< Matteus 6 >
1 "Tagen eder till vara för att öva eder rättfärdighet inför människorna, för att bliva sedda av dem; annars haven I ingen lön hos eder Fader, som är i himmelen.
तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
2 Därför, när du giver en allmosa, så låt icke stöta i basun för dig, såsom skrymtarna göra i synagogorna och på gatorna, för att de skola bliva prisade av människorna. Sannerligen säger jag eder: De hava fått ut sin lön.
त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
3 Nej, när du giver en allmosa, låt då din vänstra hand icke få veta vad den högra gör,
तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
4 så att din allmosa gives i det fördolda. Då skall din Fader, som ser i det fördolda, vedergälla dig.
ताकि तिमीहरूको दान गुप्तमा होस् । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
5 Och när I bedjen, skolen I icke vara såsom skrymtarna, vilka gärna stå i synagogorna och i gathörnen och bedja, för att bliva sedda av människorna. Sannerligen säger jag eder: De hava fått ut sin lön.
अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
6 Nej, när du vill bedja, gå då in i din kammare, och stäng igen din dörr, och bed till din Fader i det fördolda. Då skall din Fader, som ser i det fördolda, vedergälla dig.
तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्तमा रहनुहुन्छ । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
7 Men i edra böner skolen I icke hopa tomma ord såsom hedningarna, vilka mena att de skola bliva bönhörda för sina många ords skull.
अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन् ।
8 Så varen då icke lika dem; eder Fader vet ju vad I behöven, förrän I bedjen honom.
त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ ।
9 I skolen alltså bedja sålunda: 'Fader vår, som är i himmelen! Helgat varde ditt namn;
त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
10 tillkomme ditt rike; ske din vilja, såsom i himmelen, så ock på jorden;
तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
11 vårt dagliga bröd giv oss i dag;
हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
12 och förlåt oss våra skulder, såsom ock vi förlåta dem oss skyldiga äro;
हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।
13 och inled oss icke i frestelse, utan fräls oss ifrån ondo.'
र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
14 Ty om I förlåten människorna deras försyndelser, så skall ock eder himmelske Fader förlåta eder;
किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
15 men om I icke förlåten människorna, så skall ej heller eder Fader förlåta edra försyndelser.
तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
16 Och när I fasten, skolen I icke visa en bedrövad uppsyn såsom skrymtarna, vilka vanställa sina ansikten för att bliva sedda av människorna med sin fasta. Sannerligen säger jag eder: De hava fått ut sin lön.
साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
17 Nej, när du fastar, smörj då ditt huvud och två ditt ansikte,
तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
18 för att du icke må bliva sedd av människorna med din fasta, utan allenast av din Fader, som är i det fördolda. Då skall din Fader, som ser i det fördolda, vedergälla dig.
यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
19 Samlen eder icke skatter på jorden, där mott och mal förstöra, och där tjuvar bryta sig in och stjäla,
पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
20 utan samlen eder skatter i himmelen, där mott och mal icke förstöra, och där inga tjuvar bryta sig in och stjäla.
बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।
21 Ty där din skatt är, där kommer ock ditt hjärta att vara.
किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
22 Ögat är kroppens lykta. Om nu ditt öga är friskt, så får hela din kropp ljus.
आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।
23 Men om ditt öga är fördärvat, då bliver hela din kropp höljd i mörker. Är det nu så, att ljuset, som du har i dig, är mörker, huru djupt bliver då icke mörkret!
तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!
24 Ingen kan tjäna två herrar; ty antingen kommer han då att hata den ene och älska den andre, eller kommer han att hålla sig till den förre och förakta den senare. I kunnen icke tjäna både Gud och Mamon.
कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
25 Därför säger jag eder: Gören eder icke bekymmer för edert liv, vad I skolen äta eller dricka, ej heller för eder kropp, vad I skolen kläda eder med. Är icke livet mer än maten, och kroppen mer än kläderna?
त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र?
26 Sen på fåglarna under himmelen: de så icke, ej heller skörda de, ej heller samla de in i lador; och likväl föder eder himmelske Fader dem. Ären I icke mycket mer än de?
आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
27 Vilken av eder kan, med allt sitt bekymmer, lägga en enda aln till sin livslängd?
अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र?
28 Och varför bekymren I eder för kläder? Beskåden liljorna på marken, huru de växa: de arbeta icke, ej heller spinna de;
अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
29 och likväl säger jag eder att icke ens Salomo i all sin härlighet var så klädd som en av dem.
र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।
30 Kläder nu Gud så gräset på marken, vilket i dag står och i morgon kastas i ugnen, skulle han då icke mycket mer kläda eder, I klentrogne?
यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो?
31 Så gören eder nu icke bekymmer, och sägen icke: 'Vad skola vi äta?' eller: 'Vad skola vi dricka?' eller: 'Vad skola vi kläda oss med?'
त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’
32 Efter allt detta söka ju hedningarna, och eder himmelske Fader vet att I behöven allt detta.
किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ ।
33 Nej, söken först efter hans rike och hans rättfärdighet, så skall också allt detta andra tillfalla eder.
तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
34 Gören eder alltså icke bekymmer för morgondagen, ty morgondagen skall själv bära sitt bekymmer. Var dag har nog av sin egen plåga."
त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ ।