< Hebreerbrevet 2 >
1 Därför böra vi så mycket mer akta på det som vi hava hört, så att vi icke gå förlorade.
त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
2 Ty om det ord som talades genom änglar blev beståndande, och all överträdelse och olydnad fick sin rättvisa lön,
यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र
3 huru skola då vi kunna undkomma, om vi icke taga vara på en sådan frälsning? -- en frälsning som ju först förkunnades genom Herren och sedan bekräftades för oss av dem som hade hört honom,
हामीले यति ठुलो मुक्तिको बेवास्ता गर्यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्का गरियो ।
4 varjämte Gud själv ytterligare gav sitt vittnesbörd genom tecken och under och allahanda kraftgärningar, och genom att utdela helig ande, allt efter sin vilja.
त्यही समयमा परमेश्वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्न शक्तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
5 Ty det var icke under änglars välde som han lade den tillkommande världen, den som vi tala om.
हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएन ।
6 Däremot har någon någonstädes betygat och sagt: "Vad är en människa, att du tänker på henne, eller en människoson, att du låter dig vårda om honom?
त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ?
7 En liten tid lät du honom vara ringare än änglarna, men krönte honom sedan med härlighet och ära och satte honom till herre över dina händers verk;
तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्नुभएको छ ।
8 allt lade du under hans fötter." När han underlade honom allting, undantog han nämligen intet från att bliva honom underlagt -- om vi ock ännu icke se allting vara honom underlagt.
तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्नुभएको छ ।” किनभने परमेश्वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ ।
9 Men honom som en liten tid hade blivit gjord "ringare än änglarna", honom, Jesus, se vi för sitt dödslidandes skull hava blivit krönt med härlighet och ära, för att det genom Guds nåd skulle komma alla till godo att han smakade döden.
तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टले हरेक मानिसका निम्ति मृत्यु चाख्नुभयो ।
10 Ty den för vilkens skull allting är, och genom vilken allting är, honom hövdes det, att när han ville föra många sina barn till härlighet, genom lidanden fullkomna deras frälsnings hövding.
यो परमेश्वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
11 Han som helgar och de som bliva helgade hava nämligen alla en och samme Fader. Fördenskull blyges han icke för att kalla dem bröder;
किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्न ।
12 han säger ju: "Jag skall förkunna ditt namn för mina bröder, mitt i församlingen skall jag prisa dig";
उहाँ भन्नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।”
13 så ock: "Jag vill sätta min förtröstan till honom"; så ock: "Se här äro jag och barnen som Gud har givit mig."
र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्वरले मलाई दिनुभएको छ ।”
14 Då nu barnen hade blivit delaktiga av kött och blod, blev ock han på ett liknande sätt delaktig därav, för att han genom sin död skulle göra dens makt om intet, som hade döden i sitt våld, det är djävulen,
त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो ।
15 och göra alla dem fria, som av fruktan för döden hela sitt liv igenom hade varit hemfallna till träldom.
मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
16 Ty det är ju icke änglar som han tager sig an; det är Abrahams säd som han tager sig an.
किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो ।
17 Därför måste han i allt bliva lik sina bröder, för att han skulle bliva barmhärtig och en trogen överstepräst i sin tjänst inför Gud, till att försona folkets synder.
त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्नुभयो ।
18 Ty därigenom att han har lidit, i det han själv blev frestad, kan han hjälpa dem som frestas.
किनभने येशू आफैँले दुःख भोग्नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्नुहुन्छ ।