< Qığeepç'iy 6 >

1 Manke Rəbbee Mısayk'le eyhen: – Həşde vak'le g'acesın, Zı hucooyiy fironuk ha'a. Yizde xənne gucune ögiyl, mang'vee manbı g'avkasınbıb, vuk'lele haa'as saccu cune ölkeençe hudooracenva.
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
2 Qiyğa Allahee Mısayk'le eyhen: – Zı Rəbb vorna.
परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ ।
3 Zı İbrahimıs, I'saq'ı's, Yaaq'ubus Gırgın Əxəna Allah xhinne gyagu, Zıcar Zı manbışis YAHVE xhinne qıvats'ı'ı deş.
म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।
4 Zı manbışika mugaavileniy hav'u, co menne cigaynbı xhinne aaxvan Kana'anğançenbışin cigabı cos helesva.
तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।
5 Zak'le İzrailybışe, Misirbışde xılençe ts'ıts'a'an uts'ur ats'an. Zasse şenbışika hav'una mugaavile yik'el hipxın deş.
अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
6 Mançil-alla İzrailybışik'le eyhe: «Zı Rəbb vorna. Zı şole Misirbışda xamut g'avşesda. Zı Yizde xənne gucuka Misirbışis yı'q'na cazaa huvu, şu manbışde nukariyvalike g'attivxhan haa'asınbı.
त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
7 Zı şoke Zasın millet ha'as, Zı vuşda Allah ixhes. Manke şok'le ats'axhxhesın, Zı şu Misireene əq'übeençe g'attivxhan hav'una vuşda Rəbb Allah vor.
म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
8 Zı şu İbrahimıs, I'saq'ı's, Yaaq'ubus k'ın g'assır helesva uvhuyne cigabışeeqa quvkees. Man cıgabı vuşunbı ixhes. Zı Rəbb vorna».
मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”
9 Mısee man uvhuynbı İzrailybışis yuşana'a. Manbı əq'übayn rı'hı'le g'av'uva, manbışe mang'ul k'ırı iliyxhe deş.
मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
10 Manke Rəbbee Mısayk'le eyhen:
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
11 – Fironusqa, Misirne paççahısqa, hark'ın eyhe, İzrailybı cune ölkeençe g'avkecen.
“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”
12 Mısee Rəbbik'le eyhen: – İzrailybışe zal k'ırı ilydiyxhe, fironee nəxüd zal k'ırı ilixheye? Zasse yugrar yuşana'as əxə deş.
मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?”
13 Rəbb Mısaykayiy Harunuka yuşan hı'ı, manbı fironusqa Misirne paççahısqa g'uxoole, İzrailybı cune ölkeençe g'avkecenva.
परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
14 İzrailybışde nasılbışin ç'ak'ınbı inbı vob: İzrailyne ts'erriyne duxayn Ruvenın dixbı: Xanok, Pallu, Xetsroniy Karmi. İn xizanbı Ruvenıke g'adıynbı vod.
तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
15 Şimonun dixbı: Yemuel, Yamin, Ohad, Yakin, Tsoxar. Sayir Kana'anğançene xhunaşşeykena dix Şaul. İn xizanbı Şimonıke g'adıynbı vod.
शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।
16 Xərıng'ule otçu k'ıning'ulqamene Leviyne dixbışin dobı: G'erşon, Qohat, Merari. Levee vəşşe xhebts'ale yighılle sen ha'a.
लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
17 G'erşonun dixbı: Livniyiy Şimey. Manbışqad xizanbı ıxha.
गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
18 Qohatın dixbı: Amram, İtshar, Xevron, Uzziel. Qohatee vəşşe xhebts'ale xhebılle sen ha'a.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
19 Merariyn dixbı: Maxliyiy Muşi. İn xizanbı Leviyke g'adıynbı vod.
मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
20 Amramee cuna mamasiy Yoxeved hee'e. Məng'ee Amramıs Haruniy Mısa vuxu. Amramee vəşşe xhebts'ale yighılle sen ha'a.
अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
21 İtsharın dixbı: Qorax, Nefeg, Zixri.
यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
22 Uzzielin dixbı: Mişael, Eltsafan, Zıtri.
उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
23 Harunee Amminadavna yiş Elişeeva hee'e. Mana Naxşonna yiçu yixha. Məng'ee Harunus Nadav, Avihu, Eliazar, İtamar vuxu.
हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।
24 Qoraxın dixbı: Assir, Elqana, Aviasaf. İnbı Qoraxın xizanbı.
कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
25 Harunne duxee Eliazaree Putielyne yişbışda sa hee'e. Məng'ee Eleazarıs Pinxas uxu. Leviyne xizanbışin ç'ak'ınbı inbı vob.
हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
26 İne nasılenbıniy vob Haruniy Mısa. Rəbbe manbışik'leniy uvhu, İzrailybı Misirğançe g'oşunbı xhinne qığee'ecenva.
यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”
27 Manbıniy fironuka Misirne paççahıka İzrailybı Misirğançe qığav'uyne hək'ee yuşan hav'u. İnəxbın insanar vuxha Mısayiy Harun.
इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
28 Rəbb Mısayka Misir yuşana'ang'a
परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
29 uvhuynniy: – Zı Rəbb vorna! Zı vak'le uvhuyn gırgın kar fironuk'le, Misirne paççahık'le eyhe.
उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”
30 Mısee Rəbbik'le eyhen: – Zasse yugrar yuşana'as əxə deş, nəxüdne fironee zal k'ırı alixhxhes?
तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”

< Qığeepç'iy 6 >