< 4 Mosebok 22 >
1 Sedan foro Israels barn ut, och lägrade sig i Moabs mark, vid Jordan, in mot Jericho.
इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।
2 Och då Balak, Zipors son, såg allt det Israel gjort hade de Amoreer;
सिप्पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए ।
3 Och att de Moabiter mycket fruktade för det folket, som så mycket var; och att de Moabiter grufvade sig för Israels barn;
मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो ।
4 Då sade de Moabiter till de äldsta af de Midianiter: Nu varder denne hopen uppgnagandes allt det omkring oss är, såsom en oxe uppfräter gräset på markene. Och var Balak, Zipors son, den tiden de Moabiters Konung.
मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए ।
5 Och han sände ut båd till Bileam, Beors son, den en spåman var; han bodde vid älfvena i hans folks barnas lande; att de skulle kalla honom, och lät säga honom: Si, ett folk är draget utur Egypten, det öfvertäcker jordenes ansigte, och det ligger emot mig.
तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।
6 Så kom nu, och förbanna mig det folket; ty det är mig för mägtigt; om jag kunde slå dem, och fördrifva dem utu landet; förty jag vet, hvem du välsignar, han är välsignad, och den du förbannar, han är förbannad.
त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”
7 Och de äldste af de Moabiter gingo bort med de äldsta af de Midianiter, och hade spådomslön i deras händer; och gingo in till Bileam, och sade honom Balaks ord.
त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने ।
8 Och han sade till dem: Blifver här öfver nattena, så vill jag säga eder igen, hvad Herren mig sägandes varder. Så blefvo de Moabiters Förstar när Bileam.
बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्नुहोस् । परमप्रभुले जे भन्नुहुन्छ सो तपाईंलाई बताउने छु ।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे ।
9 Och Gud kom till Bileam, och sade: Ho äro de män, som när dig äro?
परमेश्वर बालामकहाँ आउनुभयो र भन्नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन्?”
10 Bileam sade till Gud: Balak, Zipors son, de Moabiters Konung, hafver sändt till mig:
बालामले परमेश्वरलाई जवाफ दिए, “सिप्पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने,
11 Si, ett folk är utdraget utur Egypten, och öfvertäcker jordenes ansigte; så kom nu, och förbanna dem; om jag kunde strida med dem, och fördrifva dem.
“हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”
12 Men Gud sade till Bileam: Gack intet med dem, förbanna icke heller folket; ty det är välsignadt.
परमेश्वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।”
13 Då stod Bileam bittida upp om morgonen, och sade till Balaks Förstar: Går i edart land; förty Herren vill icke tillstädja, att jag går med eder.
बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।”
14 Och de Moabiters Förstar stodo upp, kommo till Balak, och sade: Bileam nekar sig vilja komma med oss.
त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे ।”
15 Då sände Balak ännu yppare och härligare Förstar än hine voro.
बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्ठित अगुवाहरूलाई फेरि पठाए ।
16 Då de kommo till Bileam, sade de till honom: Så låter Balak, Zipors son, säga dig: Låt dig icke förtryta att komma till mig;
तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्पोरका छोरा बालाक भन्नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्,
17 Ty jag vill högeliga ära dig, och hvad du säger mig, det vill jag göra: Käre, kom, och förbanna mig detta folket.
किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्जत गर्नेछु र तपाईंले जे गर्न भन्नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।”
18 Bileam svarade, och sade till Balaks tjenare: Om Balak gåfve mig sitt hus fullt med silfver och guld, så kunde jag dock icke gå öfver Herrans mins Guds ord, litet eller mycket till att göra.
बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।
19 Så blifver ock ännu I här i denna natten, att jag må förfara hvad Herren ytterligare med mig talandes varder.
कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्नुहुन्छ सो म जान्न सकूँ ।”
20 Då kom Gud om nattena till Bileam, och sade till honom: Äro desse männerne komne till att kalla dig, så statt upp, och far med dem; dock hvad jag säger dig, det skall du göra.
