< Job 40 >
1 Och Herren svarade Job, och sade:
परमप्रभुले अय्यूबसित निरन्तर बोल्नुभयो । उहाँले यसो भन्नुभयो,
2 Den som vill träta med den Allsmägtiga, skulle han draga sig undan? Och den som vill straffa Gud, måste han icke svara?
“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”
3 Job svarade Herranom, och sade:
तब अय्यूबले परमेश्वरलाई जवाफ दिए र यसो भने,
4 Si, jag hafver bannats, hvad skall jag svara? Jag vill lägga mina hand uppå min mun.
“हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्नो हातलाई आफ्नो मुखमा राख्छु ।
5 Jag hafver en gång talat, derföre vill jag icke mer svara; på en annan tid vill jag icke göra det mer.
मैले एकपल्ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
6 Och Herren svarade Job utur ett väder, och sade:
तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्नुभयो,
7 Gjorda dina länder som en man. Jag vill fråga dig, och säg du mig:
“अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।
8 Skulle du göra min dom omintet, och fördöma mig, på det du skall vara rättfärdig?
के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
9 Och hafver du en arm såsom Gud, och kan du med lika röst dundra, såsom han gör?
के तँसँग परमेश्वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?
10 Bepryd dig med härlighet, och upphäf dig; kläd dig med lof och äro.
अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार ।
11 Strö ut dins grymhets vrede; se uppå alla högmodiga, och böj dem;
तेरो रिसको झोँक छरपष्ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
12 Och förtryck de ogudaktiga, der de äro;
हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्ची ।
13 Begraf dem tillsammans i jordene, och försänk deras prål uti det fördolda;
तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।
14 Så vill jag ock bekänna dig, att din högra hand dig hjelpa kan.
तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।
15 Si, Behemoth, den jag bredovid dig gjort hafver, han skall äta hö såsom en oxe.
अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
16 Si, hans kraft är uti hans länder, och hans förmåga i hans buks nafla.
हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
17 Hans stjert sträcker sig ut såsom ett ceder; hans hemlig tings senor äro förvecklada.
त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
18 Hans ben äro såsom kopparrör; hans benlägger såsom jernstafrar.
त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
19 Han är begynnelsen af Guds vägar, den honom gjort hafver, han öfverfaller honom med sitt svärd.
परमेश्वरका सृष्टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्वरले मात्र त्यसलाई पराजित गर्न सक्नुहुन्छ ।
20 Bergen bära honom gräs, och all vilddjur spela der.
किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
21 Han ligger i skuggan fördold, i rör och i träck.
कमलको फुलमुनि त्यो लुकेर बस्छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ ।
22 Busken öfvertäcker honom med sin skugga, och pilträ vid bäcker öfvertäcka honom.
कमलको फुलको छायाले त्यसलाई ढाक्छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ ।
23 Si, han uppsluker strömmen, och grufvar sig intet; han låter sig tycka, att han vill uttömma Jordanen med sin mun.
नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्यो भने पनि त्यो निर्धक्क हुन्छ ।
24 Likväl griper man honom med sin egen ögon, och med snöre igenomborrar man honom hans näso.
के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?