< Zekaria 12 >
1 Hili ni tamko la neno la Yahwe kwa Israeli - Bwana asema, azitandaye mbingu na kuweka msingi wa dunia, aiumbaye roho ya mtu ndani yake,
इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
2 “Tazama, nitaifanya Yerusalemu kuwa kikombe kiwafadhaishacho watu wote wamzungukao. Itakuwa hivyo hivyo pia kwa Yuda wakati wa kuhusuriwa kwa Yerusalemu.
“हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ ।
3 Katika siku hiyo, nitaifanya Yerusalemu kuwa jiwe zito kwa watu wa jamaa zote. Kila atakayejaribu kuliinua jiwe hilo atajihumiza sana, na mataifa yote ya dunia yatakusanyika kinyume cha mji huo.
त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
4 Katika siku hiyo asema Yahwe - nitampiga kila farasi kwa ushangao na kila mpanda farasi kwa wendawazimu. Nitaiangalia nyumba ya Yuda kwa upendeleo na nami nitawapiga kwa upofu farasi wa majeshi.
त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु ।
5 Ndipo watawala wa Yuda watakapojisemea mioyoni mwao, 'Wakaao Yerusalemu ndio nguvu yetu kwa sababu ya Yahwe wa majeshi, Mungu wao.'
अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’
6 Katika siku hiyo nitawafanya watawala wa Yuda kuwa kama mitungi ya moto katika miti na kama miali ya moto kati ya nafaka isimamayo, kwani utateketeza watu wote walio karibu upande wao wa kulia na kushoto. Yerusalemu atakaa mahali pake tena.
त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्नेछ ।”
7 Yahwe ataziokoa hema za Yuda kwanza, ili kwamba utukufu ya nyumba ya Daudi na utukufu wa wale waishio Yerusalemu hautazidi sehemu iliyosalia ya Yuda.
दाऊदको घराना र यरूशलेममा बस्नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।
8 Katika siku hiyo Yahwe atakuwa mtetezi wa wakao Yerusalemu, na siku hiyo waliodhaifu miongoni mwao watakuwa kama Daudi, wakati nyumba ya Daudi watakuwa kama Mungu, kama malaika wa Yahwe mbele yao.
त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।
9 “Itakuwa kwamba katika siku hiyo nitaanza kuyaharibu mataifa yote yajayo kinyume cha Yerusalemu.
“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।
10 Lakini nitamwaga roho ya huruma na kuiombea nyumba ya Daudi na wakao Yerusalemu, hivyo wataniangalia mimi, waliomchoma kwa mkuki. Wataniombolezea, kama amwombolezeaye mwana wa pekee; watamwombolezea kwa uchungu sana kama aombolezaye kifo cha mzaliwa wa kwanza.
तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् ।
11 Katika siku hiyo maombolezo huko Yerusalemu yatakuwa kama maombolezo ya Hadadi Rimoni katika tambarare za Megido.
त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।
12 Nchi itaomboleza, kila ukoo peke yao. Ukoo wa nyumba ya Daudi utakuwa peke yake na wake zao watakuwa peke yao mbali na wanaume. Ukoo wa nyumba ya Nathani utakuwa peke yao na wake zao watakuwa peke yao mbali na waume.
भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।
13 Ukoo wa nyumba ya Lawi utakuwa peke yao na wake zao watakuwa peke yao mbali na waume. Ukoo wa Washimei utakuwa peke yao na wake zao watakuwa peke yao mbali na waume.
लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।
14 Kila ukoo uliosalia - kila mmoja utakuwa peke yake na wake watakuwa pekee mbali na waume.
बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।”