< 2 Tarihler 36 >

1 Yahuda halkı babası Yoşiya'nın yerine oğlu Yehoahaz'ı Yeruşalim'e kral yaptı.
त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।
2 Yehoahaz yirmi üç yaşında kral oldu ve Yeruşalim'de üç ay krallık yaptı.
यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।
3 Mısır Kralı Neko Yeruşalim'de onu tahttan indirerek ülke halkını yüz talant gümüş ve bir talant altın ödemekle yükümlü kıldı. Yehoahaz'ın ağabeyi Elyakim'i de Yahuda'yla Yeruşalim Kralı yaptı ve adını değiştirip Yehoyakim koydu. Sonra kardeşi Yehoahaz'ı alıp Mısır'a döndü.
मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।
4
मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
5 Yehoyakim yirmi beş yaşında kral oldu ve Yeruşalim'de on bir yıl krallık yaptı. Tanrısı RAB'bin gözünde kötü olanı yaptı.
यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
6 Yehoyakim'e saldıran Babil Kralı Nebukadnessar Babil'e götürmek için onu tunç zincirlerle bağladı.
त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
7 RAB'bin Tapınağı'ndaki bazı eşyaları da alıp Babil'de kendi tapınağına yerleştirdi.
नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
8 Yehoyakim'in yaptığı öbür işler, iğrençlikleri, onunla ilgili açığa çıkan kötülükler İsrail ve Yahuda krallarının tarihinde yazılıdır. Yerine oğlu Yehoyakin kral oldu.
यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
9 Yehoyakin on sekiz yaşında kral oldu ve Yeruşalim'de üç ay on gün krallık yaptı. O da RAB'bin gözünde kötü olanı yaptı.
यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।
10 İlkbaharda Kral Nebukadnessar onu ve RAB'bin Tapınağı'ndaki bazı değerli eşyaları Babil'e getirtti. Yehoyakin'in yerine akrabası Sidkiya'yı Yahuda ve Yeruşalim Kralı yaptı.
बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
11 Sidkiya yirmi bir yaşında kral oldu ve Yeruşalim'de on bir yıl krallık yaptı.
सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।
12 Tanrısı RAB'bin gözünde kötü olanı yaptı. RAB'bin sözünü bildiren Peygamber Yeremya'nın karşısında alçakgönüllü davranmadı.
तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।
13 Sidkiya Tanrı adıyla kendisine bağlı kalacağına ant içiren Kral Nebukadnessar'a karşı ayaklandı. İsrail'in Tanrısı RAB'be dönmemek için direnerek inat etti.
परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
14 Üstelik kâhinlerin ve halkın önderleri de öteki ulusların iğrenç törelerine uyarak ihanetlerini gitgide artırdılar ve RAB'bin Yeruşalim'de kutsal kıldığı tapınağını kirlettiler.
यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।
15 Atalarının Tanrısı RAB, halkına ve konutuna acıdığı için onları ulakları aracılığıyla defalarca uyardı.
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।
16 Ama onlar Tanrı'nın ulaklarıyla alay ederek sözlerini küçümsediler, peygamberlerini aşağıladılar. Sonunda RAB'bin halkına karşı öfkesi kurtuluş yolu bırakmayacak kadar alevlendi.
तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
17 RAB Kildan Kralı'nı onların üzerine saldırttı. Kildani ordusu gençlerini tapınakta kılıçtan geçirdi. Ne delikanlıya, ne genç kıza, ne yaşlıya, ne aksaçlıya acıdı. RAB hepsini Kildan Kralı'nın eline teslim etti.
यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
18 Kral, RAB Tanrı'nın Tapınağı'ndaki büyük küçük bütün eşyaları, tapınağın, Yahuda Kralı'nın ve önderlerinin hazinelerini Babil'e taşıttı.
परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।
19 Tanrı'nın Tapınağı'nı ateşe verdiler, Yeruşalim surlarını yıkıp bütün sarayları yaktılar, değerli olan her şeyi yok ettiler.
उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।
20 Kildan Kralı kılıçtan kurtulanları Babil'e sürdü. Bunlar Pers krallığı egemen oluncaya dek onun ve oğullarının köleleri olarak yaşadılar.
तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।
21 Böylece RAB'bin Yeremya aracılığıyla söylediği söz yerine geldi: “Ülke tutulmayan Şabat yıllarını tamamlayıncaya, yetmiş yıl doluncaya kadar ıssız kalıp dinlenecek.”
यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।
22 Pers Kralı Koreş'in krallığının birinci yılında RAB, Yeremya aracılığıyla bildirdiği sözü yerine getirmek amacıyla, Pers Kralı Koreş'i harekete geçirdi. Koreş yönetimi altındaki bütün halklara şu yazılı bildiriyi duyurdu:
फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:
23 “Pers Kralı Koreş şöyle diyor: ‘Göklerin Tanrısı RAB yeryüzünün bütün krallıklarını bana verdi. Beni Yahuda'daki Yeruşalim Kenti'nde kendisi için bir tapınak yapmakla görevlendirdi. Aranızda O'nun halkından kim varsa oraya gitsin. Tanrısı RAB onunla olsun!’”
“फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”

< 2 Tarihler 36 >