< 2 Krallar 16 >
1 İsrail Kralı Remalya oğlu Pekah'ın krallığının on yedinci yılında Yotam oğlu Ahaz Yahuda Kralı oldu.
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य सुरु गरे ।
2 Ahaz yirmi yaşında kral oldu ve Yeruşalim'de on altı yıl krallık yaptı. Tanrısı RAB'bin gözünde doğru olanı yapan atası Davut gibi davranmadı.
आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यो गरेनन् ।
3 İsrail krallarının yolunu izledi; hatta RAB'bin İsrail halkının önünden kovmuş olduğu ulusların iğrenç törelerine uyarak oğlunu ateşte kurban etti.
बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्न लगाए ।
4 Puta tapılan yerlerde, tepelerde, bol yapraklı her ağacın altında kurban kesip buhur yaktı.
तिनले उच्च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
5 Aram Kralı Resin'le İsrail Kralı Remalya oğlu Pekah Yeruşalim'e yürüdüler. Kenti kuşattılarsa da Ahaz'ı yenemediler.
तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।
6 O sırada Aram Kralı Resin Eylat'ı geri alıp Yahudalılar'ı oradan sürdü. Edomlular Eylat'a yerleşti. Bugün de orada yaşıyorlar.
त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए, जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् ।
7 Ahaz, Asur Kralı Tiglat-Pileser'e: “Senin kulun kölenim; gel, bana saldıran Aram ve İsrail krallarının elinden beni kurtar” diye ulaklar gönderdi.
त्यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
8 RAB'bin Tapınağı'nda ve sarayın hazinelerinde bulunan altın ve gümüşü armağan olarak Asur Kralı'na gönderdi.
त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए ।
9 Asur Kralı Ahaz'ın isteğini olumlu karşıladı, saldırıp Şam'ı ele geçirdi. Kent halkını Kîr'e sürüp Resin'i öldürdü.
तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।
10 Kral Ahaz, Asur Kralı Tiglat-Pileser'i karşılamak için Şam'a gittiğinde, oradaki sunağı gördü. Aynısını yaptırmak için sunağın bütün ayrıntılarını gösteren bir planı ve maketi Kâhin Uriya'ya gönderdi.
राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए ।
11 Kâhin Uriya, Kral Ahaz Şam'dan dönünceye kadar, onun göndermiş olduğu maketin tıpkısı bir sunak yaptı.
त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए ।
12 Kral Şam'dan dönünce sunağı gördü, yaklaşıp üzerinde sunular sundu.
राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।
13 Yakmalık sunuları ve tahıl sunularını sundu, dökmelik sunuyu boşalttı, esenlik sunusunun kanını sunağın üzerine döktü.
तिनले आफ्ना होमबलि र अन्नबलि चढाए, आफ्नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।
14 RAB'bin huzurundaki tunç sunağı tapınağın önünden, yeni sunakla tapınağın arasındaki yerinden getirtip yeni sunağın kuzeyine yerleştirdi.
परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्याए र आफ्नो वेदीको उत्तरपट्टि राखे ।
15 Kral Ahaz Kâhin Uriya'ya şu buyrukları verdi: “Sabahın yakmalık sunusuyla akşamın tahıl sunusunu, kralın yakmalık ve tahıl sunusunu, ayrıca ülke halkının yakmalık, tahıl ve dökmelik sunularını bu büyük sunağın üzerinde sun; yakmalık sunuların ve kurbanların kanını onun üzerine dök. Ama tunç sunağı geleceği bilmek için kendim kullanacağım.”
तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि अनि राजाको होमबलि र तिनको अन्नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्ति हुनेछ ।”
16 Kâhin Uriya Kral Ahaz'ın bütün buyruklarını yerine getirdi.
राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्यसरी नै गरे ।
17 Kral Ahaz tapınaktaki kazanların üzerine oturduğu ayaklıkların yan aynalıklarını söküp kazanları kaldırdı. Havuzu tunç boğaların üzerinden indirip taş bir döşeme üzerine yerleştirdi.
तब राजा आहाजले गुड्ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे ।
18 Asur Kralı'nı hoşnut etmek için RAB'bin Tapınağı'na konan kral kürsüsünün setini kaldırıp kralın tapınağa girmek için kullandığı özel kapıyı kapattı.
तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।
19 Ahaz'ın krallığı dönemindeki öteki olaylar ve yaptıkları Yahuda krallarının tarihinde yazılıdır.
आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
20 Ahaz ölüp atalarına kavuşunca, Davut Kenti'nde atalarının yanına gömüldü. Yerine oğlu Hizkiya kral oldu.
आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।