< Hesekiel 48 >
1 Detta äro namnen af slägterna: norrut, ifrån Hethlon intill Hamuth och HazarEnon, och ifrå Damasco intill Hamath, det skall Dan hafva för sin del, både öster och vester.
कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ ।
2 Näst Dan skall Asser hafva sin del, både öster och vester.
दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, आशेरले एक भाग पाउनेछ ।
3 Näst Asser skall Naphthali hafva sin del, öster och vester.
आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, नप्तालीले एक भाग पाउनेछ ।
4 Näst Naphthali gränso skall Manasse hafva sin del, öster och vester.
नाप्तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, मनश्शेले एक भाग पाउनेछ ।
5 Näst Manasse gränso skall Ephraim hafva sin del, öster och vester.
मनश्शेको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, एफ्राइमले एक भाग पाउनेछ ।
6 Vid Ephraims gränso skall Ruben hafva sin del, öster och vester.
एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, रूबेनले एक भाग पाउनेछ ।
7 Vid Rubens gränso skall Juda hafva sin del, öster och vester.
रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।
8 Men vid Juda gränso skolen I afskilja en del ifrån öster och intill vester, den fem och tjugu tusend stänger lång och bred är, lika som eljest en del är ifrån öster och intill vester; der skall helgedomen stå uppå.
तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्यो पूर्वदेखि पश्चिमसम्म जान्छ । त्यो पच्चीस हजार हात चौडा हुनेछ । त्यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्दिरचाहिं त्यसको बिचमा हुनेछ ।
9 Och derifrå skolen I afskilja Herranom en del, fem och tjugu tusend stänger lång, och tiotusend stänger bred.
तिमीहरूले परमप्रभुको निम्ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ ।
10 Och den samme helige delen skall höra Presterna till; nämliga fem och tjugu tusend stänger långt, norrut och söderut, och tiotusend bredt, österut och vesterut; och Herrans helgedom skall stå der midt uti.
पवित्र रूपमा अलग यो जमिनको काम यस्तो हुनेछ: पुजारीहरूका लागि उत्तर भागमा पच्चीस हजार हात लामो, पश्चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्चीस हजार हात लामो जमिन हुनेछ । त्यसको बिचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ ।
11 Det skall höra Prestema till, som af Zadoks slägte äro, hvilke mitt sätt hållit hafva, och voro icke affällige med Israels barnom, såsom Leviterna affällige voro.
सादोक वंशका पुजारीहरूका निम्ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्वस्ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।
12 Och skola de alltså hafva en egen del af den afskilda markene, der det aldrahelgasta uti är, vid de Leviters gränso.
तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ । यो लेवीहरूको सिमानालाई छुनेछ ।
13 Men Leviterna skola ock hafva fem och tjugu tusend stänger i längdene, och tiotusend i breddene, invid Presternas gränso; all längd skall hafve, fem och tjugu tusend, och bredden tiotusend stänger;
पुजारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्चीस हजार हात लामो र बीस हजार हात चौडा हुनेछ ।
14 Och skola intet deraf bortsälja, eller bortbyta, att landsens förstling, icke skall bortkomma; ty det är helgadt Herranom.
तिनीहरूले त्यो बेच्नु वा सट्नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।
15 Men de femtusend stänger, som öfver äro i breddene, emot de fem och tjugu tusend stänger i längdene, det skall vara allmänningen för stadenom, att bo derpå, och för förstadenom; och staden skall stå der midt uppå.
बाँकी जग्गामा, पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ ।
16 Och det skall vara vidden åt honom, fyratusend och femhundrad stänger, norrut och söderut; sammalunda österut och vesterut, ock fyratusend och femhundrad.
सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्चिमतिर ४,५०० हात लामो हुनेछ ।
17 Men förstaden skall hålla tuhundrade och femtio stänger, norrut och söderut; desslikes ock österut och vesterut, tuhundrade och femtio stänger.
सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्चिमतिर २५० हात हुनेछ ।
18 Men det öfver är af dess längd vid den afsöndrade och helgade marken, nämliga tiotusend stänger, österut och vesterut, det hörer till deras uppehälle som stadenom tjena.
पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्चिममा दश हजार हात हुनेछ । त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ, र त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ ।
19 Och de som stadenom tjena, de skola, bruka det, ehvad slägt de af äro uti Israel.
त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन् ।
20 Och af all denna afskilda delenom, den på båda sidor hafver, i längdene och breddene, fem och tjugu tusend stänger, skolen I afskilja fjerdedelen; det skall vara stadsens eget.
पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्चीस हजार लामो र पच्चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ ।
21 Men hvad ännu öfver är på båda sidor vid den afskilda helga delen och vid stadsdelen, nämliga fem och tjugu tusend stänger, österut och vesterut, vid slägternas delar, det skall alltsammans höra Förstanom till; men den afsöndrade helgade marken och helgedomens hus skall vara der midt uti.
पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्चीस हजार हात हुनेछ र पश्चिममा पश्चिमी सिमानासम्म पच्चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ ।
22 Men hvad deremellan ligger, emellan Levitemas del, och emellan stadsdelen; summa, hvad som öfver är, emellan Juda gränso och BenJamins gränso, det skall höra Förstanom till.
लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।
23 Och dernäst skola de slägterna vara, som öfver äro: BenJamin skall hafva sin del, öster och vester.
बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्चिमसम्म रहनेछ । बेन्यामीनले एउटा भाग पाउनेछ ।
24 Men vid BenJamins gränso skall Simeon hafva sin del, öster och vester.
बेन्यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, शिमियोनले एक भाग पाउनेछ ।
25 Vid Simeons gränso skall Isaschar hafva sin del, öster och vester.
शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, इस्साखारले एक भाग पाउनेछ ।
26 Vid Isaschars gränso skall Sebulon hafva sin del, öster och vester.
इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।
27 Vid Sebulons gränso skall Gad hafva sin del, öster och vester.
जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।
28 Men näst Gad är den gränsan söderut, bortemot Theman, ifrå Thamar intill det vattnet Meriba i Kades, och in mot älfvena, allt intill stora hafvet.
गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।
29 Alltså skall landet utdelt varda till arfs ibland Israels slägter, och det skall vara deras arf, säger Herren Herren.
जमिन यही हो जसको निम्ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
30 Och så vid skall staden vara, fyratusend och femhundrad stänger nordantill.
सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,
31 Och stadsportarna skola nämnde varda efter Israels slägters namn, tre portar norrut; den förste porten Rubens, den andre Juda, den tredje Levi.
इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।
32 Alltså ock östantill, fyratusend och femhundrad stänger, och sammalunda tre portar; nämliga den förste porten Joseph, den andre BenJamin, den tredje Dan.
पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ।
33 Sunnantill ock sammalunda, fyratusend och femhundrad stänger, och desslikes tre portar; den förste porten Simeon, den andre Isaschar, den tredje Sebulon.
दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
34 Alltså ock vestantill, fyratusend och femhundrad stänger, och tre portar; den förste porten Gad, den andre Asser, den tredje Naphthali.
पश्चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्तालीको लागि हुनेछ ।
35 Alltså skall det hafva allt omkring adertontusend stänger: och sedan skall då staden kallad varda: Här är Herren.
सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”