< 1 Samuel 6 >

1 RAB'bin Sandığı Filist ülkesinde yedi ay kaldıktan sonra,
अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्‍यो ।
2 Filistliler kâhinlerle falcıları çağırtıp, “RAB'bin Sandığı'nı ne yapalım? Onu nasıl yerine göndereceğimizi bize bildirin” dediler.
त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।
3 Kâhinlerle falcılar, “İsrail Tanrısı'nın Sandığı'nı geri gönderecekseniz, boş göndermeyin” diye yanıtladılar, “O'na bir suç sunusu sunmalısınız. O zaman iyileşecek ve O'nun sizi neden sürekli cezalandırdığını anlayacaksınız.”
पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”
4 Filistliler, “Ona suç sunusu olarak ne göndermeliyiz?” diye sordular. Kâhinlerle falcılar, “Suç sununuz Filist beylerinin sayısına göre beş altın ur ve beş altın fare olsun” diye yanıtladılar, “Çünkü aynı bela hepinizin de, beylerinizin de üzerindedir.
तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो ।
5 Onun için, urların ve ülkeyi yıkan farelerin benzerlerini yapın. Böylelikle İsrail'in Tanrısı'nı onurlandırın. Belki sizin, ilahlarınızın ve ülkenizin üzerindeki cezayı hafifletir.
यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।
6 Neden Mısırlılar'ın ve firavunun yaptığı gibi inat ediyorsunuz? Tanrı Mısırlılar'ı alaya aldıktan sonra, İsrail halkının Mısır'dan çıkması için onları serbest bırakmadılar mı?
जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
7 “Şimdi yeni bir arabayla boyunduruk vurulmamış, süt veren iki inek hazırlayın. İnekleri arabaya koşun; buzağılarını artlarından ayırıp ahıra götürün.
अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्‍नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्‍नुहोस् ।
8 RAB'bin Sandığı'nı alıp arabaya koyun; suç sunusu olarak O'na göndereceğiniz altın eşyaları da bir kutuya koyup yanına yerleştirin. Sonra bırakın arabayı yoluna gitsin.
तब परमप्रभुको सन्दुक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
9 Ama ardından gözetleyin. Eğer kendi ülkesine, Beytşemeş'e giden yoldan ilerlerse, demek ki, üzerimize bu büyük yıkımı getiren O'dur. Yoksa bu yıkımın O'ndan gelmediğini, bize bir rastlantı olduğunu anlayacağız.”
त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।
10 Adamlar denileni yaptılar. Süt veren iki inek getirip arabaya koştular, buzağılarını da ahıra kapadılar.
मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
11 İçinde farelerle urların altın benzerlerinin bulunduğu kutuyu RAB'bin Sandığı'yla birlikte arabaya koydular.
उनीहरूले परमप्रभुको सन्दुक, साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्‍त गाडामा राखे ।
12 İnekler dosdoğru Beytşemeş yolundan gittiler. Sağa sola sapmadan, böğüre böğüre ana yoldan ilerlediler. Filist beyleri onları Beytşemeş sınırına dek izledi.
गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
13 O sırada Beytşemeşliler vadide buğday biçiyorlardı. Gözlerini kaldırıp sandığı görünce sevindiler.
यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए ।
14 Beytşemeşli Yeşu'nun tarlasına giren araba oradaki büyük bir taşın yanında durdu. Beytşemeşliler arabanın odununu yardılar, inekleri de RAB'be yakmalık sunu olarak sundular.
बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
15 Levililer RAB'bin Sandığı'nı ve içinde altın eşyaların bulunduğu yanındaki kutuyu indirip büyük taşın üzerine koymuşlardı. O gün Beytşemeşliler RAB'be yakmalık sunular sunup kurbanlar kestiler.
लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्‍यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
16 Filistliler'in beş beyi olup bitenleri gördükten sonra aynı gün Ekron'a döndüler.
जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।
17 Filistliler Aşdot, Gazze, Aşkelon, Gat ve Ekron kentleri için RAB'be suç sunusu olarak ur biçiminde birer altın gönderdiler.
पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् ।
18 Altın farelerse, surlu kentlerle çevre köyler dahil beş Filistli beye ait kentlerin sayısı kadardı. Beytşemeşli Yeşu'nun tarlasında RAB'bin Antlaşma Sandığı'nın üzerine konduğu büyük taş tanık olarak bugün de duruyor.
सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्‍दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।
19 RAB'bin Antlaşma Sandığı'nın içine baktıkları için, RAB Beytşemeşliler'den bazılarını cezalandırıp yetmiş kişiyi yok etti. Halk RAB'bin başlarına getirdiği bu büyük yıkımdan dolayı yas tuttu.
परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो ।
20 Beytşemeşliler, “Bu kutsal Tanrı'nın, RAB'bin önünde kim durabilir? Bizden sonra kime gidecek?” diyorlardı.
बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ?
21 Sonunda Kiryat-Yearim'de oturanlara ulaklar göndererek, “Filistliler RAB'bin Sandığı'nı geri getirdiler; gelin, onu alıp götürün” dediler.
किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”

< 1 Samuel 6 >