परमेश्वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्नुभयो, “यी मानिसहरू तँलाई डाक्न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
21 Då stod Bileam om morgonen upp, och sadlade sina åsninno, och följde de Moabiters Förstar.
बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।
22 Men Guds vrede förgrymmade sig, att han for dit. Och Herrans Ängel trädde fram i vägen, att han skulle stå honom emot. Men han red på sine åsninno, och två dränger voro med honom.
तर तिनी गएकाले परमेश्वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए ।
23 Och åsninnan såg Herrans Ängel stå i vägenom, och ett draget svärd i hans hand. Och åsninnan vek af vägenom in på markena; men Bileam slog henne, att hon skulle gå på vägenom.
गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।
24 Då trädde Herrans Ängel uti ett trångt tä emellan vingårdar, der på båda sidor gårdar voro.
त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए ।
25 Och då åsninnan såg Herrans Ängel, trängde hon sig intill gården, och klämde foten af Bileam in mot gården; och han slog henne ännu mer.
गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे ।
26 Då gick Herrans Ängel ytterligare in på ett trångt rum, der ingen väg var till att afvika, antingen på högra eller venstra sidona.
त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।
27 Och då åsninnan såg Herrans Ängel, föll hon på knä under Bileam. Då förgrymmade sig Bileams vrede, och han slog åsninnona med stafven.
गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।
28 Då öppnade Herren åsninnones mun, och hon sade till Bileam: Hvad hafver jag gjort dig, att du hafver slagit mig nu tre gånger?
त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?”
29 Bileam sade till åsninnan: Förty du gjorde gäck af mig; ack! hade jag nu ett svärd i handene, jag skulle dräpa dig.
बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्ने थिएँ ।”
30 Åsninnan sade till Bileam: Är jag icke din åsninna, der du på ridit hafver i dina dagar intill denna tid? Hafver jag någon tid så plägat göra med dig? Han sade: Nej.
गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन ।”
31 Då öppnade Herren Bileams ögon, att han såg Herrans Ängel stå i vägenom, och ett draget svärd uti hans hand, och han neg, och bugade sig med sitt ansigte.
तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।
32 Och Herrans Ängel sade till honom: Hvi hafver du slagit dina åsninno nu tre gånger? Si, jag är utgången, att jag skall stå dig emot; ty denne vägen är mig emot.
परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस्? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्ट भएका छन् ।
33 Och åsninnan såg mig, och vek undan för mig i tre gånger; eljest, hvar hon icke undanvikit hade, så hade jag nu slagit dig ihjäl, och åsninnan hade lefvande blifvit.
गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”
34 Då sade Bileam till Herrans Ängel: Jag hafver syndat; ty jag visste icke, att du stod emot mig i vägenom. Och nu, om det är icke din vilje, vill jag vända om igen.
बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।”
35 Herrans Ängel sade till honom: Far med dessa männerna; men intet annat skall du tala, utan det jag säger dig. Så följde Bileam Balaks Förstar.
तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्छु सो मात्र भन्नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।
36 Då Balak hörde, att Bileam kom, for han ut emot honom uti de Moabiters stad, som ligger i gränsone vid Arnon, hvilken är vid den yttersta gränson;
जब बालाम आएका थिए भन्ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ ।
37 Och sade till honom: Hafver jag icke sändt efter dig, och låtit kalla dig? Hvi äst du då icke kommen till mig? Menar du jag kunde icke ära dig?
बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्न मानिसहरू तपाईंकहाँ पठाइनँ र? तपाईं मकहाँ किन आउनुभएन? के म तपाईंलाई आदर गर्न सक्षम छैन र?”
38 Bileam svarade honom: Si, jag är kommen till dig; men huru kan jag något annat tala, utan det Gud gifver mig i munnen, det måste jag tala?
त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्ने शक्ति छ र? मैले त परमेश्वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्न सक्छु ।”
39 Så for Bileam med Balak, och kommo in i gatustaden.
बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे ।
40 Och Balak offrade fä och får, och sände efter Bileam, och efter de Förstar som när honom voro.
त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए ।
41 Om morgonen tog Balak Bileam, och hade honom upp på Baals höjder, att han dädan af måtte se intill ändan af folket.
बिहान बालाकले बालामलाई बालको उच्च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्न सक्थे ।