< 2 Korintliler 11 >

1 Umarım yapacağım küçük bir akılsızlığı hoş görürsünüz. Ne olur, beni hoş görün!
मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!
2 Sizler için tanrısal bir kıskançlık duyuyorum. Çünkü sizleri el değmemiş kız gibi tek ere, Mesih'e sunmak üzere nişanladım.
किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
3 Ne var ki, yılanın Havva'yı kurnazlığıyla aldatması gibi, düşüncelerinizin Mesih'e olan içten ve pak adanmışlıktan saptırılmasından korkuyorum.
तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
4 Çünkü size gelen ve bizim tanıttığımızdan değişik bir İsa'yı tanıtanları pekâlâ hoş görüyorsunuz. Ayrıca, aldığınız ruhtan farklı bir ruhu ve kabul ettiğinizden farklı bir müjdeyi kabul ederek bunları hoş görüyorsunuz.
किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
5 Sözüm ona üstün elçilerden hiç de aşağı olduğumu sanmıyorum!
किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
6 Acemi bir konuşmacı olabilirim, ama bilgiden yana acemi değilim. Bunu size her durumda, her bakımdan açıkça gösterdik.
तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।
7 Yücelmeniz için kendimi alçaltarak Tanrı'nın Müjdesi'ni size karşılıksız bildirmekle günah mı işledim?
के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
8 Size hizmet etmek için yardım aldığım başka kiliseleri adeta soydum.
तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।
9 Aranızdayken ihtiyacım olduğu halde hiçbirinize yük olmadım. Çünkü Makedonya'dan gelen kardeşler eksiklerimi tamamladılar. Size yük olmamaya hep özen gösterdim, bundan böyle de özen göstereceğim.
तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
10 Mesih'in gerçeğine sahip olarak kesinlikle diyebilirim ki, Ahaya İli'nde hiç kimse beni böyle övünmekten alıkoyamaz.
ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।
11 Neden mi? Sizi sevmediğimden mi? Tanrı biliyor ki, sizi seviyorum.
किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्‍वर जान्‍नुहुन्छ ।
12 Övündükleri konuda bize eşit sayılmak isteyen fırsatçılara fırsat vermemek için, yaptığımı yapmaya devam edeceğim.
तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
13 Bu tür adamlar sahte elçiler, düzenbaz işçiler, kendilerine Mesih'in elçisi süsü verenlerdir.
किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।
14 Buna şaşmamalı. Şeytan da kendisine ışık meleği süsü verir.
र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।
15 Ona hizmet edenlerin de kendilerine doğruluğun hizmetkârları süsü vermesi şaşırtıcı değildir. Onların sonu yaptıklarına göre olacaktır.
यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
16 Yine söylüyorum, kimse beni akılsız sanmasın. Öyle sanıyorsanız, akılsız birini kabul eder gibi de olsa beni kabul edin ki, ben de biraz övüneyim!
म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
17 Söylediklerimi Rab'bin söyleyeceği gibi değil, akılsız biri gibi, bu övüngen tavırla söylüyorum.
मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
18 Mademki birçokları ne olduklarıyla övünüyorlar, ben de övüneceğim.
धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।
19 Sizler akıllı olduğunuz için akılsızlara seve seve katlanıyorsunuz!
किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ!
20 Aslında sizi köle edenlere, sömürenlere, sizden yararlananlara, büyüklük taslayanlara ya da sizi tokatlayanlara katlanıyorsunuz.
किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
21 Utanarak kabul ediyorum ki, biz bunu yapacak güçte değildik! Ama birinin övünmeye cesaret ettiği konuda –akılsız biri gibi konuşuyorum– ben de övünmeye cesaret ediyorum.
म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
22 Onlar İbrani mi? Ben de İbrani'yim. İsrailli mi? Ben de İsrailli'yim. İbrahim'in soyundan mıdırlar? Ben de onun soyundanım.
के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ । के तिनीहरू इस्राएली हुन्? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ ।
23 Mesih'in hizmetkârları mıdırlar? Aklımı kaçırmış gibi konuşuyorum. Ben O'nun daha üstün bir hizmetkârıyım. Ben daha çok emek verdim, hapse daha çok girdim, sayısız dayak yedim, çok kez ölümle burun buruna geldim.
के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।
24 Beş kez Yahudiler'den otuz dokuzar kırbaç yedim.
यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।”
25 Üç kez değnekle dövüldüm, bir kez taşlandım, üç kez deniz kazasına uğradım. Bir gün bir gece açık denizde kaldım.
मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।
26 Sık sık yolculuk ettim. Irmaklarda, haydutlar arasında, gerek soydaşlarımın gerekse öteki ulusların arasında tehlikelere uğradım. Kentte, kırda, denizde, sahte kardeşler arasında tehlikelere düştüm.
नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु ।
27 Emek verdim, sıkıntı çektim, çok kez uykusuz kaldım. Açlığı, susuzluğu tattım. Çok kez yiyecek sıkıntısı çektim, soğukta çıplak kaldım.
धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
28 Öbür sorunların yanısıra, bütün kiliseler için her gün çektiğim kaygının baskısı var üzerimde.
यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।
29 Kim güçsüz olur da ben güçsüz olmam? Kim günaha düşürülür de ben onun için yanmam?
को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ?
30 Övünmem gerekiyorsa, güçsüzlüğümü gösteren şeylerle övüneceğim.
यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
31 Rab İsa'nın sonsuza dek övülecek olan Tanrısı ve Babası biliyor ki, yalan söylemiyorum. (aiōn g165)
प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन! (aiōn g165)
32 Şam'da Kral Aretas'ın valisi beni yakalatmak için kenti denetim altına almıştı.
दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए ।
33 Ama beni küfe içinde surdaki bir pencereden sarkıttılar; böylece onun elinden sıyrılıp kaçtım.
तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।

< 2 Korintliler 11 >