< 2 Samuel 5 >

1 İsrail'in bütün oymakları Hevron'da bulunan Davut'a gelip şöyle dediler: “Biz senin etin, kemiğiniz.
त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौं ।
2 Geçmişte Saul kralımızken, savaşta İsrail'e komuta eden sendin. RAB sana, ‘Halkım İsrail'i sen güdecek, onlara sen önder olacaksın’ diye söz verdi.”
केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”
3 İsrail'in bütün ileri gelenleri Hevron'a, Kral Davut'un yanına gelince, kral RAB'bin önünde orada onlarla bir antlaşma yaptı. Onlar da Davut'u İsrail Kralı olarak meshettiler.
त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।
4 Davut otuz yaşında kral oldu ve kırk yıl krallık yaptı.
दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्‍य गरे ।
5 Hevron'da yedi yıl altı ay Yahuda'ya, Yeruşalim'de otuz üç yıl bütün İsrail'e ve Yahuda'ya krallık yaptı.
तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे ।
6 Kral Davut'la adamları Yeruşalim'de yaşayan Yevuslular'a saldırmak için yola çıktılar. Yevuslular Davut'a, “Sen buraya giremezsin, körlerle topallar bile seni geri püskürtebilir” dediler. “Davut buraya giremez” diye düşünüyorlardı.
राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन ।”
7 Ne var ki, Davut Siyon Kalesi'ni ele geçirdi. Daha sonra bu kaleye “Davut Kenti” adı verildi.
तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।
8 Davut o gün adamlarına şöyle demişti: “Yevuslular'ı kim yenilgiye uğratırsa Davut'un nefret ettiği şu ‘Topallarla körlere’ su kanalından ulaşmalı!” “Körlerle topallar saraya giremeyecek” denmesinin nedeni işte budur.
त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्‍न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन ।”
9 Bundan sonra Davut “Davut Kenti” adını verdiği kalede oturmaya başladı. Çevredeki bölgeyi, Millo'dan içeriye doğru uzanan bölümü inşa etti.
त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।
10 Davut giderek güçleniyordu. Çünkü Her Şeye Egemen Tanrı RAB onunlaydı.
दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो ।
11 Sur Kralı Hiram Davut'a ulaklar, sedir kütükleri, marangozlar ve taşçılar gönderdi. Bu adamlar Davut için bir saray yaptılar.
त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।
12 Böylece Davut RAB'bin kendisini İsrail Kralı atadığını ve halkı İsrail'in hatırı için krallığını yücelttiğini anladı.
परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।
13 Davut Hevron'dan ayrıldıktan sonra Yeruşalim'de kendine daha birçok cariye ve karı aldı. Davut'un erkek ve kız çocukları oldu.
दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
14 Davut'un Yeruşalim'de doğan çocuklarının adları şunlardı: Şammua, Şovav, Natan, Süleyman,
यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन,
15 Yivhar, Elişua, Nefek, Yafia,
यिभार, इलीशूअ, नेपेग, यापी,
16 Elişama, Elyada ve Elifelet.
एलीशामा, एल्यादा र एलीपेलेत ।
17 Filistliler Davut'un İsrail Kralı olarak meshedildiğini duyunca, bütün Filist ordusu onu aramak için yola çıktı. Bunu duyan Davut kaleye sığındı.
अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।
18 Filistliler gelip Refaim Vadisi'ne yayılmışlardı.
पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए ।
19 Davut RAB'be danıştı: “Filistliler'e saldırayım mı? Onları elime teslim edecek misin?” RAB Davut'a, “Saldır” dedi, “Onları kesinlikle eline teslim edeceğim.”
त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”
20 Bunun üzerine Davut Baal-Perasim'e gidip orada Filistliler'i bozguna uğrattı. Sonra, “Her şeyi yarıp geçen sular gibi, RAB düşmanlarımı önümden yarıp geçti” dedi. Bundan ötürü oraya Baal-Perasim adı verildi.
त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।
21 Davut'la adamları, Filistliler'in orada bıraktığı putları alıp götürdüler.
पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए ।
22 Filistliler bir kez daha gelip Refaim Vadisi'ne yayıldılar.
त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे ।
23 Davut RAB'be danıştı. RAB şöyle karşılık verdi: “Buradan saldırma! Onları arkadan çevirip pelesenk ağaçlarının önünden saldır.
त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।
24 Pelesenk ağaçlarının tepesinden yürüyüş sesi duyar duymaz, acele et. Çünkü ben Filist ordusunu bozguna uğratmak için önünsıra gitmişim demektir.”
जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।”
25 Davut RAB'bin kendisine buyurduğu gibi yaptı ve Filistliler'i Geva'dan Gezer'e kadar bozguna uğrattı.
त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।

< 2 Samuel 5 >