< Ts'etta ıxhaynbı 14 >

1 This chapter is missing in the source text.
यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो ।
2
तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।
3
यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।
4
तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे ।
5
अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
6
र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।
7
त्यपछि तिनीहरू फर्के र एन-मिशपातमा (अर्थात् कादेशमा) आए अनि अमालेकीहरूका सबै देशहरू र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पराजीत गरे ।
8
त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।
9
एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।
सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।
यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।
जब तिनीहरू गए, तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए ।
उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।
जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ ।
तिनले आफ्‍ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए ।
अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए ।
शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए । तिनी सर्वोच्‍चका पूजाहारी थिए ।
तिनले उनलाई यसो भन्दै आशोष्‌ दिए, “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नु हुने परमेश्‍वरले अब्रामलाई आशिष् दिनुभएको होस् ।
सर्वोच्‍च परमेश्‍वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए ।
सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।
अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्‍न सक्‍नुहुनेछैन ।
मैले जवान मानिसहरूले खाएका र मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन । आनेर, एश्‍कोल र मम्रेले आफ्‍ना भाग लेऊन् ।

< Ts'etta ıxhaynbı 14 >