< Nahum 3 >
1 Ve dem mordiska stadenom, den der full är med lögn och röfveri, och vill af sitt röfveri intet återvända;
रगतले भरिएको सहरलाई धिक्कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् ।
2 Ty der skall man höra sveper smälla, och hjul bullra, hästar skria, och vagnar rulla.
तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।
3 Han förer upp resenärar med blänkande svärd och glimmande glafven; der ligga månge slagne, och store hopar med kroppar, så att på dem intet tal är, och man öfver deras kroppar falla måste;
आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।
4 Allt detta för den dägeliga och lustiga skökones stora boleris skull, hvilken trolldom brukar, och med sitt boleri hafver förvärft Hedningar, och med sin trolldom land och folk.
टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।
5 Si, jag vill till dig, säger Herren Zebaoth; jag skall uppkasta din klädefåll öfver ditt ansigte, och skall visa. Hedningomen din blotthet, och Konungariken dina skam.
सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
6 Jag skall göra dig ganska styggelig, och skämma dig, och göra dig till en vederstyggelse;
म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् ।
7 Att alle de, som dig se, skola fly ifrå dig, och säga: Nineve är förderfvadt; ho vill ömka sig öfver dig, och hvar skall jag söka dig hugsvalare?
तँलाई हेर्ने सबै तँबाट टाढा भाग्नेछन् र भन्नेछन्, ‘निनवे नष्ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”
8 Menar du, att du äst bättre, än den store staden No, som låg vid floderna, och hade vatten allt omkring sig; hvilkens murar och fäste var hafvet?
निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो?
9 Ethiopien och Egypten var hans otaliga magt; Put och Libya voro dine hjelpare;
कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्ट्रहरू थिए ।
10 Likväl måste han fördrifven varda, och fången bortdraga, och hans barn äro på alla gator slagne, och om hans ädlingar kastade man lott, och alle hans väldige vordo satte i kedjor och bojor.
तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।
11 Alltså måste du ock drucken varda, och bortgömma dig, och uppsöka ett fäste för fiendanom.
तँ मतवाला हुनेछस्, तँ लुक्न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्नलाई शरणस्थान खोज्नेछस् ।
12 Alle dine faste städer äro lika som fikonaträ med mogen fikon; när man skakar dem, falla de honom i munnen, som dem äta vill.
तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।
13 Si, ditt folk skall i dig varda till qvinnor, och dins lands portar skola dinom fiendanom öppnade varda, och elden skall upptära dina bommar.
हेर्, तेरा बिचमा भएका मानिसहरू स्त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ ।
14 Hemta dig vatten, ty du skall belagd varda; förbättra din fäste, gack uti leret och trampa det, och gör starkt tegel.
घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।
15 Men elden skall upptära dig, och svärdet döda dig; det skall uppäta dig, lika som en flogmatk; det skall öfverfalla dig, lika som en flogmatk; det skall öfverfalla dig, såsom gräshoppor.
आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ् ।
16 Du hafver flera köpmän än stjernorna äro på himmelen; men nu skola de utsprida sig, lika som flogmatk, och flyga bort.
तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् ।
17 Dine herrar äro så månge som gräshoppor, och dine höfvitsmän lika som flogmatkar, hvilke sig lägra uppå gårdar i de kalla dagar; men när solen uppgår, så draga de dädan, att man icke vet hvar de blifva.
तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्ने नै थाहा हुँदैन ।
18 Dine herdar skola sofva, o Konung i Assur; dine mägtige skola lägga sig, och ditt folk skall uppå bergen förströdt varda, och ingen skall församla dem.
अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।
19 Ingen skall begråta din skada, eller bekymra sig om dina plågo, utan alle de, som detta om dig höra, skola klappa med sina händer öfver dig; ty öfver hvem är din ondska utan återvändo icke gången?
तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्टताबाट को भागेको छ र?