< 2 Kungaboken 1 >
1 Och de Moabiter föllo af ifrån Israel, då Achab död var.
आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो ।
2 Och Ahasia föll genom gallren i sinom sal i Samarien, och vardt krank; och sände ut bådskap, och sade till dem: Går bort, och fråger BaalSebub, den guden i Ekron, om jag skall vederfås af denna krankheten.
तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्न एक्रोनको देवता बाल-जिबबलाई सोध ।”
3 Men Herrans Ängel sade till Elia den Thisbiten: Statt upp, och gack emot Konungens bådskap i Samarien, och säg till dem: Är nu ingen Gud i Israel, att I behöfven gå bort, och fråga BaalSebub, Ekrons gud?
तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, “उठ, र सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, 'के इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ?
4 Derföre, så säger Herren: Du skall icke komma utaf sängene, der du dig på lagt hafver; utan skall döden dö. Och Elia gick sin väg.
त्यसकारण परमप्रभु भन्नुहुन्छ, “तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।” तब एलिया गए ।
5 Och då båden igenkommo till honom, sade han till dem: Hvi kommen I igen?
जब सन्देशवाहकहरू अहज्याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केका छौ?”
6 De sade till honom: En man kom upp emot oss, och sade till oss: Går tillbaka igen till Konungen, som eder utsändt hafver, och säger till honom: Detta säger Herren: Är nu ingen Gud i Israel, att du skall sända bort, och fråga BaalSebub, Ekrons gud? Derföre skall du icke komma af sängene, der du hafver lagt dig uppå; utan skall döden dö.
तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।”
7 Han sade till dem: Hurudana var den mannen, som eder mötte, och sade detta till eder?
अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्ने मानिस कस्तो किसिमको थियो?”
8 De sade till honom: Mannen var luden, och en lädergjord om hans länder. Han sade: Det är Elia den Thisbiten.
तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए ।” त्यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन् ।”
9 Och han sände bort till honom en höfvitsman öfver femtio, med de samma femtio. Och då han kom upp till honom, si, då satt han uppe på bergena; och han sade till honom: Du Guds man, Konungen säger: Du skall komma ned:
तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्तानलाई एलियाकहाँ पठाए । कप्तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्तानले तिनलाई भने, “हे परमेश्वरका मानिस, राजाले भन्नुभएको छ, 'तल आउनुहोस्' ।”
10 Elia svarade höfvitsmannen öfver femtio, och sade till honom: Är jag en Guds man, så falle eld af himmelen, och upptäre dig och dina femtio. Då föll eld af himmelen, och upptärde honom och hans femtio.
एलियाले कप्तानलाई भने, “म परमेश्वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” तब स्वर्गबाट आगो झर्यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्यो ।
11 Och han sände åter en: annan höfvitsman öfver femtio till honom, med hans femtio: Han sade till honom: Du Guds man, detta säger Konungen: Kom snarliga ned.
फेरि राजा अहज्याहले अर्का कप्तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्तानले पनि एलियालाई भने, “हे परमेश्वरका मानिस, राजा भन्नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।”
12 Elia svarade, och sade: Är jag en Guds man, så falle eld af himmelen, och upptäre dig och dina femtio. Då föll Guds eld af himmelen, och upptärde honom och hans femtio.
एलियाले तिनीहरूलाई भने, “म परमेश्वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” फेरि स्वर्गबाट परमेश्वरको आगो झर्यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्यो ।
13 Då sände han ännu den tredje höfvitsmannen öfver femtio, med hans femtio. Då han kom upp till honom, böjde han sin knä för Elia, och bad honom, och sade till honom: Du Guds man, låt mina själ, och dina tjenares, dessa femtios själar, något aktade varda för dig.
तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्तान माथि उक्ले, एलियाको सामु आफ्ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, “हे परमेश्वरका मानिस, म तपाईंसँग बिन्ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्टिमा मूल्यवान् होऊन् ।
14 Si, elden är fallen af himmelen, och hafver upptärt de första två höfvitsmän öfver femtio, med deras femtio; men nu låt mina själ något aktad varda för dig.
वास्तवमा स्वर्गबाट आगो झर्यो र यस अघिका दुई जना कप्तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्यो, तर मेरो जीवन तपाईंको दृष्टिमा मूल्यवान् होस् ।”
15 Då sade Herrans Ängel till Elia: Gack ned med honom, och frukta dig intet för honom. Han stod upp, och gick ned med honom till Konungen.
परमप्रभुका दूतले एलियालाई भने, “त्योसँगै तल जा । त्योदेखि नडरा ।” त्यसैले एलिया उठे र त्योसँगै राजाकहाँ गए ।
16 Och han sade till honom: Så säger Herren: Derföre, att du sände bådskap bort, och lät fråga BaalSebub, Ekrons gud, likasom ingen Gud vore i Israel, hvilkens ord man fråga kunde, så skall du icke komma af sängene, der du hafver lagt dig uppå; utan skall döden dö.
पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले त्यसो गरेको हो? यसैले तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्चय नै मर्नेछस्' ।”
17 Alltså blef han död, efter Herrans ord, det Elia talat hade. Och Joram vardt Konung i hans stad, i andra årena Jorams, Josaphats sons, Juda Konungs; ty han hade ingen son.
यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।
18 Hvad nu mer af Ahasia sägandes är, hvad han gjort hafver, si, det är skrifvet i Israels Konungars Chrönico.
अहज्याहका सम्बन्धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?