< 1 Krönikeboken 5 >

1 Rubens barn, första Israels sons, ty han var förste sonen; men derföre, att han sins fäders säng besmittade, vardt hans förstfödslorätt gifven Josephs barnom, Israels sons; och han vardt icke räknad till förstfödslona.
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
2 Ty Juda, som mägtig var ibland sina bröder, honom vardt Förstadömet för honom gifvet, och Joseph förstfödslorätten.
यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—
3 Så äro nu Rubens, första Israels sons, barn: Hanoch, Pallu, Hezron och Charmi.
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए ।
4 Joels barn voro: Semaja. Hans son var Gog. Hans son var Simei.
योएलका सन्‍तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
5 Hans son var Micha. Hans son var Reaja. Hans son var Baal.
शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
6 Hans son var Beera, hvilken ThiglathPilneser, Konungen i Assyrien, bortförde fången; han är en Förste ibland de Rubeniter.
बालका छोरा बीरह थिए, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।
7 Men hans bröder i deras ätter, då de i deras börd räknade vordo, hade Jegiel och Zacharia för höfvitsmän.
आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
8 Och Bela, Asas son, Serna sons, Joels sons, han bodde i Aroer, och intill Nebo och BaalMeon;
योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
9 Och bodde emot öster intill man kommer till öknena vid den älfvena Phrath; förty deras boskap var mycken i Gileads land.
र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
10 Och i Sauls tid förde de örlig emot de Hagariter, så att de föllo genom desses hand, och bodde i deras hyddor, in mot alla den östra ängden Gilead.
शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।
11 Gads barn bodde tvärtöfver ifrå dem, uti de landena Basan, allt intill Salcha:
गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए ।
12 Joel den främste, Sapham den andre, Jaenai och Saphat i Basan.
योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
13 Och deras bröder i deras fäders hus voro: Michael, Mesullam, Seba, Jorai, Jaecan, Sia och Eber, de sju.
तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए ।
14 Desse äro Abihails barn, Huri sons, Jaroahs sons, Gileads sons, Michaels sons, Jesisai sons, Jahdo sons, Bus sons.
यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।
15 Ahi, Abdiels son, Guni sons, var en öfverste uti deras fäders hus;
गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।
16 Och bodde uti Gilead i Basan, och i dess döttrar, och i alla Sarons förstäder, allt intill dess ändar.
तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे ।
17 Desse vordo alle räknade i Jothams, Juda Konungs, och Jerobeams, Israels Konungs tid.
यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
18 Rubens barn, de Gaditers, och de halfva slägtenes Manasse, voro stridsamme män, som sköld och svärd föra och båga spänna kunde, och förfarne till att strida; de voro fyra och fyratio tusend, och sjuhundrad och sextio, som i här drogo.
रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।
19 Och då de stridde med de Hagariter, hulpo dem Jetur, Naphis och Nodab;
तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।
20 Och gåfvo de Hagariter i deras händer, och allt det som med dem var; förty de ropade till Gud i stridene, och han bönhörde dem; ty de trodde till honom.
उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे ।
21 Och de förde bort deras boskap, femtiotusend camelar, tuhundrad och femtio tusend får, tutusend åsnar, och hundradtusend menniskors själar.
उनीहरूका गाईवस्‍तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्‍जा गरे ।
22 Och der föllo månge såre; ty striden var af Gudi. Och de bodde i deras stad allt intill den tiden de fångne vordo.
अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्‍म तिनीहरू त्‍यही देशमा बसोबास गरे ।
23 De halfva slägtenes Manasse barn bodde i de landena, ifrå Basan allt intill BaalHermon och Senir, och det berget Hermon, och de voro månge.
मनश्‍शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्‍म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।
24 Och desse voro höfvitsmän till deras fäders hus: Epher, Jisei, Eliel, Asriel, Jeremia, Hodavia, Jahdiel; väldige, mägtige män, och namnkunnige höfvitsmän uti deras fäders husom.
तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।
25 Och då de förtogo sig emot deras fäders Gud, och i horeri gingo efter de folks gudar der i landena, som Gud för dem förgjort hade,
तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।
26 Uppväckte Israels Gud Phuls anda, Konungens i Assyrien, och ThiglathPilnesers anda, Konungens i Assyrien, och förde bort de Rubeniter, Gaditer och den halfva slägtena Manasse, och lät komma dem till Halah och Hober och Hara, och till den älfvena Gosan, allt intill denna dag.
इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई (जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर पनि भनिन्थ्यो) उक्‍साउनुभयो । उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌ ।

< 1 Krönikeboken 5 >