< Jesaja 9 >
1 Ty det varder väl ett annat mörker, det dem bekymrar, än i förtiden var, då det lätteliga tillgick i Sebulons land, och i Naphthalims land, och derefter svårare vardt vid hafsvägen, på denna sidone Jordanen, vid Hedningarnas Galilea.
जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ ।
2 Det folket, som i mörkret vandrar, ser ett stort ljus; och öfver dem, som bo i mörko lande, skin det klarliga.
अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
3 Du gör folket mycket, dermed gör du icke glädjena, myckna; men för dig varder man sig glädjandes, såsom man glädes i skördandene, såsom man glad är, när man utskifter byte.
तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्दित हुन्छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्दित हुन्छन् ।
4 Ty du hafver sönderbrutit deras bördos ok, och deras skuldrors ris, och deras plågares staf, lika som i Midians tid.
किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ ।
5 Ty allt krig, med storm och blodig klädnad, skall uppbrännas, och af eld förtärdt varda.
दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।
6 Ty oss är födt ett barn, en Son är oss gifven, hvilkens herradöme är uppå hans axlar; och han heter Underlig, Råd, Gud, Hjelte, Evig Fader, Fridförste;
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
7 På det hans herradöme skall stort varda, och på friden ingen ände, på Davids säte och hans rike, att han det bereda, och stärka skall med dom och rättfärdighet, ifrå nu allt intill evighet; detta skall Herrans Zebaoths nitälskan göra.
दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
8 Herren hafver sändt ett ord i Jacob, och det är fallet i Israel;
परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्यो ।
9 Att allt Ephraims folk och Samarie inbyggare skola det få veta, hvilke i högmod och stolt sinne säga:
सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
10 Tegelstenar äro fallne; men vi vilje bygga det upp igen med huggen sten; man hafver afhuggit mulbärsträ, så vilje vi sätta i samma staden cedreträ.
“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।”
11 Ty Herren skall uppresa Rezins krigsfolk emot dem, och gadda deras fiendar tillhopa;
यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
12 De Syrer före, och de Philisteer efter, att de skola uppfräta Israel med fullom mun. Uti allt detta stillas icke ännu hans vrede; hans hand är ännu uträckt.
पुर्वका अरामीहरू र पश्चिमका पलिश्तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
13 Så vänder sig ej heller folket till honom, som dem slår, och fråga intet efter Herran Zebaoth.
तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
14 Derföre skall Herren afhugga af Israel både hufvud och stjert, både qvist och stubbs, på en dag.
यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्ट पार्नुहुनेछ ।
15 De gamle och ärlige äro hufvudet; men Propheterna, som falskt lära, äro stjerten;
अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
16 Ty detta folks ledare äro förförare; och de som sig leda låta, äro förtappade.
यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
17 Derföre kan Herren intet glädja sig öfver deras unga män, eller förbarma, sig öfver deras faderlösa och enkor; ty de äro allesammans skrymtare och onde, och hvar och en mun talar galenskap. Uti allt detta stillas icke ännu hans vrede; hans hand är ännu uträckt.
यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुन्न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
18 Ty det ogudaktiga väsendet är upptändt såsom en eld, och förtärer törne och tistlar, och brinner såsom uti en tjock skog, och gifver högan rök.
दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
19 Förty uti Herrans Zebaoths vrede är landet förmörkradt, så att folket är lika, som en eldsmat; ingen skonar den andra.
सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
20 Röfva de på högra sidone, så lida de hunger; äta de på venstra sidone, så varda, de icke mätte; hvar och en äter sins arms kött;
तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्त हुनेछैनन् । प्रत्येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।
21 Manasse Ephraim, Ephraim Manasse, och de båda, tillsammans emot Juda. Uti allt detta stillas icke ännu hans vrede; hans hand är ännu uträckt.
मनश्शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।