< 1 Krönikeboken 4 >
1 Judas söner voro Peres, Hesron, Karmi, Hur och Sobal.
यहूदाका सन्तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।
2 Och Reaja, Sobals son, födde Jahat, och Jahat födde Ahumai och Lahad. Dessa voro sorgatiternas släkter.
शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।
3 Och dessa voro Abi-Etams söner: Jisreel, Jisma och Jidbas, och deras syster hette Hasselelponi,
एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो ।
4 vidare Penuel, Gedors fader, och Eser, Husas fader. Dessa voro söner till Hur, Efratas förstfödde, Bet-Lehems fader.
पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।
5 Och Ashur, Tekoas fader, hade två hustrur, Helea och Naara.
तकोका पिता अश्शूरका दुई पत्नीहरू हेलह र नारा थिए ।
6 Naara födde åt honom Ahussam, Hefer, Timeni och ahastariterna. Dessa voro Naaras söner.
नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।
7 Och Heleas söner voro Seret, Jishar och Etnan.
हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
8 Och Kos födde Anub och Hassobeba, så ock Aharhels, Harums sons, släkter.
र कोस थिए । कोसचाहिं आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।
9 Men Jaebes var mer ansedd än sina bröder; hans moder hade givit honom namnet Jaebes, i det hon sade: »Jag har fött honom med smärta.»
याबेस आफ्ना दाजुभाइभन्दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्यसलाई वेदनामा जन्माएँ ।”
10 Och Jaebes åkallade Israels Gud och sade: »O att du ville välsigna mig och utvidga mitt område och låta din hand vara med mig! O att du ville avvända vad ont är, så att jag sluppe att känna någon smärta!» Och Gud lät det ske, som han begärde.
याबेसले इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्चै आशिष् दिनुहुन्छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्छ, जसले गर्दा म पीडामुक्त हुन सक्छु ।” यसैले परमेश्वरले तिनको बिन्ती सुन्नुभयो ।
11 Och Kelub, Suhas broder, födde Mehir; han var Estons fader.
शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्तोनका पिता थिए ।
12 Och Eston födde Bet-Rafa, Pasea och Tehinna, Ir-Nahas' fader. Dessa voro männen från Reka.
एश्तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
13 Och Kenas söner voro Otniel och Seraja. Otniels söner voro Hatat.
कनजका छोराहरू ओत्निएल र सरायाह थिए । ओत्निएलका छोराहरू हतत र मोनोतै थिए ।
14 Och Meonotai födde Ofra. Och Seraja födde Joab, fader till Timmermansdalens släkt, ty dessa voro timmermän.
मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
15 Och Kalebs, Jefunnes sons, söner voro Iru, Ela och Naam, så ock Elas söner och Kenas.
यपुन्नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।
16 Och Jehallelels söner voro Sif och Sifa, Tirja och Asarel.
यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।
17 Och Esras son var Jeter, vidare Mered, Efer och Jalon. Och kvinnan blev havande och födde Mirjam, Sammai och Jisba, Estemoas fader.
एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन् ।
18 Och hans judiska hustru födde Jered, Gedors fader, och Heber, Sokos fader, och Jekutiel, Sanoas fader. Men de andra voro söner till Bitja, Faraos dotter, som Mered hade tagit till hustru.
यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।
19 Och söner till Hodias hustru, Nahams syster, voro Kegilas fader, garmiten, och maakatiten Estemoa.
नहमकी बहिनी होदियाहकी पत्नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्तमो थिए ।
20 Och Simons söner voro Amnon och Rinna, Ben-Hanan och Tilon. Och Jiseis söner voro Sohet och Sohets son.
शिमोनका छोराहरू अमनोन, रिन्ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।
21 Söner till Sela, Judas son, voro Er, Lekas fader, och Laeda, Maresas fader, och de släkter som tillhörde linnearbetarnas hus, av Asbeas hus,
यहूदाका छोरा शेलहका सन्तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
22 vidare Jokim och männen i Koseba samt Joas och Saraf, som blevo herrar över Moab, så ock Jasubi-Lehem. Men detta tillhör en avlägsen tid.
योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
23 Dessa voro krukmakarna och invånarna i Netaim och Gedera; de bodde där hos konungen och voro i hans arbete.
यि कुमालेहरू नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे ।
24 Simeons söner voro Nemuel och Jamin, Jarib, Sera och Saul.
शिमियोनका सन्तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।
25 Hans son var Sallum; hans son var Mibsam; hans son var Misma.
शौलका छोरा शल्लूम थिए, शल्लूमका छोरा मिब्साम थिए, र मिब्सामका छोरा मिश्मा थिए ।
26 Mismas söner voro hans son Hammuel, dennes son Sackur och dennes son Simei.
मिश्माका सन्तानहरू तिनका छोरा हम्मूएल, तिनका नाति जक्कूर, तिनका पनाति शिमी थिए ।
27 Och Simei hade sexton söner och sex döttrar; men hans bröder hade icke många barn. Och deras släkt i sin helhet förökade sig icke så mycket som Juda barn.
शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्यामा बढेन ।
28 Och de bodde i Beer-Seba, Molada och Hasar-Sual,
तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे ।
29 i Bilha, i Esem och i Tolad,
तिनीहरू बिल्हा, एसेम, तोलद,
30 i Betuel, i Horma och i Siklag,
बतूएल, होर्मा, सिक्लग,
31 i Bet-Markabot, i Hasar-Susim, i Bet-Birei och i Saaraim. Dessa voro deras städer, till dess att David blev konung.
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्म तिनीहरूका सहरहरू यी नै थिए ।
32 Och deras byar voro Etam och Ain, Rimmon, Token och Asan -- fem städer;
तिनीहरूका पाँच बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान थिए,
33 därtill alla deras byar, som lågo runt omkring dessa städer, ända till Baal. Dessa voro deras boningsorter; och de hade sitt särskilda släktregister.
साथै बालातसम्मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे ।
34 Vidare: Mesobab, Jamlek och Josa, Amasjas son,
वंशका अगुवाहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,
35 och Joel och Jehu, son till Josibja, son till Seraja, son till Asiel,
योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
36 och Eljoenai, Jaakoba, Jesohaja, Asaja, Adiel, Jesimiel och Benaja,
एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
37 så ock Sisa, son till Sifei, son till Allon, son till Jedaja, son till Simri son till Semaja.
र शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।
38 Dessa nu nämnda voro hövdingar i sina släkter, och deras familjer utbredde sig och blevo talrika.
माथि लेखिएका मानिसहरू आ-आफ्नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।
39 Och de drogo fram mot Gedor, ända till östra sidan av dalen, för att söka bete för sin boskap.
तिनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।
40 Och de funno fett och gott bete, och landet hade utrymme nog, och där var stilla och lugnt, ty de som förut bodde där voro hamiter.
तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्त र सूनसान थियो । अघि त्यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।
41 Men dessa som här hava blivit upptecknade vid namn kommo i Hiskias, Juda konungs, tid och förstörde deras tält och slogo de meiniter som funnos där och gåvo dem till spillo, så att de nu icke mer äro till, och bosatte sig i deras land; ty där fanns bete för deras boskap.
यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर ।
42 Och av dem, av Simeons barn, drogo fem hundra man till Seirs bergsbygd; och Pelatja, Nearja, Refaja och Ussiel, Jiseis söner, stodo i spetsen för dem.
तिबाट, शिमियोनका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जीएललाई आफ्ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए ।
43 Och de slogo den sista kvarlevan av amalekiterna; sedan bosatte de sig där och bo där ännu i dag. Hebr beóseb.
तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्म त्यहाँ बसेका छन् ।