< Jeremia 24 >
1 Si, Herren viste mig två fikonakorgar, satta inför Herrans tempel, sedan NebucadNezar, Konungen i Babel, hade bortfört Jechonia, Jojakims son, Juda Konung, samt med Juda Förstar, timbermän och smeder, ifrå Jerusalem, och låtit dem komma till Babel.
परमप्रभुले मलाई केही कुरो देखाउनुभयो । हेर, परमप्रभुको मन्दिरको सामु अञ्जीरका दुईवटा डाला राखिएका थिए । (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन, यहूदाका अधिकारीहरू, कारीगरहरू, र धातुका काम गर्नेहरूलाई यरूशलेमबाट कैद गरेर लगेको र तिनीहरूलाई बेबिलोनमा ल्याएको समयपछि यो दर्शन देखियो ।)
2 Uti dem ena korgenom voro ganska god fikon, såsom de först mogna fikonen äro; uti dem andra korgenom voro ganska ond fikon, så att man intet kunde äta dem, så ond voro de.
एउटा डालोमा भएका अञ्जीरहरू पहिले पाकेका अञ्जीरहरूजस्तै असाध्यै राम्रा थिए, तर अर्को डालोमा भएका अञ्जीरहरू असाध्यै खराब थिए, जसलाई खानै सकिंदैनथ्यो ।
3 Och Herren sade till mig: Jeremia, hvad ser du? Jag sade: Fikon; de goda fikonen äro ganska god, och de onda äro fast ond, så att man intet kan äta dem, så ond äro de.
परमप्रभुले मलाई भन्नुभयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “अञ्जीरहरू । अञ्जीरहरू जुन राम्रा छन् र अञ्जीरहरू जुन खानै नसकिने असाध्यै खराब छन् ।”
4 Då skedde Herrans ord till mig, och sade:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
5 Detta säger Herren, Israels Gud: Likasom dessa fikonen äro god, alltså skall jag nådeliga upptaga de fångar af Juda, hvilka jag hafver låtit hädanfara in uti de Chaldeers land;
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'मैले यस ठाउँबाट कल्दीको देशमा निष्कासित गरेका यहूदाका निर्वासितहरूलाई तिनीहरूको लाभको निम्ति यी राम्रा अञ्जीरहरूजस्तै गरी म हेर्नेछु ।
6 Och skall nådeliga se till dem, och skall låta dem komma hit i landet igen, och skall uppbygga dem, och icke nederslå; jag skall plantera dem, och icke upprycka;
तिनीहरूको भलाइको निम्ति म आफ्नो दृष्टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।
7 Och skall gifva dem hjerta till att känna mig, att jag är Herren, och de skola vara mitt folk, och jag vill vara deras Gud; ty de skola af allt hjerta vända sig till mig.
त्यसपछि मलाई चिन्ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'
8 Men lika som de onda fikon så ond äro, att man dem icke äta kan, säger Herren; alltså vill jag bortgifva Zedekia, Juda Konung, samt med hans Förstar, och hvad qvart blifvet är i Jerusalem; de som äro qvarblefne i detta landet, och de som uti Egypti land bo.
तर परमप्रभु भन्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु ।
9 Jag skall foga dem olycko till, och icke låta dem blifva i något rike på jordene, så att de skola komma till skam, till ett ordspråk, till en fabel, och till bannor, i all rum, dit jag dem bortdrifvandes varder;
पृथ्वीमा भएका सबै राज्यको दृष्टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।
10 Och skall sända svärd, hunger och pestilentie ibland dem, tilldess de skola förgås af landena, som jag dem och deras fäder gifvit hafver.
तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरू नष्ट नहुञ्जेल, म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु' ।”