< 1 Tarihler 11 >

1 İsrailliler'in tümü Hevron'da bulunan Davut'a gelip şöyle dediler: “Biz senin etin, kemiğiniz.
त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।
2 Geçmişte Saul kralımızken, savaşta İsrail'e komuta eden sendin. Tanrın RAB sana, ‘Halkım İsrail'i sen güdecek, onlara sen önder olacaksın’ diye söz verdi.”
हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”
3 İsrail'in bütün ileri gelenleri Hevron'a, Kral Davut'un yanına gelince, Davut RAB'bin önünde orada onlarla bir antlaşma yaptı. Onlar da RAB'bin Samuel aracılığıyla söylediği söz uyarınca, Davut'u İsrail Kralı olarak meshettiler.
त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
4 Kral Davut'la İsrailliler Yevus diye bilinen Yeruşalim'e saldırmak için yola çıktılar. Orada yaşayan Yevuslular
दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।
5 Davut'a, “Sen buraya giremezsin” dediler. Ne var ki, Davut Siyon Kalesi'ni, Davut Kenti'ni ele geçirdi.
यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।
6 Davut, “Yevuslular'a ilk saldıran kişi komutan ve önder olacak” demişti. İlk saldırıyı Seruya oğlu Yoav yaptı, böylece ordu komutanı oldu.
दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
7 Bundan sonra Davut kalede oturmaya başladı. Bunun için oraya “Davut Kenti” adı verildi.
तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।
8 Çevredeki bölgeyi, Millo'dan çevre surlara kadar uzanan kesimi inşa etti. Yoav da kentin geri kalan bölümünü onardı.
टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।
9 Davut giderek güçleniyordu. Çünkü Her Şeye Egemen RAB onunlaydı.
दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।
10 RAB'bin İsrail'e verdiği söz uyarınca Davut'un yiğit askerlerinin komutanları İsrail halkıyla birlikte Davut'u kral yaptılar ve krallığının güçlenmesi için onu desteklediler.
इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
11 Bunların adları şöyledir: Üçler'in önderi Hakmonlu Yaşovam, mızrağını üç yüz kişiye karşı kaldırıp bir saldırıda hepsini öldürdü.
दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।
12 İkincisi, üç yiğitlerden biri olan Ahohlu Dodo oğlu Elazar.
तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए ।
13 Filistliler savaş için Pas-Dammim'de toplandıklarında Elazar Davut'un yanındaydı. Orada bir arpa tarlası vardı. İsrailliler Filistliler'in önünden kaçmıştı.
तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
14 Ama Elazar'la Davut tarlanın ortasında durup orayı savunmuş, Filistliler'i öldürmüşlerdi. RAB onlara büyük bir zafer sağlamıştı.
तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
15 Otuzlar'dan üçü Davut'un yanına, Adullam Mağarası'ndaki kayaya gittiler. Bir Filist birliği Refaim Vadisi'nde ordugah kurmuştu.
तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।
16 Bu sırada Davut hisarda, başka bir Filist birliğiyse Beytlehem'deydi.
त्‍यस बेला दाऊदचाहिं आफ्‍नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्‍तीहरूले बेथलेहेममा आफ्‍नो छाउनी हालेका थिए ।
17 Davut özlemle, “Keşke biri Beytlehem'de kapının yanındaki kuyudan bana su getirse!” dedi.
दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्‍थ्‍यो!”
18 Bu Üçler Filist ordugahının ortasından geçerek Beytlehem'de kapının yanındaki kuyudan su çekip Davut'a getirdiler. Ama Davut içmek istemedi; suyu yere dökerek RAB'be sundu.
यसैले ती तीन जना वीर मानिसले पलिश्‍तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्‍यो पानी लिए र त्‍यो दाऊदकहाँ ल्‍याए, तर तिनले त्‍यो पिउन इन्‍कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा खन्‍याए ।
19 “Ey Tanrım, bunu yapmak benden uzak olsun!” dedi, “Canlarını tehlikeye atıp giden bu üç kişinin kanını mı içeyim?” Canlarını tehlikeye atarak suyu getirdikleri için Davut içmek istemedi. Bu üç kişinin yiğitliği işte böyleydi.
तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस्! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्‍यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।
20 Yoav'ın kardeşi Avişay Üçler'in önderiydi. Mızrağını kaldırıp üç yüz kişiyi öldürdü. Bu yüzden Üçler kadar ünlendi.
योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।
21 Üçler'in en saygın kişisiydi ve onların önderi oldu. Ama Üçler'den sayılmadı.
तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्‍येका एक जना भने थिएनन् ।
22 Yehoyada oğlu Kavseelli Benaya yürekli bir savaşçıydı. Büyük işler başardı. Aslan yürekli iki Moavlı'yı öldürdü. Ayrıca karlı bir gün çukura inip bir aslan öldürdü.
यहोयादाका छोरा बनायाह कब्‍सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।
23 Beş arşın boyunda iri yarı bir Mısırlı'yı da öldürdü. Mısırlı'nın elinde dokumacı sırığı gibi bir mızrak vardı. Benaya sopayla onun üzerine yürüdü. Mızrağı elinden kaptığı gibi onu kendi mızrağıyla öldürdü.
तिनले पाँच हात अल्‍गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्‌न गए । तिनले त्‍यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्‍नै बालाले उसलाई मारे ।
24 Yehoyada oğlu Benaya'nın yaptıkları bunlardır. Bu sayede o da üç yiğitler kadar ünlendi.
यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।
25 Benaya Otuzlar arasında saygın bir yer edindiyse de, Üçler'den sayılmadı. Davut onu muhafız birliği komutanlığına atadı.
तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।
26 Öteki yiğitler şunlardır: Yoav'ın kardeşi Asahel, Beytlehemli Dodo oğlu Elhanan,
वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,
27 Harorlu Şammot, Pelonlu Heles,
हारोरी शम्‍मोत, पेलोनी हेलेस,
28 Tekoalı İkkeş oğlu İra, Anatotlu Aviezer,
तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,
29 Huşalı Sibbekay, Ahohlu İlay,
हूशाती सिब्‍बकै, अहोही ईलै,
30 Netofalı Mahray ve Baana oğlu Helet,
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
31 Benyaminoğulları'ndan Givalı Rivay oğlu İttay, Piratonlu Benaya,
बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
32 Gaaş vadilerinden Huray, Arvalı Aviel,
गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,
33 Baharumlu Azmavet, Şaalbonlu Elyahba,
बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,
34 Gizonlu Haşem'in oğulları, Hararlı Şage oğlu Yonatan,
गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
35 Hararlı Sakâr oğlu Ahiam, Ur oğlu Elifal,
हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
36 Mekeralı Hefer, Pelonlu Ahiya,
मकेराती हेपेर, पेलोनी अहियाह,
37 Karmelli Hesro, Ezbay oğlu Naaray,
कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,
38 Natan'ın kardeşi Yoel, Hacer oğlu Mivhar,
नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
39 Ammonlu Selek, Seruya oğlu Yoav'ın silah taşıyıcısı Berotlu Nahray,
अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),
40 Yattirli İra ve Garev,
यित्री ईरा, यित्री गारेब,
41 Hititli Uriya, Ahlay oğlu Zavat,
हित्ती उरियाह, अहलैका छोरा जाबाद,
42 Rubenliler'in önderi Rubenli Şiza oğlu Adina ve ona eşlik eden otuz kişi,
रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,
43 Maaka oğlu Hanan, Mitanlı Yoşafat,
माकाका छोरा हानान, मित्‍नी योशापात,
44 Aşteralı Uzziya, Aroerli Hotam'ın oğulları Şama ve Yeiel,
अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
45 Şimri oğlu Yediael ve kardeşi Tisli Yoha,
शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),
46 Mahavlı Eliel, Elnaam'ın oğulları Yerivay ve Yoşavya, Moavlı Yitma,
महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,
47 Eliel, Ovet, Mesovalı Yaasiel.
एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।

< 1 Tarihler 11 >