< Jeremia 9 >

1 Ack! det jag vatten nog hade i mitt hufvud, och min ögon voro en tårekälla, att jag natt och dag begråta måtte de slagna i mitt folk.
मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।
2 Ack! det jag ett herberge hade i öknene, så ville jag öfvergifva mitt folk, och draga ifrå dem; ty de äro allesammans horkarlar, och en arg hop.
उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्!
3 De skjuta med sina tungor allesammans lögn, och ingen sanning, och fara allt med våld i landena, och gå ifrå den ena ondskone till den andra, och akta mig intet, säger Herren.
परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”
4 Hvar och en tage sig vara för sinom nästa, och tro icke heller sinom broder; ty en broder undertrycker den andra, och en vän förråder den andra.
तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ ।
5 En vän gäckar den andra, och tala icke ett sant ord; de vinnlägga sig derom, huru den ene skall bedraga den andra, och dem tycker illa vara, att de ännu icke kunna görat värre.
हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।
6 Der är allestäds bedrägeri ibland dem, och för bedrägeris skull vilja de icke känna mig, säger Herren.
तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।
7 Derföre säger Herren Zebaoth alltså: Si, jag vill smälta och probera dem; ty hvad skall jag annars göra, medan mitt folk så ställer sig?
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र?
8 Deras falska tungor äro mordskott; med sin mun tala de vänliga med sinom nästa; men i hjertat vakta de efter honom.
तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् ।
9 Skulle jag nu icke sådant hemsöka uppå dem, säger Herren, och skulle min själ icke hämnas öfver sådant folk, som detta är.
के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?
10 Jag måste gråta och jämra mig på bergen, och beklaga mig vid de fäbodar i öknene; ty de äro så platt förhärjade, att der bor ingen mer, och man hörer der nu intet färop mer; både himmelens foglar och djuren äro alle borto.
म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।
11 Och jag skall göra Jerusalem till en stenhop, och till en drakaboning; och skall ödelägga Juda städer, att der ingen inne bo skall.
त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”
12 Ack! att nu någor vis vore, och lade det uppå hjertat, och förkunnade hvad Herrans mun till honom säger: Hvarföre dock landet så förderfvadt och härjadt varder, likasom en ödemark, der ingen vistas?
यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन?
13 Och Herren sade: Derföre, att de öfvergifva min lag, som jag dem föregifvit hafver, och lyda intet min ord, och lefva der ej heller efter;
परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।
14 Utan följa sins hjertas tycko, och Baalim, såsom deras fäder dem lärt hafva.
तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।
15 Derföre säger Herren Zebaoth, Israels Gud: Si, jag skall spisa detta folket med malört, och gifva dem galla dricka.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
16 Jag skall förskingra dem ibland Hedningarna, hvilka hvarken de eller deras fäder känna, och skall sända svärd efter dem, tilldess det blifver ute med dem.
त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”
17 Så säger Herren Zebaoth: Skaffer och beställer gråterskor, att de komma; och sänder efter de som det väl kunna;
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यस विषयमा विचार गरः मृत्‍यु संस्‍कारका गीत गाउनेहरूलाई बोलाओ । तिनीहरू आऊन् । विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ । तिनीहरू आऊन् ।
18 Och begråta oss med hast, att vår ögon måga rinna med tårar, och var ögnahvarf flyta med vatten;
तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।
19 Att man må höra en klagogråt i Zion, nämliga alltså: Ack! huru äre vi så platt förstörde och till skam vordne? Vi måste rymma landet; ty våra boningar äro nederslagna.
किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्‍जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं ।'
20 Så hörer nu, I qvinnor, Herrans ord, och edor öron fatte hans muns tal; lärer edra döttrar gråta, och den ena läre den andra klagogråt, nämliga alltså:
त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।
21 Döden är igenom vår fenster infallen, och uti vår palats kommen, till att dräpa barnen på gatone, och ynglingarna i gränderna.
किनकि मृत्यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ ।
22 Säg: Så säger Herren: Menniskors kroppar skola ligga såsom träck på markene, och såsom kärfvar efter skördomannen, de ingen upptager.
यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
23 Detta säger Herren: En vis berömme sig intet af sine vishet; an stark berömme sig intet af sin starkhet; en rik berömme sig intet af sin rikedom;
परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ ।
24 Utan den som sig berömma vill, han berömme sig deraf, att han vet och känner mig, att jag är Herren, som gör barmhertighet, rätt och rättfärdighet på jordene; ty sådant behagar mig, säger Herren.
किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने, त्यसले यस कुरामा गरोस् कि उसित अन्तर्दृष्‍टि छ र मलाई चिन्‍छ । किनकि म परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी, न्याय र धार्मिकतामा काम गर्छु । किनकि यिनै कुरामा म प्रसन्‍न हुन्छु, यो परमप्रभुको घोषणा हो ।”
25 Si, den tid kommer, säger Herren, att jag hemsöka skall alla de omskorna med de oomskorna;
यो परमप्रभुको घोषणा हो, हेर, दिनहरू आउँदैछन्, जति बेला म शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु ।
26 Nämliga Egypten, Juda, Edom, Ammons barn, Moab, och alla de som bo uti de rum i öknene; ty alle Hedningar hafva oomskoren förhud; men hela Israels hus hafver oomskoret hjerta.
म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”

< Jeremia 9 >