< Josua 4 >

1 Och Herren sade till Josua:
जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,
2 Tager eder tolf män, utaf hvart slägtet en;
“मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् ।
3 Och bjuder dem, och säger: Lyfter upp utur Jordan tolf stenar, af det rummet der Presternas fötter stilla stå, och hafver dem öfver med eder, att I lefven dem i lägrena, der I eder i denna nattene lägren.
तिनीहरूलाई यस्तो आज्ञा दे, “यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।”
4 Då kallade Josua tolf män, som tillskickade voro af Israels barn, utaf hvart slägte en;
त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।
5 Och sade till dem: Går fram för Herrans edars Guds ark midt i Jordan, och hvar lyfte en sten på sina axlar, efter talet af Israels barnas slägter;
यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।
6 Att de skola vara ett tecken ibland eder, när edor barn i framtiden fråga sina fäder, och säga: Hvad göra desse stenarna här?
आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ ।
7 Att I då mågen säga dem, huru Jordans vatten sig åtskiljde för Herrans förbunds ark, då han gick genom Jordan; så att desse stenarna skola vara Israels barnom till en evig åminnelse.
अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
8 Då gjorde Israels barn såsom Josua böd dem; och båro tolf stenar midt utur Jordan, såsom Herren hade sagt Josua, efter talet af Israels barnas slägte; och båro dem med sig till det rummet, der de lägrade sig, och der lade de dem.
इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे ।
9 Och Josua reste upp tolf stenar midt i Jordan, der Presternas fötter ståndit hade, som förbundsens ark båro, och de äro der ännu intill denna dag.
यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ ।
10 Ty Presterna, som arken båro, stodo midt i Jordan, tilldess allt bestäldt vardt, som Herren böd Josua säga folkena, och Mose Josua budit hade; och folket skyndade sig, och gick öfver.
मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।
11 Då nu folket allt öfvergånget var, så gick ock Herrans ark öfver, och Presterna för folket.
जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।
12 Och de Rubeniter, och de Gaditer, och den halfva Manasse slägt, gingo väpnade för Israels barnom, såsom Mose dem sagt hade;
रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।
13 Vid fyratiotusend väpnade till härs gingo för Herranom till strids på Jericho mark.
झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
14 På den dagen gjorde Herren Josua stor för hela Israel; och de fruktade honom, såsom de fruktade Mose, medan han lefde.
त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्‍टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे ।
15 Och Herren sade till Josua:
परमप्रभु यहोशूसँग बोल्नुभयो,
16 Bjud Presterna, som bära vittnesbördsens ark, att de träda upp utur Jordan.
“गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।”
17 Alltså böd Josua Prestomen, och sade: Stiger upp utur Jordan.
त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।”
18 Och då Presterna, som Herrans förbunds ark båro, stego upp utur Jordan, och trädde med deras fotbjelle på torra landet, kom Jordans vatten återigen i sin stad, och flöt såsom tillförene till alla sina brädder.
जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।
19 Och det var den tionde dagen i den första månadenom, då folket uppsteg utur Jordan, och lägrade sig i Gilgal, östan för Jericho.
मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे ।
20 Och de tolf stenar, som de utur Jordan tagit hade, reste Josua upp i Gilgal;
तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे ।
21 Och sade till Israels barn: När nu i framtiden edor barn fråga sina fäder, och säga: Hvad skola desse stenarna?
तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी
22 Så skolen I undervisa dem, och säga: Israel gick torr igenom Jordan,
तिमीहरूका सन्तानहरूलाई बताउनू ।'
23 Då Herren edar Gud förtorkade Jordans vatten för eder, så länge I gingen deröfver, lika som Herren edar Gud gjorde i röda hafvet, hvilket han torrt gjorde för oss, så att vi ginge derigenom;
जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो ।
24 På det all folk på jordene skola känna Herrans hand, huru mägtig hon är; och att I skolen frukta Herran edar Gud alltid.
यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।”

< Josua 4 >