< 2 Krallar 7 >
1 Elişa, “RAB'bin sözüne kulak verin!” dedi, “RAB diyor ki, ‘Yarın bu saatlerde Samiriye Kapısı'nda bir sea ince un da, iki sea arpa da birer şekele satılacak.’”
एलीशाले भने, “परमप्रभुको वचन सुन्नुहोस् । परमप्रभु यसो भन्नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
2 Kralın özel yardımcısı olan komutan, Tanrı adamına, “RAB göklerin kapaklarını açsa bile olacak şey değil bu!” dedi. Elişa, “Sen her şeyi gözlerinle göreceksin, ama onlardan hiçbir şey yiyemeyeceksin!” diye karşılık verdi.
तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
3 Kent kapısının girişinde deri hastalığına yakalanmış dört adam vardı. Birbirlerine, “Ne diye ölene dek burada kalalım?” diyorlardı,
मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?
4 “Kente girelim desek, orada kıtlık var, ölürüz; burada kalsak da öleceğiz. Bari gidip Aram ordugahına teslim olalım. Canımızı bağışlarlarsa yaşarız, öldürürlerse de öldürsünler.”
हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”
5 Akşam karanlığında kalkıp Aram ordugahına doğru gittiler. Ordugaha yaklaştıklarında, orada kimseyi göremediler.
त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन ।
6 Çünkü Rab Aram ordugahında savaş arabalarıyla, atlarıyla yaklaşan büyük bir ordunun çıkardığı seslerin duyulmasını sağlamıştı. Aramlılar da birbirlerine, “Bakın, İsrail Kralı bize saldırmak için Hitit ve Mısır krallarını kiralamış!” demişlerdi.
किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्लाजस्तै— अर्को ठुलो सेनाको होहल्ला सुन्ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”
7 Böylece, gün batarken çadırlarını, atlarını, eşeklerini bırakıp kaçmışlar, canlarını kurtarmak için ordugahı olduğu gibi bırakmışlardı.
त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्नो ज्यान बचाउन भागे ।
8 Deri hastalığına yakalanmış adamlar ordugaha varıp çadırların birine girdiler. Yiyip içtikten sonra oradaki altın, gümüş ve giysileri götürüp gizlediler. Sonra dönüp başka bir çadıra girdiler, orada bulduklarını da götürüp gizlediler.
जब कुष्टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।
9 Ardından birbirlerine, “Yaptığımız doğru değil” dediler, “Bugün müjde günü. Oysa biz susuyoruz. Gün doğuncaya kadar beklersek, cezaya çarptırılacağımız kesin. Haydi saraya gidip durumu bildirelim.”
तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।”
10 Böylece gidip kent kapısındaki nöbetçilere seslendiler. “Aram ordugahına gittik” dediler, “Hiç kimseyi göremedik; ne de bir insan sesi duyduk. Yalnızca bağlı atlar, eşekler vardı. Çadırları da olduğu gibi bırakıp gitmişler.”
त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्यहाँ सुनिएन, तर त्यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”
11 Kapı nöbetçileri haberi duyurdu. Haber kralın sarayına ulaştırıldı.
तब पालेहरूले त्यो खबर ठुलो स्वरले फैलाए, अनि त्यसपछि भित्र राजाको घरानालाई पनि त्यो कुरा बताइयो ।
12 Kral gece kalkıp görevlilerine, “Aramlılar'ın ne tasarladığını size söyleyeyim” dedi, “Aç kaldığımızı biliyorlar. Onun için ordugahlarını bırakıp kırda gizlenmişler. Kentin dışına çıktığımızda, bizi canlı yakalayıp kenti ele geçirmeyi düşünüyorlar.”
तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्ने छौँ, र सहरभित्र पस्नेछौँ’ ।”
13 Görevlilerden biri, “Kentte kalan beş atla birkaç adam gönderelim, o zaman durumu anlarız” dedi, “Nasıl olsa gidecek olanlar da burada, kentte kalan nice İsrailli gibi ölüme mahkûm!”
राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।”
14 Adamlar yanlarına iki atlı araba aldılar. Kral, “Gidin, ne olduğunu öğrenin” diyerek onları Aram ordusunun ardından gönderdi.
त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।”
15 Adamlar Şeria Irmağı'na kadar Aram ordusunu izlediler. Yol baştan sona kadar Aramlılar'ın kaçarken attıkları giysi ve eşyalarla doluydu. Haberciler dönüp krala durumu bildirdiler.
तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए ।
16 Bunun üzerine halk kentten çıkıp Aram ordugahını yağmaladı. RAB'bin dediği gibi, bir sea ince unun da, iki sea arpanın da fiyatı bir şekele düştü.
मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्तो परमप्रभुले भन्नुभएको थियो त्यस्तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।
17 Kral özel yardımcısı olan komutanı kentin kapısında bırakmıştı. Halk onu kapının ağzında çiğneyerek öldürdü. Kral Elişa'nın evine gittiğinde, Tanrı adamı ona olacakları önceden bildirmişti.
जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्तै तिनको मृत्यु भयो ।
18 Her şey Tanrı adamının krala dediği gibi oldu. “Yarın bu saatlerde Samiriye Kapısı'nda bir sea ince un da, iki sea arpa da birer şekele satılacak” demişti.
त्यसैले त्यस्तै भयो जास्तो परमेश्वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”
19 Komutan da Tanrı adamına şöyle karşılık vermişti: “RAB göklerin kapaklarını açsa bile, olacak şey değil bu!” Elişa, “Sen her şeyi gözlerinle görecek, ama onlardan hiçbir şey yiyemeyeceksin!” demişti.
ती अधिकारीले परमेश्वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
20 Tam dediği gibi oldu. Komutan kentin kapısında halk tarafından çiğnenerek öldü.
तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।