< 2 Krönikeboken 21 >
1 Och Josaphat af somnade med sina fäder, och vardt begrafven när sina fader uti Davids stad; och hans son Joram vardt Konung i hans stad.
यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
2 Och han hade bröder, Josaphats söner, Asaria, Jehiel, Zacharia, Asaria, Michael, och SephatJa; desse voro alle Josaphats, Juda Konungs, barn.
यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
3 Och deras fader gaf dem myckna gåfvor i silfver, guld och klenodier, med fasta städer i Juda; men riket gaf han Joram; ty han var den förstfödde.
तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्यचाहिं तिनले यहोरामलाई नै दिए ।
4 Då nu Joram uppkom öfver sins faders rike, och vardt dess mägtig, drap han alla sina bröder med svärd, dertill ock somliga af de öfverstar i Israel.
जब यहोराम आफ्ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
5 Tu och tretio år gammal var Joram, då han vardt Konung; och regerade åtta år i Jerusalem.
यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
6 Och vandrade uti Israels Konungars väg, såsom Achabs hus gjort hade; förty Achabs dotter var hans hustru; och han gjorde hvad Herranom illa behagade.
आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्नी पत्नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे ।
7 Men Herren ville icke förderfva Davids hus, för det förbunds skull, som han med David gjort hade, såsom han sagt hade, att gifva honom ena lykto, och hans barnom i alla dagar.
तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
8 I hans tid föllo de Edomeer af ifrå Juda, och gjorde öfver sig en Konung.
यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।
9 Förty Joram var ditöfver dragen med sina öfverstar, och alla vagnarna med honom; och hade varit uppe om nattena, och slagit de Edomeer allt omkring sig, och öfverstarna för vagnarna.
तब यहोराम आफ्ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
10 Derföre föllo de Edomeer af ifrå Juda, allt intill denna dag. På samma tiden föll ock Libna ifrå honom; ty han öfvergaf Herran sina fäders Gud.
यसैले एदोम आजको दिनसम्मै यहूदाको अधीनताको विरुद्धमा छ । त्यसै बेला लिब्नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्यो, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
11 Gjorde han ock höjder på bergen i Juda, och kom dem i Jerusalem till horeri, och förförde Juda.
यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
12 Men en skrifvelse kom till honom ifrå den Propheten Elia, så lydandes: Detta säger Herren dins faders Davids Gud: Derföre, att du icke vandrat hafver uti dins faders Josaphats vägar, icke heller i Asa, Juda Konungs, vägar;
एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
13 Utan du vandrar uti Israels Konungars väg, och kommer Juda och dem i Jerusalem till horeri, efter Achabs hus horeri; och hafver dertill dräpit dina bröder af dins faders hus, som bättre voro än du;
तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँभन्दा असल मानिसहरू पनि तैंले मारिस् —
14 Si, Herren skall slå dig med en stor plågo på ditt folk, på din barn, på dina hustrur, och uppå alla dina ägodelar.
हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
15 Och du skall få mycken sjukdom uti dina inelfver, tilldess att dina inelfver skola för sjukdoms skull utgå dag frå dag.
तँ आफैलाई चाहिं निको नहुने आन्द्राको रोग हुनेछ । त्यसले गर्दा दिनदिनै तेरा आन्द्रा बाहिर निस्केर आउनेछन् ।”
16 Alltså uppväckte Herren emot Joram de Philisteers anda, och de Arabers, som ligga vid Ethiopien.
परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो ।
17 Och de drogo upp till Juda, och förstörde det, och förde bort alla håfvor, som för handene voro i Konungshusena; dertill hans söner och hans hustrur, så att honom blef ingen son qvar, förutan Joahas, hans yngste son.
तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
18 Och efter allt detta plågade Herren honom i hans inelfver med en sådana sjukdom, som icke stod till botandes.
यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
19 Och som det nu varade dag frå dag, och då tu års tid förgången var, gingo hans inelfver ut af honom med hans sjukdom; och han blef död af ondom sjukdom; och de gjorde intet brännande öfver honom, såsom de hans fäder gjort hade.
त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो । अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए ।
20 Tu och tretio år gammal var han, då han vardt Konung, och regerade i åtta år i Jerusalem, och vandrade så, att det icke mycket dogde; och de begrofvo honom i Davids stad; dock icke ibland Konungsgrifterna.
तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।