< Jeremia 44 >
1 Detta är det ord, som till Jeremia, skedde, till alla Judar som uti Egypti land bodde; nämliga i Migdol, i Thahpanhes, i Noph, och de som I det landet Pathros bodde, och sade:
मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
2 Detta säger Herren Zebaoth, Israels Gud: I hafven sett allt det onda, som jag hafver komma låtit öfver Jerusalem, och öfver alla Juda städer, och si, i denna dag äro de öde, och der bor ingen uti;
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्नावशेष भएका छन् । तिनमा बस्ने कोही छैन ।
3 Och det för deras ondskos skull, som de bedrefvo, på det de skulle förtörna mig, och gingo bort, och rökte, och tjente androm gudom, hvilka hvarken de, eller I, eller edre fäder, känden.
धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्याउनलाई गरेका तिनीहरूका दुष्ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'
4 Och jag sände tidigt till eder alla mina tjenare Propheterna, och lät säga eder: Görer dock icke sådana styggelse, de jag hatar.
त्यसैले मैले बारम्बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
5 Men de lydde intet, och böjde ej heller sin öron ifrå sine ondsko, att de måtte omvändt sig, och androm gudom icke rökt.
तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्टताबाट ध्यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्कार गरे ।
6 Derföre upptändes ock min vrede och grymhet, och brann öfver Juda städer, och öfver gatorna i Jerusalem, så att de äro förstörde och öde vordne, såsom det i denna dag finnes.
त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्म छ ।'
7 Nu, så säger Herren Gud Zebaoth, Israels Gud: Hvi gören I dock detta stora onda emot edart eget lif? på det ibland eder skall utrotad varda både man och qvinna, både barn och spenabarn af Juda, och intet af eder qvart blifva;
त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
8 Att I så förtörnen mig genom edra händers verk, och röken androm gudom uti Egypti land, dit I dragne ären, till att bo der; på det I skolen utrotade varda, och komma till bannor och försmädelse ibland alla Hedningar på jordene.
तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्टता तिमीहरूले मलाई चोट पुर्याएका छौ । तिमीहरू नष्ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्न तिमीहरू त्यहाँ गएका छौ ।
9 Hafven I förgätit edra fäders olycko, Juda Konungars olycko, deras hustrurs olycko, dertill edra egna olycko, och edra hustrurs olycko, som vederfaren är uti Juda land, och på gatomen i Jerusalem?
तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्नीहरूले गरेका दुष्टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्नीहरूले गरेका दुष्ट कामलाई के तिमीहरूले बिर्सेका छौ?
10 Likväl äro de ännu intill denna dag intet ödmjukade, och rädas heller intet; och vandra icke uti min lag och rätter, som jag eder och edra fäder föresatt hafver.
आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
11 Derföre säger Herren Zebaoth, Israels Gud, alltså: Si, jag skall sätta mitt ansigte emot eder till en olycko, och hela Juda skall utrotad varda.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले आफ्नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।
12 Och jag skall taga de öfverblefna af Juda, som sitt ansigte ställt hafva till att draga in uti Egypti land, och bo der; en ände skall varda med dem allom uti Egypti land; genom svärd skola de falla, och genom hunger skola de förgås, både små och store; de skola dö genom svärd och hunger, och skola varda till ett svärjande, vidunder, bannor och försmädelse.
किनकि मिश्रदेशमा बस्न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्नेछन् ।
13 Jag skall också hemsöka Egypti lands inbyggare med svärd, hunger och pestilentie, lika som jag i Jerusalem gjort hafver;
जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,
14 Så att ingen af Juda återlefvor skall undkomma eller igenblifva, hvilka dock fördenskull hit i Egypti land dragne äro, till att bo här, att de åter måtte komma uti Juda land igen, dit de gerna igenkomma ville, och bo der; men de skola intet komma dit igen, undantagnom dem allena, som hädan fly.
