< 1 Samuel 24 >
1 Saul Filistliler'i kovalamaktan dönünce, Davut'un Eyn-Gedi Çölü'nde olduğu haberini aldı.
जब पलिश्तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्थानमा छन् ।”
2 Saul da Davut'la adamlarını Dağ Keçisi Kayalığı dolaylarında arayıp bulmak için, bütün İsrail'den üç bin seçme asker alıp yola çıktı.
त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए ।
3 Yolda koyun ağıllarına rastladı. Yakında bir de mağara vardı. Saul ihtiyacını gidermek için mağaraya girdi. Davut'la adamları mağaranın en iç bölümünde kalıyorlardı.
तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।
4 Adamları, Davut'a, “İşte RAB'bin sana, ‘Dilediğini yapabilmen için düşmanını eline teslim edeceğim’ dediği gün bugündür” dediler. Davut kalkıp Saul'un cüppesinin eteğinden gizlice bir parça kesti.
दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्पने छु' भनी परमप्रभुले तपाईंलाई भन्नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्त्रको छेउ काटे ।
5 Ama sonradan Saul'un eteğinden bir parça kestiği için kendini suçlu buldu.
पछि दाऊदको हृदयमा कष्ट भयो किनभने तिनले शाऊलको वस्त्रको छेउ काटेका थिए ।
6 Adamlarına, “Efendime, RAB'bin meshettiği kişiye karşı böyle bir şey yapmaktan, el kaldırmaktan RAB beni uzak tutsun” dedi, “Çünkü o RAB'bin meshettiği kişidir.”
तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्त जन, उहाँ परमप्रभुका अभिषिक्त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्नुभएको होस् ।”
7 Davut bu sözlerle adamlarını engelledi ve Saul'a saldırmalarına izin vermedi. Saul mağaradan çıkıp yoluna koyuldu.
त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
8 O zaman Davut da mağaradan çıktı. Saul'a, “Efendim kral!” diye seslendi. Saul arkasına bakınca, Davut eğilip yüzüstü yere kapandı.
पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।
9 “‘Davut sana kötülük yapmak istiyor’ diyenlerin sözlerini neden önemsiyorsun?” dedi,
दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
10 “Bugün RAB'bin mağarada seni elime nasıl teslim ettiğini gözünle görüyorsun. Bazıları seni öldürmemi istedi. Ama ben seni esirgeyip, ‘Efendime el kaldırmayacağım, çünkü o RAB'bin meshettiği kişidir’ dedim.
तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्त जन हुनुहुन्छ ।'
11 Ey baba, cüppenin eteğinden kesilmiş, elimdeki şu parçaya bak; evet, bak! Cüppenden bir parça kestim, ama seni öldürmedim. Bundan ötürü içimde kötülük ve başkaldırma düşüncesi olmadığını iyice bilesin. Sana kötülük yapmadığım halde sen beni öldürmeye çalışıyorsun.
हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्नुहुन्छ ।
12 RAB aramızda yargıç olsun ve benim öcümü senden O alsın. Ama ben elimi sana karşı kaldırmayacağım.
तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।
13 Eskilerin şu, ‘Kötülük kötü kişilerden gelir’ deyişi uyarınca elim sana karşı kalkmayacaktır.
जस्तो पुरानो उखान छ, 'दुष्टबाट नै दुष्टता निस्कन्छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।
14 İsrail Kralı kime karşı çıkmış? Sen kimi kovalıyorsun? Ölü bir köpek mi? Bir pire mi?
इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र!
15 RAB yargıç olsun ve hangimizin haklı olduğuna O karar versin. RAB davama baksın ve beni savunup senin elinden kurtarsın.”
परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।
16 Davut söylediklerini bitirince, Saul, “Davut oğlum, bu senin sesin mi?” diye sordu ve hıçkıra hıçkıra ağlamaya başladı.
जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।
17 Sonra, “Sen benden daha doğru bir adamsın” dedi, “Sana kötülük yaptığım halde sen bana iyilikle karşılık verdin.
तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
18 Bugün bana iyi davrandığını kanıtladın: RAB beni eline teslim ettiği halde beni öldürmedin.
तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।
19 Düşmanını yakalayan biri onu güvenlik içinde salıverir mi? Bugün bana yaptığın iyiliğe karşılık RAB de seni iyilikle ödüllendirsin.
किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।
20 Şimdi anladım ki, sen gerçekten kral olacaksın ve İsrail Krallığı senin egemenliğin altında sürecek.
अब मलाई थाहा भयो कि तिमी साँच्चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।
21 Benden sonra soyumu ortadan kaldırmayacağına, babamın ailesinden adımı silmeyeceğine dair RAB'bin önünde ant iç.”
तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।
22 Davut Saul'un istediği gibi ant içti. Sonra Saul evine döndü. Davut'la adamları da sığınağa gittiler.
त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।