< Zaburi 86 >
1 Sikia, Ee Yahwe, na unijibu, kwa kuwa ni maskini na mnyonge.
हे परमप्रभु, सुन्नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु ।
2 Unilinde, maana mimi ni mwaminifu; Mungu wangu, umuokoe mtumishi wako anayekuamini.
मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।
3 Unihurumie, Bwana, maana ninakulilia wewe mchana kutwa.
हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।
4 Umfurahishe mtumishi wako, maana ni kwako, Bwana, ninaomba.
तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्नो प्राण तपाईंमा उचाल्नेछु ।
5 Wewe, Bwana, ni mwema, na uko tayari kusamehe, na huonesha huruma kubwa kwa wale wanao kulilia wewe.
हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्छ ।
6 Yahwe, sikiliza maombi yangu; sikia sauti ya ombi langu.
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्तीको सोर सुन्नुहोस् ।
7 Katika siku ya shida ninakuita wewe, kwa maana utanijibu.
कष्टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
8 Katikati ya miungu hakuna wa kufananishwa na wewe, Bwana. Hakuna matendo kama matendo yako.
हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।
9 Mataifa yote ambayo umeyafanya yatakuja kwako na kusujudu mbele zako, Bwana. nao wataliheshimu jina lako.
हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
10 Kwa kuwa wewe ni mkuu na utendaye mambo ya ajabu; wewe pekee ndiwe Mungu.
किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्वर हुनुहुन्छ ।
11 Unifundishe njia zako, Yahwe. Kisha nitatembea katika kweli yako. Unifanye kukuheshimu wewe.
हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्याउनुहोस् ।
12 Bwana Mungu wangu, nitakusifu kwa moyo wangu wote; nitalitukuza jina lako milele.
हे परमप्रभु मेरो परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।
13 Kwa maana uaminifu wa agano lako ni mkuu kwangu; wewe umeokoa uhai wangu kutoka chini kuzimuni. (Sheol )
किनकि मप्रति तपाईंको करारको विश्वस्तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ । (Sheol )
14 Ee Mungu, wenye kiburi wameinuka dhidi yangu. Kundi la watu wenye vurugu wanautafuta uhai wangu. Nao hawakuheshimu wewe.
हे परमेश्वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्तै गर्दैनन् ।
15 Lakini wewe, Bwana, ni mwenye huruma na neema, hukasiliki haraka, na mwingi katika uaminifu wa agano lako na kweli.
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
16 Unigeukie na unihurumie; mpe nguvu zako mtumishi wako; umuokoe mwana wa mjakazi wako.
मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस् । आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् । तपाईंको सेविकाको छोरालाई बचाउनुहोस् ।
17 Unioneshe ishara ya fadhila zako. Kisha wale wanichukiao wataziona na kuaibishwa kwa sababu yako; Yahwe, umenisaidia na kunifariji.
मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्नेछन् र लज्जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।