< 2 Tarihler 34 >
1 Yoşiya sekiz yaşında kral oldu ve Yeruşalim'de otuz bir yıl krallık yaptı.
योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।
2 RAB'bin gözünde doğru olanı yaptı. Sağa sola sapmadan atası Davut'un yollarını izledi.
तिनले परमप्रभुको दृष्टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
3 Yoşiya krallığının sekizinci yılında, daha gençken, atası Davut'un Tanrısı'na yönelmeye başladı. Krallığının on ikinci yılında da Yahuda ve Yeruşalim'i puta tapılan yerlerden, Aşera putlarından, oyma ve dökme putlardan arındırmaya başladı.
किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।
4 Yoşiya'nın gözetiminde Baallar'ın sunaklarını yıktırıp üzerlerindeki buhur sunaklarını parçalattı. Aşera putlarını, oyma ve dökme putları da parçalayıp ezdikten sonra tozlarını onlara kurban sunanların mezarlarına serpti.
मानिसहरूले तिनको उपस्थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।
5 Kâhinlerin kemiklerini kendi sunaklarının üstünde yaktı. Böylece Yahuda ve Yeruşalim'i arındırdı.
तिनका पुजारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
6 Naftali'ye dek Manaşşe, Efrayim ve Şimon oymaklarının kentleriyle çevredeki yıkıntılarda bulunan
तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषहरूमा पनि त्यसै गरे ।
7 sunakları, Aşera putlarını yıktı; toz haline gelinceye dek putları ezdi. İsrail ülkesinin her yanındaki buhur sunaklarını paramparça etti. Sonra Yeruşalim'e döndü.
तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
8 Yoşiya ülkeyi ve tapınağı arındırdıktan sonra, krallığının on sekizinci yılında Asalya oğlu Şafan'ı, kent yöneticisi Maaseya'yı ve Yoahaz oğlu devlet tarihçisi Yoah'ı Tanrısı RAB'bin Tapınağı'nı onarmaya gönderdi.
योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए ।
9 Bunlar Tanrı'nın Tapınağı'na getirilen paraları götürüp Başkâhin Hilkiya'ya verdiler. Kapı nöbetçileri olan Levililer bu parayı Manaşşe ve Efrayim halkından, İsrail'in geri kalanından, bütün Yahudalılar'la Benyaminliler'den, Yeruşalim'de yaşayanlardan toplamışlardı.
तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
10 Paraları RAB'bin Tapınağı'ndaki işlerin başında bulunan denetçilere verdiler. Onlar da tapınağı yenileme ve onarma işinde çalışan işçilere ödediler.
परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्याला तिरे ।
11 Yontma taş, Yahuda krallarının yıkılmaya terk ettiği yapıların kiriş ve bağlantı yerlerinin onarımı için kereste almaları için marangozlara, yapıcılara ödeme yapıldı.
सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्नलाई तिनीहरूले पैसा दिए ।
12 Çalışanlar işi özenle yaptılar. Başlarında yönetici olarak Levililer'den şu denetçiler vardı: Merari boyundan Yahat'la Ovadya, Kehat boyundan Zekeriya'yla Meşullam. Çalgı çalmakta usta olan Levililer yük taşıyan işçilerin sorumluluğunu aldılar ve her işi yapan işçileri denetlediler. Levililer'den bazıları da yazman, görevli, kapı nöbetçisi olarak çalıştılar.
यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
14 RAB'bin Tapınağı'na getirilen parayı çıkarırlarken, Kâhin Hilkiya Musa aracılığıyla verilmiş olan RAB'bin Yasa Kitabı'nı buldu.
तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
15 Yazman Şafan'a, “RAB'bin Tapınağı'nda Yasa Kitabı'nı buldum” diyerek kitabı ona verdi.
हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
16 Şafan kitabı krala götürerek, “Görevlilerin kendilerine verilen her işi yapıyorlar” diye haber verdi,
शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
17 “RAB'bin Tapınağı'ndaki paraları alıp denetçilerle işçilere verdiler.”
तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
18 Ardından, “Kâhin Hilkiya bana bir kitap verdi” diyerek kitabı krala okudu.
सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
19 Kral Kutsal Yasa'daki sözleri duyunca giysilerini yırttı.
यस्तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
20 Hilkiya'ya, Şafan oğlu Ahikam'a, Mika oğlu Avdon'a, Yazman Şafan'a ve kendi özel görevlisi Asaya'ya şöyle buyurdu:
तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
21 “Gidin, bulunan bu kitabın sözleri hakkında benim için de, İsrail ve Yahuda halkının geri kalanı için de RAB'be danışın. RAB'bin bize karşı alevlenen öfkesi büyüktür. Çünkü atalarımız RAB'bin sözüne kulak asmadılar, bu kitapta yazılanlara uymadılar.”
“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
22 Hilkiya ile kralın gönderdiği adamlar varıp tapınaktaki giysilerin nöbetçisi Hasra oğlu Tokhat oğlu Şallum'un karısı Peygamber Hulda'ya danıştılar. Hulda Yeruşalim'de, İkinci Mahalle'de oturuyordu.
यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
23 Hulda onlara şöyle dedi: “İsrail'in Tanrısı RAB, ‘Sizi bana gönderen adama şunları söyleyin’ diyor:
तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यो भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
24 ‘Yahuda Kralı'nın önünde okunan kitapta yazılı bütün lanetleri, felaketi buraya da, burada yaşayan halkın başına da getireceğim.
‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
25 Beni terk ettikleri, elleriyle yaptıkları başka ilahlara buhur yakıp beni kızdırdıkları için buraya karşı öfkem alevlenecek ve sönmeyecek.’
यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
26 “RAB'be danışmak için sizi gönderen Yahuda Kralı'na şöyle deyin: ‘İsrail'in Tanrısı RAB duyduğun sözlere ilişkin diyor ki:
तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
27 Madem burası ve burada yaşayanlarla ilgili sözlerimi duyunca yüreğin yumuşadı, kendini alçalttın, evet, önümde kendini alçalttın, giysilerini yırtıp huzurumda ağladın, ben de yalvarışını işittim. Böyle diyor RAB.
तेरो हृदय नरम भएको हुनाले, र परमेश्वरले यो ठाउँ र यसका बासिन्दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
28 Seni atalarına kavuşturacağım, esenlik içinde mezarına gömüleceksin. Buraya ve burada yaşayanlara getireceğim büyük felaketi görmeyeceksin.’” Hilkiya ile yanındakiler bu sözleri krala ilettiler.
हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्याए ।
29 Kral Yoşiya haber gönderip Yahuda ve Yeruşalim'in bütün ileri gelenlerini topladı.
त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।
30 Sonra Yahudalılar, Yeruşalim'de yaşayanlar, kâhinler, Levililer, büyük küçük herkesle birlikte RAB'bin Tapınağı'na çıktı. RAB'bin Tapınağı'nda bulunmuş olan Antlaşma Kitabı'nı baştan sona kadar herkesin duyacağı biçimde okudu.
तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
31 Özel yerinde durarak RAB'bin yolunu izleyeceğine, buyruklarını, öğütlerini, kurallarını candan ve yürekten uygulayacağına, bu kitapta yazılı antlaşmanın koşullarını yerine getireceğine ilişkin RAB'bin huzurunda antlaşma yaptı.
राजा आफ्नो स्थानमा खडा भए र परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्ने गरे ।
32 Sonra oradaki Yeruşalim ve Benyamin halkına bu antlaşmaya bağlı kalacaklarına ilişkin ant içirtti. Yeruşalim'de yaşayanlar Tanrı'nın, atalarının Tanrısı'nın antlaşmasına bağlı kaldılar.
तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार काम गरे ।
33 Yoşiya İsrail topraklarından bütün iğrenç putları kaldırttı. İsrail'de kalan halkın Tanrıları RAB'be kulluk etmelerini sağladı. Kral yaşadığı sürece halk atalarının Tanrısı RAB'bin ardınca yürümekten vazgeçmedi.
योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।