< 5 Mosebok 33 >
1 Detta är välsignelsen, der Mose, Guds man, med välsignade Israels barn för hans död,
यो आफ्नो मृत्युअगि परमेश्वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।
2 Och sade: Herren är kommen af Sinai, och är dem uppgången af Seir; han är framkommen ifrå det berget Paran, och är kommen med mång tusend heliga; på hans högra hand är en brinnande lag för dem.
तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
3 O! huru kär hafver han folken; alle hans helige äro i dine hand, de skola sätta sig till dina fötter, och skola lära af dinom ordom.
वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्त गरे ।
4 Mose hafver budit oss lagen, Jacobs menighets arf.
मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।
5 Och han var i Konungavälde, och Förstarna för folket höll han tillhopa, samt med Israels slägter.
तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।
6 Ruben lefve, och dö icke, och hans folk vare fögo.
रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।
7 Detta är Juda välsignelse; och han sade: Herre, hör Juda röst, och gör honom till en regent i sitt folk, och låt hans magt varda stora, och honom varde hulpet ifrå hans fiendar.
यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्नुहोस् ।
8 Och till Levi sade han: Din rätt och ditt ljus vare när dinom helga Man, den du försökte i Massa, der I trätten vid trätovattnet.
लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।
9 Den som till sin fader, och till sina moder säger: Jag ser dem intet; och till sina bröder: Jag känner dem intet; och till sin son: Jag vet intet af honom; de samma hålla din ord, och bevara ditt förbund.
तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए ।
10 De skola lära Jacob dina rätter, och Israel din lag; de skola bära rökverk fram för dina näso, och heloffer på ditt altare.
तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।
11 Herre, välsigna hans förmågo, och låt hans händers gerningar behaga dig; slå deras rygg sönder, som sätta sig upp emot honom, och deras som hata honom, att de icke skola kunna rätta sig upp.
हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।
12 Och till BenJamin sade han: Herrans kärkomne skola bo säkert: alltid skall han akta uppå honom, och skall bo emellan hans axlar.
बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् ।
13 Och till Joseph sade han: Hans land ligger i Herrans välsignelse; der äro ädla frukter af himmelen, af daggene, och af djupet, som under ligger;
योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।
14 Der äro ädla frukter af solene, och ädla mogna frukter af månanom;
तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।
15 Och af de höga bergen af begynnelsen, och af högomen i evig tid;
साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।
16 Och ädla frukter af jordene, och hvad derpå är; hans nåd, som bodde i buskanom, komme öfver Josephs hufvud, och uppå Nazirs hjessa ibland hans bröder.
तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
17 Hans härlighet är såsom en förstfödd oxe, och hans horn äro såsom enhörningshorn; med dem skall han stånga folken ihop intill landsens ända. Detta är Ephraims tiotusende, och Manasses tusende.
ऐश्वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।
18 Och till Sebulon sade han: Sebulon, fröjda dig af din utgång. Men Isaschar, fröjda dig af dina hyddor.
जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।
19 De skola kalla folk uppå berget, och offra der rättfärdighetenes offer; ty de skola suga hafsens ymnighet, och de fördolda håfvor i sandenom.
तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।
20 Och till Gad sade han: Välsignad vare den utrymmaren Gad; han bor som ett lejon, och röfvar arm och hjessa.
गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् ।
21 Och han såg, att honom ett hufvud gifvet var; en lärare, som är fördold, och kom med folkens öfverstar, och skaffade Herrans rättviso, och hans rätter med Israel.
तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे ।
22 Och till Dan sade han: Dan, ett ungt lejon; han skall flyta af Basan.
दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो ।
23 Och till Naphthali sade han: Naphthali skall hafva nog, ehvad honom lyster, och skall vara full med Herrans välsignelse; vesterut, och söderut skall hans besittning vara.
नप्तालीको विषयमा मोशाले भनेः नप्ताली परमप्रभुको आशिष्को भरिपूर्णता र स्नेहद्वारा सन्तुष्ट भएका छन् । तिनले पश्चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।
24 Och till Asser sade han: Asser vare välsignad med söner; han vare sina bröder täck, och doppe sin fot i oljo.
आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् ।
25 Jern och koppar vare på hans skor; din ålder vare såsom din ungdom.
तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्जेसम्म तिम्रो सुरक्षा हुने छ ।
26 Ingen Gud är såsom dens starkas Gud; den som sitter i himmelen, han vare din hjelp; hans härlighet är i skyn.
यशूरूनमा परमेश्वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।
27 Det är Guds boning af begynnelsen, och hans armar äro härnedre evinnerlig; och han skall utdrifva din fienda för dig, och säga: Var förderfvad.
अनन्त परमेश्वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्नुभयो, “नाश पार्!”
28 Israel skall allena trygger bo; Jacobs brunn skall vara uppå det land, som korn och vin uti är, och dess himmel skall drypa dagg.
इस्राएल सुरक्षामा बस्यो । अन्न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।
29 Väl är dig, Israel; ho är din like? O du folk, som igenom Herran salig varder, hvilken dins hjelps sköld är, och dins segers svärd! Dine fiender skola fela, och du skall träda in på deras höjder.
ए इस्राएल, तिम्रा आशिष्हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।