< Psaltaren 70 >

1 För sångmästaren; av David, till åminnelse. Gud, kom till min räddning; HERRE, skynda till min hjälp.
हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
2 Må de komma på skam och varda utskämda, som stå efter mitt liv; må de vika tillbaka och blygas, som önska min ofärd.
मेरो ज्‍यान लिन खोज्‍नेहरू लज्‍जित र अपमानित होऊन् । तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्, जो मेरो पीडामा आनन्‍दित हुन्‍छन् ।
3 Må de vända tillbaka i sin skam, som säga: "Rätt så, rätt så!"
तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा!”
4 Men alla de som söka dig må fröjdas och vara glada i dig; och de som åstunda din frälsning säge alltid: "Lovad vare Gud!"
तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”
5 Jag är betryckt och fattig; Gud, skynda till mig. Min hjälp och min befriare är du; HERRE, dröj icke.
तर म गरीब र दरिद्र छु । हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस् । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईंले मलाई छुटाउनुहुन्छ । हे परमप्रभु, ढिलो नगर्नुहोस् ।

< Psaltaren 70 >