< 3 Mosebok 15 >
1 Och Herren talade med Mose och Aaron, och sade:
परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,
2 Taler med Israels barn, och säger till dem:
“इस्राएलका मानिसहरूलाई यस्तो भन्नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्दछ भने, त्यो अशुद्ध हुन्छ ।
3 Om enom manne flyter hans kötts flöd, han är oren. Och då är han oren af denna flödene, när hans kött förrötes, eller bortfrätes af det flytandet.
त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्ने भए तापनि वा त्यो बग्न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
4 All säng, der han på ligger, och allt det han sitter uppå, skall vara orent.
त्यो पल्टिने सबै ओछ्यान अशुद्ध हुने छ, र त्यो बस्ने हरेक कुरा अशुद्ध हुने छ ।
5 Och den som kommer vid hans säng, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
त्यसको ओछ्यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
6 Och den som sätter sig der han sutit hafver, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
सङ्क्रमित तरल बग्ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
7 Den som kommer vid hans kött, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
सङ्क्रमित तरल बग्ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
8 Om han spottar på den som ren är, skall han två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
यस्तो सङ्क्रमित तरल बग्ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
9 Och sadelen, der han rider uppå, skall vara oren.
त्यस्तो रोग लागेको मानिस बस्ने काठी अशुद्ध हुने छ ।
10 Och den som kommer vid något, som under honom varit hafver, han skall vara oren intill aftonen. Och den sådant bär, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्म अशुद्ध हुने छ, र ती कुराहरू बोक्ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
11 Och den som han vederkommer, och hafver tillförene icke tvagit sina händer, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
12 Kommer han vid ett lerkäril, skall man det sönderslå; men träkäril skall man skölja med vatten.
त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
13 Och när han varder ren af hans flytande, skall han räkna sju dagar sedan han vardt ren, och två sin kläder, och bada sitt kött med rinnande vatten, så är han ren.
त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
14 Och på åttonde dagen skall han taga två turturdufvor, eller två unga dufvor, och bära fram för Herran inför dörrena af vittnesbördsens tabernakel, och få Prestenom.
आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
15 Och Presten skall göra af den ena ett syndoffer, och af den andra ett bränneoffer; och försona honom för Herranom, för hans flytandes skull.
पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्चित्त गर्ने छ ।
16 När enom manne hans säd utgår i sömnen, han skall bada sitt hela kött med vatten, och vara oren intill aftonen.
यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहने छ ।
17 Och allt kläde, och allt skinn, som med sådana säd befläckadt är, skall tvås med vatten, och vara orent intill aftonen.
वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्म अशुद्ध रहने छ ।
18 En qvinna, när hvilko en sådana ligger, hon skall bada sig i vattne, och vara oren intill aftonen.
यदि कुनै पुरुष र स्त्री सँगै सुते र त्यस स्त्रीभित्र वीर्य स्खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्म अशुद्ध रहने छन् ।
19 När en qvinna hafver sins kötts blodflöd, hon skall vara afsides i sju dagar. Och den som kommer vid henne, han skall vara oren intill aftonen.
कुनै स्त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्म रहने छ, र त्यस स्त्रीलाई छुने मानिस साँझसम्म अशुद्ध हुने छ ।
20 Och allt det hon ligger uppå, så länge hon afsides är, skall vara orent; och det hon sitter uppå, skall vara orent.
त्यसको महिनावारीको समयमा त्यो पल्टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्ने सबै कुरा अशुद्ध हुने छ ।
21 Och den som kommer vid hennes säng, han skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
त्यसको ओछ्यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्म अशुद्ध रहने छ ।
22 Och den som kommer vid något, der hon hafver sutit uppå, den skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
त्यो बस्ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्म अशुद्ध रहने छ ।
23 Hvad som kommer vid hennes säng, eller det hon sitter på, den det rörer, han skall vara oren intill aftonen.
चाहे त्यो त्यस स्त्रीको ओछ्यान होस् वा त्यो बस्ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
24 Och om en man ligger när henne, den stund hon afsides satt är, han skall vara oren i sju dagar; och sängen, der han uppå legat hafver, skall vara oren.
यदि कुनै मानिस त्यस स्त्रीसँग सुत्यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्टिने हरेक ओछ्यान अशुद्ध हुने छ ।
25 Om en qvinna hafver sin blodflöd i långan tid, icke allenast i så lång tid som vant är, utan ock utöfver den tiden som vant är, skall hon vara oren så länge hon flyter; såsom hon är i hennes rätta flöds tid, så skall hon ock vara oren i denna tiden.
यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्यो भने, वा त्यसको रजस्वलाको समयभन्दा लामो समयसम्म रगत बग्यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे ।
26 All den säng, der hon uppå ligger, så länge hon då flyter, skall vara såsom den säng i hennes rätta flöds tid. Och allt det hon sitter uppå skall vara orent, såsom i den orenheten i hennes rätta flöds tid.
रगत बग्ने समयमा त्यो पल्टिने सबै ओछ्यान त्यसको निम्ति रजस्वलाको बेलाझैँ हुने छ, र त्यो बस्ने सबै कुरा रजस्वलाको अशुद्धताझैँ अशुद्ध हुने छ ।
27 Den som kommer vid något deraf, han skall vara oren, och skall två sin kläder, och bada sig med vatten, och vara oren intill aftonen.
यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
28 Varder hon ren af hennes flöd, så skall hon räkna sju dagar, sedan skall hon vara ren.
तर यदि त्यो स्त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।
29 Och på åttonde dagen skall hon taga två turturdufvor, eller två unga dufvor, och bära dem till Presten inför dörrena af vittnesbördsens tabernakel.
आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
30 Och Presten skall göra ett syndoffer af den ena; af den andra ett bränneoffer, och försona henne för Herranom, öfver hennes orenlighets flöd.
पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्चित्त गर्ने छ ।
31 Så skolen I förvara Israels barn för deras orenlighet, att de icke dö uti deras orenlighet, om de göra mitt tabernakel orent, det ibland eder är.
यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।
32 Detta är lagen om den som hafver en flöd, och den som i sömnen hans säd flyter, så att han varder deraf oren;
तरल बग्ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,
33 Och öfver henne som hafver sina blodsflöd, och den som en flöd hafver, ehvad det är man eller qvinna, och när en man ligger när ena oreno.
रजस्वलाको महिनावारी भएकी स्त्री, तरल बग्ने समस्या भएको पुरुष वा स्त्री, र अशुद्ध स्त्रीसँग सुत्ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”