var.
त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
24 Bunları yanına al, kendileriyle birlikte arınma törenine katıl. Başlarını tıraş edebilmeleri için kurban masraflarını sen öde. Böylelikle herkes, seninle ilgili duyduklarının asılsız olduğunu, senin de Kutsal Yasa'ya uygun olarak yaşadığını anlasın.
यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
25 Öteki uluslardan olan imanlılara gelince, biz onlara, putlara sunulan kurbanların etinden, kandan, boğularak öldürülen hayvanlardan ve fuhuştan sakınmalarını öngören kararımızı yazmıştık.”
तर विश्वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”
26 Bunun üzerine Pavlus o dört kişiyi yanına aldı, ertesi gün onlarla birlikte arınma törenine katıldı. Sonra tapınağa girerek arınma günlerinin ne zaman tamamlanacağını, her birinin adına ne zaman kurban sunulacağını bildirdi.
त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
27 Yedi günlük süre bitmek üzereydi. Asya İli'nden bazı Yahudiler Pavlus'u tapınakta görünce bütün kalabalığı kışkırtarak onu yakaladılar.
सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
28 “Ey İsrailliler, yardım edin!” diye bağırdılar. “Her yerde herkese, halkımıza, Kutsal Yasa'ya ve bu kutsal yere karşı öğretiler yayan adam budur. Üstelik tapınağa bazı Grekler'i sokarak bu kutsal yeri kirletti.”
उनीहरू चिच्च्याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
29 Bu Yahudiler, daha önce kentte Pavlus'un yanında gördükleri Efesli Trofimos'un, Pavlus tarafından tapınağa sokulduğunu sanıyorlardı.
किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्ने सोचे ।
30 Bütün kent ayağa kalkmıştı. Her taraftan koşuşup gelen halk Pavlus'u tutup tapınaktan dışarı sürükledi. Arkasından tapınağın kapıları hemen kapatıldı.
सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
31 Onlar Pavlus'u öldürmeye çalışırken, bütün Yeruşalim'in karıştığı haberi Roma taburunun komutanına ulaştı.
तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्तानकहाँ आयो ।
32 Komutan hemen yüzbaşılarla askerleri yanına alarak kalabalığın olduğu yere koştu. Komutanla askerleri gören halk Pavlus'u dövmeyi bıraktı.
तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
33 O zaman komutan yaklaşıp Pavlus'u yakaladı, çift zincirle bağlanması için buyruk verdi. Sonra, “Kimdir bu adam, ne yaptı?” diye sordu.
त्यसपछि प्रमुख कप्तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
34 Kalabalıktakilerin her biri ayrı bir şey bağırıyordu. Kargaşalıktan ötürü kesin bilgi edinemeyen komutan, Pavlus'un kaleye götürülmesini buyurdu.
भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्च्याए । यी सबै हल्लाले गर्दा कप्तानले केही पनि भन्न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।
35 Pavlus merdivenlere geldiğinde kalabalık öylesine azmıştı ki, askerler onu taşımak zorunda kaldılar.
जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।
36 Kalabalık, “Öldürün onu!” diye bağırarak onları izliyordu.
मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्च्याइ रहे, “तिनीबाट अलग बस!”
37 Kaleden içeri girmek üzereyken Pavlus komutana, “Sana bir şey söyleyebilir miyim?” dedi. Komutan, “Grekçe biliyor musun?” dedi.
पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्तानले सोधे, “के तिमी ग्रिक बोल्छौ?
38 “Sen bundan bir süre önce bir ayaklanma başlatıp dört bin tedhişçiyi çöle götüren Mısırlı değil misin?”
के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ?”
39 Pavlus, “Ben Kilikya'dan Tarsuslu bir Yahudi, hiç de önemsiz olmayan bir kentin vatandaşıyım” dedi. “Rica ederim, halka birkaç söz söylememe izin ver.”
पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।”
40 Komutanın izin vermesi üzerine Pavlus merdivende dikilip eliyle halka bir işaret yaptı. Derin bir sessizlik olunca, İbrani dilinde konuşmaya başladı.
जब कप्तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले । उनले भने,