जसको कारणले मिश्रदेशमा बस्न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।”
15 Då svarade alle män, som väl visste att deras hustrur rökte androm gudom, och alla qvinnor, som der i en stor hop stodo, samt med allo folkena, som uti Egypti land och i Pathros bodde, och sade till Jeremia:
तब आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्त सभामा भएका सबै स्त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,
16 Efter det ord, som du oss säger i Herrans Namn, vilje vi intet höra dig;
तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्नेछैनौं ।
17 Utan vi vilje göra efter allt det ord, som utaf vårom mun går, och vilje röka himmelens Drottning, och offra henne drickoffer, såsom vi och våre fäder, våre Konungar och Förstar, gjort hafva i Juda städer, och uppå gatomen i Jerusalem; då hade vi ock bröd nog, och oss gick väl, och sågom ingen olycko.
किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्नति हुनेछ ।
18 Men sedan vi återvände att röka himmelens Drottning, och offra henne drickoffer, hafve vi alla vedermödo lidit, och äre genom svärd och hunger förgångne.
हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”
19 Och om vi än röke himmelens Drottning, och drickoffer offre, det göre vi ju icke utan våra mäns vilja, att vi bake henne kakor, och drickoffer offre till hennes tjenst?
स्त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्यौँ र?”
20 Då sade Jeremia till allt folket, både män, qvinnor och allt folket, som honom så svarat hade:
तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,
21 Ja, jag menar ock, att Herren hafver tänkt uppå det rökande, som I uti Juda städer och på Jerusalems gator bedrifvit hafven, samt med edra fäder, Konungar, Förstar, och allt folket i landena, och hafver lagt det uppå hjertat;
“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
22 Så att Herren icke mer lida kunde edart onda väsende och styggelse, som I gjorden; derföre ock edart land är vordet till öde, vidunder, och till bannor, så att der ingen inne bor, såsom det i denna dag tillgår.
तब तिमीहरूका दुष्ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्दा छैन ।
23 Derföre att I rökten, och emot Herran syndaden, och icke lydden Herrans röst, och vandraden i hans lag, rätter och vittnesbörder; fördenskull är eder ock sådana olycka vederfaren, såsom det i denna dag befinnes.
तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
24 Och Jeremia sade till allt folket, och till alla qvinnorna: Hörer Herrans ord, alle I af Juda, som uti Egypti land ären.
तब यर्मियाले सबै मानिस र सबै स्त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।
25 Detta, säger Herren Zebaoth, Israels Gud: I och edra qvinnor hafva med edrom mun talat, och med edra händer fullkomnat det I saden: Vi vilje hålla vår löfte, som vi himmelens Drottning lofvat hafve, att vi henne röke, och drickoffer offre; nu väl, I hafven hållit edart löfte, och fullföljt det med gerningarna.
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्तर गर ।’
26 Så hörer nu Herrans ord, I alle af Juda, I som bon uti Egypti land; si, jag svär vid mitt stora Namn, säger Herren, att mitt Namn icke mer skall, genom någors mans munn af Juda, uti hela Egypti land nämndt varda, den der säger: Så visst som Herren Herren lefver.
त्यसैले मिश्रदेशमा बस्ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्नुहुन्छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
27 Si, jag vill vaka öfver dem till ondt, och intet godt, så att ho som af Juda uti Egypti land är, han skall genom svärd och hunger förgås, tilldess att det hafver en ända med dem.
हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछ ।
28 Men de som svärdet undkomma, de skola likväl komma utur Egypti land in uti Juda. land igen, med en liten hop; och alltså skola då alle de öfverblefne af Juda, som in uti Egypti land dragne voro, till att bo der, förnimma, hvilkens ord sant vordet är, mitt eller deras.
तब तरवारबाट बाँचेकामध्येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्न गएका यहूदाका बाँकी भएकाहरूले जान्नेछन् ।
29 Och detta skall vara till ett tecken, säger Herren, att jag eder i desso rummena hemsöka vill, på det I skolen veta, att min ord skola sann varda öfver eder till olycko.
यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।
30 Så säger Herren: Si, jag skall öfvergifva Pharao Hophra, Konungen i Egypten, uti hans fiendars händer, och deras som efter hans lif stå, likasom jag Zedekia, Juda Konung, öfvergifvit hafver uti NebucadNezars, Konungens i Babel, hans fiendas, hand, och den efter hans lif stod.
परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्तै त्यो हुनेछ ।’”