< 2 Tarihler 23 >

1 Yedinci yıl gücünü gösteren Yehoyada yüzbaşı olan Yeroham oğlu Azarya, Yehohanan oğlu İsmail, Ovet oğlu Azarya, Adaya oğlu Maaseya, Zikri oğlu Elişafat'la bir antlaşma yaptı.
सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।
2 Yahuda'yı dolaşarak bütün kentlerden Levililer'le İsrail boy başlarını topladılar. Yeruşalim'e dönen
तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
3 topluluk Tanrı'nın Tapınağı'nda kralla bir antlaşma yaptı. Yehoyada onlara şöyle dedi: “Davut'un soyuna ilişkin RAB'bin verdiği söz uyarınca, kralın oğlu kral olacak.
सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।
4 Siz şunları yapacaksınız: Şabat Günü göreve giden kâhinlerle Levililer'in üçte biri kapılarda nöbet tutacak,
तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
5 üçte biri sarayda, üçte biri de Temel Kapısı'nda duracak. Bütün halk RAB'bin Tapınağı'nın avlularında toplanacak.
अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ ।
6 Kâhinlerle görevli Levililer'in dışında RAB'bin Tapınağı'na kimse girmesin. Onlar kutsal oldukları için girebilirler. Halk da RAB'bin buyruğunu yerine getirmeye özen gösterecek.
सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।
7 Levililer yalın kılıç kralın çevresini saracaklar. Tapınağa yaklaşan olursa öldürün. Kral nereye giderse, ona eşlik edin.”
लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।”
8 Levililer'le Yahudalılar Kâhin Yehoyada'nın buyruklarını tam tamına uyguladılar. Şabat Günü göreve gidenlerle görevi biten adamlarını aldılar. Çünkü Kâhin Yehoyada bölüklere izin vermemişti.
यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌ ।
9 Kâhin Yehoyada Tanrı'nın Tapınağı'ndaki Kral Davut'tan kalan mızrakları ve büyük küçük kalkanları yüzbaşılara dağıttı.
त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए ।
10 Kralı korumak için sunağın ve tapınağın çevresine tapınağın güneyinden kuzeyine kadar bütün silahlı adamları yerleştirdi.
यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।
11 Yehoyada'yla oğulları kralın oğlu Yoaş'ı dışarı çıkarıp başına taç koydular. Tanrı'nın Yasası'nı da ona verip krallığını ilan ettiler. Onu meshederek, “Yaşasın kral!” diye bağırdılar.
तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
12 Atalya koşuşan, kralı öven halkın çıkardığı gürültüyü duyunca, RAB'bin Tapınağı'nda toplananların yanına gitti.
जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,
13 Baktı, kral tapınağın girişinde sütunun yanında duruyor; yüzbaşılar, borazan çalanlar çevresine toplanmış. Ülke halkı sevinç içindeydi, borazanlar çalınıyor, ezgiciler çalgılarıyla övgüleri yönetiyordu. Atalya giysilerini yırtarak, “Hainlik! Hainlik!” diye bağırdı.
र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
14 Kâhin Yehoyada yüzbaşıları çağırarak, “O kadını aradan çıkarın. Ardından kim giderse kılıçtan geçirin” diye buyruk verdi. Çünkü, “Onu RAB'bin Tapınağı'nda öldürmeyin” demişti.
तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ । तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार ।”
15 Atalya yakalandı ve sarayın At Kapısı'na varır varmaz öldürüldü.
यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
16 Yehoyada RAB'bin halkı olmaları için kendisiyle halk ve kral arasında bir antlaşma yaptı.
त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
17 Bütün halk gidip Baal'ın tapınağını yıktı. Sunaklarını, putlarını parçaladılar; Baal'ın Kâhini Mattan'ı da sunakların önünde öldürdüler.
यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
18 Yehoyada Levili kâhinleri RAB'bin Tapınağı'ndaki işin başına getirdi. Onları Davut tarafından atanmış oldukları görevleri yerine getirmek, Musa'nın Yasası'nda yazılanlar uyarınca RAB'be yakmalık sunular sunmak ve Davut'un koyduğu düzene göre sevinçle ezgiler okumakla görevlendirdi.
यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
19 Ayrıca dinsel açıdan herhangi bir nedenle kirli birinin içeri girmemesi için RAB'bin Tapınağı'nın kapılarına da nöbetçiler yerleştirdi.
अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
20 Sonra yüzbaşıları, soyluları, halkın yöneticilerini ve ülke halkını yanına alarak kralı RAB'bin Tapınağı'ndan getirdi. Yukarı Kapı'dan geçip saraya girerek kralı tahta oturttular.
यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
21 Ülke halkı sevinç içindeydi, ancak kent suskundu. Çünkü Atalya kılıçla öldürülmüştü.
यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।

< 2 Tarihler 23 >